कम्युनिस्ट घोषणापत्रको प्रथम नेपाली अनुवादबारे

(क) केही कुरा

कार्लमाक्र्सको सांसारिक दृष्टिकोण माक्र्सवादको नामले आज संसारमा मसहूर छ । कार्ल माक्र्स र ऐंगेल्स जन्मेको क्रमशः ३० र २८ वर्षपछि माक्र्सवादको जन्म १८४८ मा यस कम्युनिस्ट घोषणापत्रको उदयको साथसाथै भयो । माक्र्स र एंगेल्सले पछि जति पुस्तकहरु लेखे ती सबैमा हामी यही घोषणापत्रलाई पुष्टि दिएर लेखेको पाउदछौं । धेरै वर्षसम्म माक्र्सवाद किताबको सिद्धान्त मात्र भएर रह्यो । धेरैले यस विषयमा नानावलीका टिक्का–टिप्पणी गरे । तर माक्र्सवाद मजदूर वर्गको लडाइमा ज्योति दिने वैज्ञानिक बाटो भएको हुनाले, जसैजसै विश्वमा मजदूर आन्दोलन बढ्दै गयो तसैतसै माक्र्सवादले जरा हाल्दै हुर्कदै गयो । आज माक्र्सवाद अध्ययन गर्नको निम्ति हाम्रा सामुन्ने केवल पुस्तकहरु मात्र नभई यिनै पुस्तकहरुको आधारमा खडा भएको समाजवादी सोभियत संघ (रुस) र नवप्रजातन्त्रहरु (दक्षिण–पूर्वी यूरोपका देशहरु) हाम्रो सामुन्ने केवल पुस्तकहरु मात्र नभई यिनै पुस्तकहरुको आधारमा खडा भएको समाजवादी सोभियत संघ (रुस) र नवप्रजातन्त्रहरु (दक्षिण–पूर्वी यूरोपका देशहरु) हाम्रा सामने छन् । अब त हाम्रो उत्तरी सीमानामा रहेको आजाद चीनले पनि माक्र्सवादी सिद्धान्तको विषयमा हामीलार्इी भन्ने छ । फेरि समस्त उपनिवेश र अद्र्धउपनिवेशहरुमा कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा चलिरहेको विजयी जनमुक्ति आन्दोलनले पनि हामीलाई माक्र्सवादको बाटो अपनाउन पे्ररणा दिइरहेको छ । आज एकसय वर्ष पछि सायद तिब्बती भाषामा भन्दा पहिले र अरु भाषाहरुमा सबभन्दा पछि हाम्रो नेपाली भाषामा पनि माक्र्सवादको प्रथम पुस्तक यस कम्युनिस्ट म्यानिफेस्टो उल्था भई पाठकहरुको हातमा आइपुगेको छ । यहा एउटा यो प्रश्न उठ्न सक्तछ– जो ऐतिहासिक दृष्टिबाट अत्यन्त महत्वपूर्ण छ, एक सय वर्ष पछि यो उल्था हुनुको कारण के हो ?

