नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता–

अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ †

‘एकातिर नागरिक अधिकार लिई छोड्छौं’ भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कातिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरुमा राणा सरकारले घोषणा ग¥यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानुन, नियमावली जारी भयो । यो घोषणा हाम्रा ती वीर सहिदहरूको स्मृतिमा ठूलो अपमानको कुरा हो, जसले आफ्ना दाजुभाइ, दिदी–बहिनीहरूले लेख्ने, बोल्ने, पढ्ने, सभा सङ्गठन गर्ने स्वतन्त्रता पाउनेछन् भनी हासीहासी दुश्मनको गोली छातीमा थापेका थिए, हासीहासीको तख्तामा झुलेका थिए । फेरि यो घोषणा नेपालका ती सपूतहरूका निम्ति ठूलो अपमानको कुरा हो, जो सभा–सङ्गठन गर्न नदिने राणाशाहीको ऐनलाई लत्याएर जेल परेका छन् । साथै, यो घोषणा हामी हजारौं नरनारीका निम्ति एउटा हाक हो, चुनौती हो, जसले राणाशाहीको अगाडि घुडा टेक्नुभन्दा अनेक किसिमको यातना सहनु, देश निकाला हुनु इत्यादिलाई श्रेष्ठ ठानिरहेका छौं । अतयव हामी प्रत्येक नेपाली नरनारीले यस घोषणापत्रलाई लत्याई ‘कोतपर्व’ होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नुपर्दछ ।

राणाको घोषणा खोस्टा हो कि गुदी हो भन्ने कुरा यसै घोषणाबाट छर्लङ्ग हुन्छ । घोषणामा भनिएको छ, ‘राणाशाहीको हुकुम प्रमाङ्गीबिना कुनै किसिमको सभा सङ्गठन अथवा प्रदर्शन गर्ने अधिकार नेपाली जनतालाई दिएको छ । राणाशाहीका कर्मचारीहरूले (नोकरशाहहरूले) जुनसुकै समयमा पनि हस्तक्षेप गर्न सक्नेछन्, चाहे त्यो सभा भरखरै सुरु भएको होस् अथवा आधा लम्किसकेको होस् ।’

राणाशाहीको स्वीकृतिबिना क्लब, मजदुर सभा (टे«ड युनियन), किसान सभा इत्यादि कुनै किसिमको सङ्गठन पनि खोल्ने अधिकार यस घोषणापत्रले अस्वीकार गरेको छ । यसकारण यस घोषणापत्रको वास्तविक मतलव राणा समर्थकहरूले राणाशाहीका कुकर्महरूको समर्थन गरी पर्दा राखी जनताको विरोधमा खडा हुने, सङ्गठित हुने र खोल्ने अधिकार पनि पाएका छन् ।

हुदाहुदा यस घोषणापत्रले सामाजिक सेवा गर्ने अधिकारसम्म पनि दिएको छैन । यसैबाट राणाशाहीको समाजद्रोही काम जाहेर हुन्छ । औषधिमुलोको पसल, सङ्घ संस्था इत्यादि खोल्नलाई पनि नानावलीका शर्तहरू यस घोषणापत्रले राखेको छ । राणाशाहीको चीले–आखा यस्ताहरूबाट पनि ओझल भएको छैन । यस्तो तिनको नागरिक स्वतन्त्रता संसारको कुनै भागमा पनि देख्न सुन्न मुश्किल छ ।

