
नाम : बाबुराम गौतम
पद : प्रदेश सभा सदस्य ( प्राप्त मत ११८७७) बाँके ३ (ख)
सम्पर्क नं. : ९८५८०३०८८८
वुवाको नाम : मेदिनी प्रसाद गौतम
आमाको नाम : हरिकला गौतम
बाजेको नाम : प्रेम नारायण गौतम
जन्म मिति : २००६ ।११।३०
जन्म स्थान : गुल्मी
ठेगाना : खजुरा गा.पा. वडा नं. २, के गाँउ बाँके
नगरिकता : नेपाली (५५२२, बाँके )
संगठित सदस्यता मिति : २०२३।०३।०३
शैक्षिक योग्यता :
- डि.ए.एम.एस.(आयुर्वेदशास्त्री)
- प्राकृतिक चिकित्सा शिक्षामा एम.पि.एच.
- व्याकरण – मध्यमा
- रुचि ः राजनिती , स्वास्थ्य सेवा , आदी ।
- क्रमशस्
राजनीतिक परिचय
- २०२२ सालमा अध्ययनको क्रममा क. पुष्पलाल श्रेष्ठ सँग भेट भै वामपन्थी शिक्षा लिएको ।
- २०२३।०३।०३ मा क. पुष्पलाल श्रेष्ठ सँग संगठित सदस्यता लिई पश्चिम नेपालको सुर्खेतको कालापानी भन्ने स्थानबाट संगठन विस्तार गरी २०२९ साल सम्म पार्टीको संस्थापक सुर्खेत जिल्ला सचिव भई लगातार पार्टीमा क्रियाशिल रहेको ।
- २०२९ साल देखि २०३२ साल सम्म बाँके वर्दिया संयुक्त जिल्ला कमिटीको सचिव भई कार्य गेको ।
- २०३२ साल देखि २०४१ साल सम्म भेरी अञ्चल कमिटीको सचिव र बाँके जिल्ला सचिव भई कार्य गरेको ।\
- २०४१ साल पछि ५ अञ्चलहरु (भेरी,राप्ती,कर्णाली,सेती र महाकाली) को उप संयोजक भई कार्य गरेको ।
- २०४१ साल देखि माले माक्र्सवादी एकिकरण नहुदा सम्म लगातार अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य भई कार्य गरेको ।
- २०२३ साल देखि माले माक्र्सवादी एकिकरण नहुदा सम्म लगातार आर्थीक पेशेवर भई कार्य गरेको ।
- २०४२ सालको बम काण्डमा ६ महिना कठोर भूमिगत र निर्वासित जिवन विताएको ।
- पार्टी एकिकरण पछि (एमाले) अञ्चल समन्वय कमिटि भेरीको आर्थीक विभाग प्रमुख र कार्यालय सचिव भई कार्य गरेको ।
- २०५४ सालमा नेकपा एमाले बाँके जिल्ला कमिटीको सचिव भ्ई कार्य गरेको ।
- २०५७ साल देखि २ कार्यकाल पार्टीको केन्द्रीय सल्लाहकार सदस्य भई कार्य गरेको ।
- पार्टीको मुक्तिज्वाला नामको मासिक पत्रिकाको सम्पादक भई कार्य गरेको ।
- २०७४ ।०८।२१ गते भएको निर्वाचनमा बाँके ३ (ख) बाट ११८७७ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा निर्वाचित भएको ।
- प्रदेश सभा सदस्यमा निर्वाचित हुनु पहिले कुनैपनि राजनीतिक नियुक्ति तथा संसदिय फाँटमा मौका नपाएको ।
- युवाअवस्था देखि हाल सम्म लगातार कम्युनिष्ट पार्टीको निर्माणमा जिवन अर्पन गरेको ।