पहिलो राष्ट्रिय महाधिवेशनको दस्तावेज

(सेप्टेम्बर २७ – अक्टोबर २, १९५१ सम्म कलकत्तामा आयोजित पार्टीको प्रथम सम्मेलनमा कमरेड मनमोहन अधिकारीद्वारा प्रस्तुत तथा पारित कार्यक्रम ।)

१. गत सशस्त्र क्रान्ति र कम्युनिस्ट पार्टी

द्वितीय विश्वयुद्धमा ‘फासिज्म’को हार र सोभियत युनियनको नेतृत्वमा जनवादी ‘क्याम्प’को विजयले गर्दा विश्वमा साम्राज्यवादविरोधी र जनवादी ‘क्याम्प’ बलियो भयो र जनवादविरोधी र साम्राज्यवादी ‘क्याम्प’ कमजोर भयो । ठाउठाउमा जनशक्ति उठी आफ्ना शत्रुहरूलाई हमला गर्न थाल्यो । सारा संसारमा क्रान्तिको भेल उठ्यो ।

नेपालमा पनि जातीय मुक्ति आन्दोलनले जोर पक्ड्यो । १९७४ को मार्च महिनामा विराटनगरको जातीय मुक्ति आन्दोलनको नया अध्याय सुरु भएको सूचना दियो । तुरुन्तै नेपालका विभिन्न क्रान्तिकारी वर्गहरू सङ्घर्षको क्षेत्रमा उत्रे । जातीय मुक्तिका आन्दोलनले आफ्नो पहिलेका सङ्कुचित इलाकीय रूपलाई छाडी देशव्यापी रूपमा धारण ग¥यो । तर, त्यो आन्दोलनको नेतृत्व पुजीपति वर्गका प्रतिनिधि सुवर्ण राणा र कोइरालामण्डलीको हातमा थियो । यस मण्डलीको गद्दारीले गर्दा सो आन्दोलनले सफल क्रान्तिको रूप धारण गर्न सकेन ।

त्यस गद्दारीले गर्दा हाम्रो जनआन्दोलनलाई ठूलो धक्का लागे तापनि त्यसले विस्तारैविस्तारै शक्ति बटुल्दै अगाडि बढिरहेको थियो । चीनमा जनताको विजय र तिब्बतमा मुक्ति सेनाको प्रवेशले फेरि एकचोटि नेपालमा क्रान्तिकारी लहर फैलायो । राणाशाही सामन्तवाद र साम्राज्यवादको विरुद्ध जनता एकचोटि फेरि मोर्चा दिनका निम्ति अगाडि बढे ।

क्रान्तिकारी शक्तिलाई बलियोसग सङ्गठित गरी एक मोर्चामा खडा नगराउञ्जेल जनताले सङ्गठित प्रतिक्रियावादीसग मोर्चा लिन सक्दैनन् भन्ने कुरा पार्टीलाई थाहा थियो । त्यसकारण आफ्नो जन्मकालदेखि नै हाम्रो पार्टीले क्रान्तिकारी राणाशाही सामन्तवाद र साम्राज्यवादको विरुद्ध जनता एकचोटि फेरि मोर्चा दिनका निम्ति अगाडि बढे ।

तर, नेपाली काङ्गे्रसका सुवर्ण राणा–कोइरालामण्डली जनशक्तिदेखि डराउदथे । सामन्तवाद र साम्राज्यवादलाई खत्तम गर्नु त्यसको लक्ष्य थिएन । राणाशाहीलाई दबाब दिन त्यो एकातिर त जनआन्दोलनको प्रयोग गर्दथ्यो, अर्कोतिर अङ्गे्रज–अमेरिकी साम्राज्यवाद र भारतीय ठूला पुजीपतिहरूको सहायता पाउनका निम्ति उनीहरूसग विभिन्न किसिमको कबुल पनि गर्दथ्यो । जनतालाई अलग गरी आतङ्कवादी तरिकाले राज्य शक्ति हत्याउनेसम्म कोसिस त्यसले ग¥यो । यो प्रयत्न असफल भयो । राणाशाहीलाई झुक्याउन केवल जनबलले नै सकिन्छ भन्ने कुरा थाहा पायो । यसकारण जनआन्दोलनको सहारा लिनका निम्ति त्यसलाई बाध्य हुनुप¥यो । वीरगञ्जमा भएको फौजी हमला यसको झलक थियो । यो हाम्रो जातीय मुक्ति आन्दोलनको एक हिस्सा थियो ।

त्यसको यो कुचाल पार्टीले राम्ररी बुझेको थियो । सुवर्ण राणा–कोइरालामण्डलीले हामीलाई सशस्त्र सङ्घर्षबाट अलग गराउनका निमित्त भरसक कोसिस ग¥यो । यसमा नेहरू सरकारको पनि पूरापूर सहयोग थियो । तर, उनीहरूको सारा कोसिसलाई व्यर्थ गरीकन हामीहरूले सक्रिय रूपले भाग लियौ । पार्टीले सशस्त्र सङ्घर्षको आधारलाई बढाएर क्रान्तिलाई सफल गर्ने कोसिस ग¥यो । यदि क्रान्तिकारी शक्तिहरूले सङ्गठित मोर्चा कायम गर्न नसकेको खण्डमा क्रान्तिमा फेरि गद्दारी हुनेछ भन्ने कुरा पार्टीलाई थाहा थियो । यसकारण पार्टीले फेरि एकचोटि संयुक्त जातीय जनवादी मोर्चा बनाउनका निम्ति अपिल ग¥यो ।

सशस्त्र सङ्घर्षलाई सङ्कुचित गर्ने सुवर्ण राणा–कोइरालामण्डलीको धेरै प्रयास हुदाहुदै पनि सो सङ्घर्ष सीमित रहन सकेन । देशका गैरक्रान्तिकारी शक्तिहरू रणक्षेत्रमा उत्रे । ठाउठाउमा जनविद्रोह हुन थाले । किसानहरूले जमिन दखल गरी सामन्त शाहीलाई खत्तम गर्न थाले । क्रान्तिको लहरले सबै वर्गहरूलाई लपेट्यो ।

विस्तृत»

नवयुग

ठेगाना