राणाहरूलाई भने यिनीहरूको मालिक तथा प्रभु आंग्ल–अमेरिकन साम्राज्यवादीहरूलाई जति पटक चाहियो उतिपटक भेट्ने स्वतन्त्रता छ । नेपाली जनतालाई संयुक्त तरिकाले शोषण गर्नका निम्ति भारतीय धन–कुवेर टाटा, बिडला, सिहानिया, गोयन्का, चमरियाहरूलाई राणाहरू इच्छामुताविक भेट्न सक्छन् । करोडौं भारतीय जनताको रगत चुसी यिनीहरूले पोको पारेको थैली रक्षा गर्नका निम्ति हाम्रा अशिक्षित तर बहादुर भाइहरूलाई भारत पठाउनका निम्ति राणाहरू नेहरूलाई भेट्न सक्छन् । तर, हामी नेपालका श्रमिक जनता नेपालका छोराछोरीहरूलाई आपसमा भेटघाट गरी राणाशाहीको यो बढ्दो शोषणलाई खतम गर्ने बाटो र भोक, बेकारी, चोर बजारी, दासत्वलाई खतम गर्ने उपाय निकाल्ने अधिकार छैन । हामीले राणाशाहीको त्यस कुकार्यको विरोधमा खडा हुने, बोल्ने, सङ्गठित हुने अधिकार पाएका छैनौं, जुन मुताविक नेपाली जनताको अनुमतिबिना नै नेपाललाई विश्वयुद्धको बिउ छर्ने अमेरिकन साम्राज्यवादीहरूको र नेहरू आविष्कृत नवसाम्राज्यवादीहरूको हातमा सोभियत युनियन, नवप्रजातन्त्रहरू, आजाद, चीन र समस्त एसियाको स्वतन्त्रता आन्दोलनको विरुद्ध एउटा फौजी अखडा कायम गर्नका निम्ति नेपाललाई बेचेको छ ।

विस्तृत»

 


नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को प्रथम राष्ट्रिय सम्मेलनका दस्तावेजहरु

 

विषय–सूची

  १. शहीदहरुप्रति श्रद्धाञ्जलि

  २. नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)

  ३. नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को राजनीतिक प्रस्ताव

शहीदहरुप्रति श्रद्धाञ्जलि

आज दिसम्बर १९७८, हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) स्थापनाको महान् दिन हो । यस महान् अवसरमा हामी हाम्रा अग्रणी ती राष्ट्रिय र वर्गीय वीरहरुलाई सम्झना गरिरहेका छौं, जसले हाम्रो राष्ट्रको निम्ति र जनताको राष्ट्रिय र सामाजिक मुक्तिको निम्ति आफ्नो अमूल्य जीवन अर्पण गर्नुभएको छ ।

अङ्गे्रज उपनिवेशवादीहरुको विरुद्ध देशभक्तिको महान् भावनाबाट पे्ररित भएर प्राण अर्पण गर्नेहरु, हाम्रा देशभक्त वीरहरु हुनुहुन्छ । वहाहरुले त्यस सङ्घर्षमा सौर्य र बुद्धिमत्ताको उल्लेखनीय उदाहरण प्रस्तुत गर्नुभएको छ । यस महान् परम्पराले अझै हामीलाई विदेशी आक्रमणकारीहरुका विरुद्ध जुध्ने पे्ररणा र साहस प्रदान गरिरहने छ ।

जहानिया राणाशाहीको अन्धकारपूर्ण मध्ययुगीन निरङ्कुश शासन र पछिका प्रतिक्रियावादी शासनहरुका विरुद्ध आफ्नो जीवन बलिदान गर्ने कम्युनिस्ट आन्दोलन बाहिरका व्यक्तिहरु जनवादी वीर शहीद हुनुहुन्छ । हजारौं–लाखौं जनताले अन्धकारपूर्ण शासनबाट मुक्त गर्ने वहाहरुको महान् भावनाले हामीलाई न्याय र मुक्तिका लागि जुधिरहन उत्पे्ररित गरिरहनेछ ।

संशोधनवादी पार्टीभित्र रहे तापनि सामन्तवाद तथा साम्राज्यवादविरोधी सङ्घर्षमा जीवनअर्पण गर्ने सङ्घर्षशील कम्युनिस्टहरु हाम्रा आदरणीय शहीदहरु हुनुहुन्छ । हरेक शोषण तथा उत्पीडनका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने वहाहरुको जुझारु भावनाले हामीलाई सधैं वर्गशत्रुहरुका विरुद्ध लड्न आट र हिम्मत प्रदान गरिरहनेछ ।