भारतमा अंगे्रजी साम्राज्यवाद भारत र वरपरका देशहरुमा सामन्तवाद मात्रै कायम गरेर बाच्न सक्दथ्यो । यसकारण अंगे्रजी साम्राज्यवादले भारतमा सामन्तवादलाई कायम गर्नाको साथसाथै नेपाल र तिब्बतमा पनि सामन्तवादलाई नै कायम राख्यो । नेपाललाई संसारबाट अलग गराउनाको साथसाथै तिब्बतलाई पनि यस्तरी अलग गराइयो कि पुस्तकालयको त कुरै छोडौं, एउटा अखबार पढ्नसम्मलाई राणा सरकारले दिएको सूचनामा भरपर्नु पर्दथ्यो । यो कुरा भोलि नेपाली जनताको निम्ति ह, यहा त्यस्तो थियो र † भन्ने एउटा उदेक र आश्चर्य लाग्दो कुरा हुनेछ । यसकारण नेपाली जनताले घोषणापत्र जन्मेको त परै जाओस्, घोषणापत्र कार्यरुपमा रुसमा परिणत भएको कुरासम्म पनि थाहा पाएनन् । द्धितीय विश्वयुद्धपछि समाजवादको ताकत साम्राज्यवादको तुलनामा धेरै गुणा बढेको हुनाले अंगे्रजी साम्राज्यवादले नेपाललाई संसारबाट अलग गराउन सकेन । द्धितीय विश्वयुद्धपछि समस्त उपनिवेश र अर्ध–उपनिवेशहरुमा जुन जनआन्दोलन कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा भए, सो आन्दोलनको ल हरबाट नेपाल बच्न सकेन । यद्यपि नेपालमा कम्युनिस्ट पार्टी खडा भएको थिएन, तथापि नेपाली कम्युनिस्टहरु नेपालको यत्रतत्र स्थानमा काम गरिरहेका थिए । तिनैहरुमध्ये कामरेड मनमोहन अधिकारी विराटनगर मजदुरहरुको बीचमा काम गरिरहनुभएको थियो । उहाले मजदुर संघ कायम गरी मजदुरहरुलाई संगठित गर्नुभयो । यस मजदुर संघले पुजीपतिको विरुद्ध हम्ला बोल्यो । यद्यपि निस्कासित राणाहरुको र भारतीय समाजवादी नेताहरुको सक्रिय सहायता र समर्थनले खडा भएको नेपाली राष्ट्रिय कांगे्रसका नेताहरुको गद्दारीले गर्दा त्यो हम्ला (हडताल) विफल भए तापनि नेपालको मजदुर वर्गले आफ्नो वर्गीय लडाकूपनको परिचय दिइसकेको छ ।

यस्तो बखतमा विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने, शक्ति र साहस प्रदान गर्ने यस घोषणापत्रलाई बाटोमा लैजानु अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथाशक्य परिश्रम गरी, नेपाली भाषामा उल्था गरी नेपालीहरुको सामू राखेको छु । यस अनुवादमा केही भूल रहन गएमा म पाठक वर्गसग भूल–भिक्षा माग्दिन, भूल–सुधारको सूचना माग्दछु । यो घोषणापत्र मजदूर–वर्गको सर्वप्रथम र जगत विख्यात साहित्य अस्वमेव पनि नेपालका राणा, जमिन्दार, पुजीपति र तिनका दलाल, संस्था र संगठनहरुले यसको घोर आलोचना गर्ने छन् । जनसेवकको मुकुन्डो लाइटोपल्ने महानुभावहरुले वास्तवमा जनतालाई क्रान्ति मार्गबाट टाढा राख्नको निम्ति, यस घोषणा पत्रलाई लिएर आधारहीन टिक्का टिप्पणी गर्नेछन् । उनीहरुको भनाइ यो हुन्छ– घोषणापत्र विशेषगरी मजदुरहरुको निम्ति लेखिएको हो । यो मजदुरहरुको साहित्य हो, तर हाम्रो नेपालमा ९९ (सयकडा उनान्सय) किसान छन्, नेपालमा पुजीवादको उदय भएको छैन । यसकारण यस पुस्तक पढ्नाले हामीलाई विशेषगरी केही पनि फाइदा छैन । हामीले त किसानको विषयका, किसान क्रान्तिको विषयमा पढ्नु पर्दछ । यस्ता नीच र प्रतिक्रियावादीहरुका निम्ति उत्तरु पछि पुस्तकपुस्तिकाहरुको रुपमा दिने प्रयास गर्ने छु । छोटकरीमा यो छ– किसान वर्गको रुपमा भत्कदो घर हो । हामीलाई थाहा छ १२ वर्ष अगाडिसम्म नेपालमा आधुनिक मजदुर वर्गको नाम निसानै थिएन, तर आज नेपालमा मजदुर वर्गको संख्या १५÷२० हजार पुगेको छ । यसबाहेक नेपालमा धेरैजसो खेत–मजदुरहरु छन् । यी खेतालाहरुको आफ्नो निजी खेत छैन । ज्यालामा मात्र काम गर्दछन् । यिनीहरुलाई हाम्रा महान् नेता र गुरु लेनिनले अर्धमजदुरको नामाकरण गरेका छन् । अतयवः यिनीहरु मजदुर वर्गकै पक्का सहकारी र पछि परन्तुसम्मका मित्र हुन् । यी १५÷२० हजार आधुनिक मजदुर नेपालमा आकासबाट खसेनन्, पृथ्वीबाट उब्जेनन् । किसान र अन्य वर्गहरुबाट आआफ्नो स्थिति बिग्रनाले कलकारखाना र मीलहरुमा मजदुर हुन आएका हुन् । नेपालमा कलकारखाना र आधुनिक उद्योग धन्दाहरु आजभन्दा भोलि र भोलिभन्दा पर्सि बढ्दैछ । यसकारण मजदुरको संख्या बढ्दै जानेछ । फेरि जसैजसै नेपालमा आधुनिक उद्योग धन्दा बढ्दै जाने छन् तसैतसै खेती (कृषि) मा पनि पुजीवादी व्यवस्था चालू गरिनेछ र मध्यमवर्गका किसानहरु पछि आई मजदुरको हालतमा पुग्नेछन् । यस हालतमा मजदुर वर्गको सिद्धान्त कम्युनिज्मलाई सबैले अपनाउनु नै पर्दछ, नअपनाई कसैको कल्याण छैन । यस विषयमा यसै कम्युनिस्ट घोषणापत्रमा पनि राम्ररी सम्झाइएको छ । तैपनि यहा मजदुर वर्गका महान नेता डा. स्तालिनको ‘द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद’ बाट केही हरफहरु उदृत गर्न उचित सम्झन्छु– हामीले आफ्नो भावी कार्यक्रमको फैसला (निर्णय) समाजका ती स्तरहरुको आधारमा गर्नुहुदैन जसको हाल केही प्रभाव भए तापनि विकास बन्द भइसकेको छ । हामीले त्यसको आधारबाट आफ्नो कार्यक्रम बनाउनु पर्दछ जसको शक्ति हाल प्रमुख नभए तापनि जो विकासमान छन् र जसको भविष्य उज्वल छ ।