सामन्तवाद, साम्राज्यवाद र संशोधनवादविरोधी सङ्घर्षलाई अघि लादै जनताको क्रान्तिकारी सङ्घर्षमा आफ्नो प्राण अर्पण गर्ने कमरेडहरु– अमर पौडेल, सिंधेश्वर पासवान, नेत्र घिमिरे, कृष्ण कुईंकेल, रामनाथ दाहाल, नारायण श्रेष्ठ, वीरेन राजवंशी, चन्द्र डागी, सलीम, रामप्रसाद प्रधान, खगेन्द्र राई, रामप्रित यादव, बालेश्वर राय, मञ्जुल अहमद तथा छेदी शाह हाम्रा आदरणीय अमर शहीद हुनुहुन्छ । पार्टीको क्रान्तिकारी राजनीतिक लाइनलाई दृढतापूर्वक व्यवहारमा उतार्दै घरेलु तथा विदेशी शत्रुहरुलाई पराजित गर्न र सुखी, समृद्धशाली र सुन्दर नौलो जनवादी नेपालको निर्माण गर्नमा वहाहरुका वीरतापूर्ण सङ्घर्ष र गौरवपूर्ण बलिदानहरुले हामीलाई सदा उत्पे्ररित गरिरहनेछन् ।

प्रतिक्रियावादीहरु हत्यारा क्रान्तिलाई रोक्न चाहन्छन्, तर तिनीहरुद्वारा रचिएका हत्याकाण्डहरुले क्रान्तिलाई न त नष्ट गर्न नै सक्छन् न रोक्न नै । शहीदहरुका प्रत्येक थापा रगतले हजारौं मृत्युञ्जयी सन्तानलाई जन्माउछ, जो आत्म बलिदानदेखि कत्ति नडराई अजेय भावना लिएर क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्छन्, उनीहरुले नै प्रतिक्रियावादीहरुका अपराधी शासनलाई सदाका लागि ध्वंश पार्नेछन् ।

हाम्रा परमप्रिय कमरेडहरु शहीद हुने घटनाले हाम्रो हृदयलाई दुःखित पार्दछ । ती शहीद कमरेडहरुको सम्झना गर्नका लागि, उहाहरुप्रति श्रद्धाञ्जलि प्रकट गर्नका लागि, हामीले वहाहरुका रगतले सिंचेको बाटोमा आट, जागर, साहस र आत्मत्यागको भावनाका साथ अगाडि बढ्नुपर्छ । वहाहरुका महान् बलिदानहरुले हाम्रा आखाका आसुलाई क्रोधका ज्वालामा बदलिदिऊन्, शोकविह्वल हृदयलाई शत्रुप्रति बज्र–कठोर बनाइदिऊन् र हामीलाई रगत्को बदला रगतले लिन पे्ररित गरुन् ।

हामी जनताका लागि मृत्युवरण गर्ने देश–देशका शहीदहरु, हाम्रा सबै राष्ट्रिय तथा वर्गीय वीरहरु र हाम्रा प्रिय आदरणीय अमर शहीदहरुलाई सम्मानपूर्वक सम्झना गरौं र वहाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरौं ।

 

२६ दिसम्बर १९७८

(११ पुस २०३५)

विस्तृत»

 


कम्युनिस्टहरूको नेतृत्वबिना अन्तिम विजय प्राप्त हुदैन

 