नेपाल र नेपाली जनताको कल्याण चाहनेहरुले यी सबै कुराहरुलाई राम्ररी मनमा लिनुपर्दछ । गद्दारहरुको सिङ न पुच्छरको प्रचारदेखि एकदम सतर्क रहनु पर्दछ । अनिमात्र नेपालले सच्चा आजादी प्राप्त गर्न सक्दछ । जस्तो आज चालीस राणाको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न । त्यस्तै भोलि २०० (दुईसय) नेपाली जमिन्दार र पुजीपतिको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न । नेपाल तबैमात्र पूर्ण रुपले आजाद (स्वतन्त्र) हुनसक्दछ, जब यो कम्युनिस्ट घोषणापत्र नेपालमा कार्यरुपमा परिणत हुनेछ । अतयवः यो पढ्नु, पढाउनु र प्रचार गर्नु पनि नेपाली जनमुक्ति आन्दोलनमा भाग लिनु हो ।

यो मजदूर वर्गको साहित्य कम्युनिस्ट घोषणापत्र बुझ्न पहिले त अलि मुस्किलै पर्नेछ । यस कारण म पाठक–वर्गलाई यो पुस्तक उपन्यास र कहानीहरु पढे झैं नपढ्नुहोला भनी अनुरोध गर्दछ । म खुद आफ्नो अनुभवले के भन्दछु भने यो घोषणा पत्र जति पढ्यो उति नै नया भएर आउदछ । यसकारण एकचोटी पढेर दराजमा नथन्क्याउनुहोस् । जसरी तपाईं दिनहु दात माझ्नुहुन्छ उसरी नै यस घोषणा पत्रलाई पनि माझ्नुहोस् अर्थात् पढ्नुहोस् । अनिमात्र यस घोषणापत्रको वास्तविक मर्म बुझ्नु हुनेछ ।

यस पुस्तकले यो एकसय एक वर्षमा अन्य देशहरुमा के के ग¥यो आज के गर्नका निम्ति हाम्रो भाषामा उल्था भई तपाईंहरुको सम्मुख आइरहेको छ, सो म तल छोटकरीमा बताउने प्रयास गर्दछु । यद्यपि यो पुस्तक भूगोल होइन तापनि मानचित्र पल्टाएर पढ्नु भयो भने यस पुस्तकको कार्य र महत्व राम्ररी बुझ्नुहुनेछ ।

सन् १८४८ तिर मजदुर वर्ग बच्चै र कच्चै थियो । तर त्यस्तै काचो अवस्थामा पनि यस मजदुर वर्गले पुजीवादको विरुद्ध यस्ता–यस्ता युद्ध लड्यो जसले गर्दा युरोपका समस्त पुजीवादी राष्ट्र, सामन्तवादी राष्ट्र र पोपहरु सम्पूर्ण आपसी बैरभाव बिर्सी मजदुर वर्गलाई दबाउन रुसी बादशाह जारको नेतृत्वमा संगठित भए । यसको जवाफ, अन्तर्राष्ट्रिय कम्युनिस्ट त्यही साल लन्डनमा भेला भई विश्व मजदुर वर्गको एकताको आवश्यकता महसुस गरी त्यस सम्मेलनले कार्ल माक्र्स–एंगेल्सलाई पार्टीको तर्फबाट एउटा कम्युनिस्ट घोषणापत्र तयार गर्ने अभिभारा दियो । पुजीवादी समाजका सम्पूर्ण त्रुटिहरु र त्यस समाजपछि समाजवादी र साम्यवादी समाज यस संसारमा आउनैपर्छ भन्ने कुरा मात्र यसमा नदर्साई मानवइतिहासको सुरुदेखि मन्थन गरी यस घोषणापत्रमा यस्ता–यस्ता कार्यक्रमहरु राखेका छन्, जुन आज पनि हामीहरुको निम्ति उत्तिनै सही तरिकाले लागू हुन्छन् जतिको त्यस जमानामा यूरोपमा सही तरिकाले लागू भएका थिए । मजदुर–वर्गको आन्दोलनमा यस घोषणापत्रले यस्तो वैज्ञानिक ज्योति र शक्ति दियो जसले गर्दा प्रतिक्रियावादीहरुको जालसाजी र गुटबन्दीलाई निर्ममतापूर्वक लछार्दै, पछार्दै, छेड्दै छाट्दै अगाडि बढ्यो र यसैको आधारमा खडा भएको बोल्शेविक पार्टीले दुनियाको इतिहासमा पहिलो बाजी चिरस्थायी रुपले सन् १९१७ नोभेम्बर ७ तारिखको दिन मजदुर वर्गको राज्य संसारको ६ खण्डको १ खण्ड, रुसमा कायम ग¥यो । यही सोभियत रुस विश्व मजदुर वर्गको यस्तो एउटा सुदृढ र विशालगढ र किल्ला बन्यो जसलाई तोड्नको निम्ति पुजीवादी, साम्राज्यवादी र प्रतिक्रियावादीहरुले कस्ता कस्ता जाल रचे सो सबै त्जभ नचभबत अयलकउष्चबअथ बनबष्लकत क्यखष्भत च्गककष्ब रुस विरुद्धको ठूलो षड्यन्त्र’ नामक पुस्तकमा हामी पाउदछौं । ती सबै कार्यहरुबाट विफल भएपछि नै उनीहरुले द्धितीय विश्वयुद्धको रचना गरे । पूर्वमा जापान र पश्चिममा इटाली र जर्मनीमा फासिज्मका नेता तोजो, मुसोलिनी र हिटलरहरुलाई उचाल्दै, उनीहरुको पिंठमा प्रतिक्रियावादीहरुले धाप मारेको कुरा एउटा दुधे बालकसम्मलाई पनि थाहा छ ।

विस्तृत»

नवयुग

ठेगाना