राणातन्त्र विरोधी प्रजातान्त्रिक आन्दोलनमा सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्दै सङ्घर्षलाई आमूल परिवर्तनको दिशामा अघि बढाउने लक्ष्य लिएर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । ००७ सालको सङ्घर्षमा कम्युनिस्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो । ००७ सालको राजनीतिक परिवर्तनपछि कम्युनिस्ट पार्टीले मजदुर–किसानहरूका आन्दोलनहरू र अन्य वर्ग व्यवसायको ठूलठूला सङ्घर्षहरूको नेतृत्व गर्दै आयो । श्रमजीवी जनताको बीचमा कम्युनिस्ट पार्टी लोकप्रिय बन्दै गयो । कम्युनिस्ट पार्टीको त्यस्तो बढ्दो लोकप्रियता र विस्तारलाई देखेर आतङ्कित प्रतिक्रियावादी तत्वहरू अन्तध्र्वंसमा लाग्नथाले । फलस्वरूप पार्टीमा छिर्न र नेतृत्वसम्म पुग्न सफल भएका दक्षिणपन्थी आत्मसमर्पणवादी तत्वहरूले ०१७ सालको प्रतिगामी घटनालाई समर्थन गरे । त्यसले एकबेला नेपाल कम्युनिस्ट पार्टीलाई जनताको नजरमा बदनाम पा¥यो । तर पार्टीको तेस्रो महाधिवेशन त्यस्ता आत्मसमर्पणवादी राजावादी तत्वहरूमाथि कारबाही गरेर पार्टीभित्र शुद्धीकरण र क्रान्तिकारीकरण गर्ने ठूलो प्रयत्न गरेको थियो । तर, निरङ्कुशतावादी निर्दलीय तानाशाहीको निर्मम दमन कायम भएको तथा पार्टीका अनेक महत्वपूर्ण नेताहरू जेल र निर्वासनमा रहेको त्यस कठीन घडीमा पार्टी एकीकृत रहिरहन सकेन । ठीक त्यसैबेला विश्वकम्युनिस्ट आन्दोलनमा आएको महावादविवादले पनि असर पा¥यो र पार्टी तथा आन्दोलनमा गम्भीर फुट एवम् विभाजन ल्याइदियो । यो नेपालको जनआन्दोलनको इतिहासमा अत्यन्त दुःखद् घटना थियो । यस्तो फुट र विभाजनलाई समाप्त पारेर पार्टी र आन्दोलनलाई एकीकरण गर्नु श्रमजीवी जनताको एउटा महान् सपना बनेको थियो ।

यसरी विगत लामो समयदेखि विभाजित नेपालको कम्युनिस्ट पार्टी र आन्दोलनलाई एकताबद्ध बनाउने क्रममा गठन भएको नेकपा ९माले० नेकपा ९माक्र्सवादी० कम्युनिस्ट आन्दोलनमा एकताको धारलाई प्रतिनिधित्व गर्ने पार्टीहरू थिए । विभाजित अनेक सानाठूला समूहहरूलाई एकजुट पार्दै बनेका पार्टीहरू थिए । देशको वर्तमान कम्युनिस्ट आन्दोलनमा सबभन्दा बढी चर्चित र जनताको आशा तथा विश्वासको केन्द्रविन्दु बनेका थिए । देशको आवश्यकता र जनताको मागअनुरूप आज यी दुवै पार्टीहरू एकीकृत भएका छन् । दुई पार्टीहरूको अलगअलग अस्तित्व समाप्त भएको छ र त्यसबाट नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत माक्र्सवादी र लेनिनवादी० पार्टीको गठन भएको छ । अब यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रतिनिधि र प्रमुख पार्टी बनेको छ ।

विगत तीसको दशकदेखि नै ठोस रूपमा एकता प्रयत्न हुदै आएको थियो भने यो एकता अहिलेसम्मको सबभन्दा ठूलो र निर्णायक एकता बन्नपुगेको छ । एकताका राजनीतिक तथा सैद्धान्तिक आधारहरू तय गरिए । वार्ता समितिले औपचारिक र व्यवस्थित रूपमा छलफल गरी वैचारिक राजनीतिक समस्याहरू एकमतबाट समाधान ग¥यो । संगठनात्मक सवाललाई पनि दुवै पार्टीका केन्द्रीय कमिटीहरूको संयुक्त बैठकद्वारा गम्भीर छलफल गरी समाधान गरिएको छ । यसरी वर्तमान पार्टी एकीकरण क्रम र प्रक्रियाको हिसाबले पनि ज्यादा सुसंगत रहेको कम्युनिस्ट आन्दोलनमा एकताको संघर्ष केवल फुटको विरुद्धमात्र होइन, दक्षिणपन्थी अवसरवाद तथा उग्रवामपन्थी सङकीर्णतावादको विरुद्ध निराशा, शिथिलता, निस्क्रियता र कायरताको विरुद्ध तथा अराजकता, उच्छृंखलता र अनुशासनहीनताको विरुद्ध समेतको सङ्घर्ष थियो । त्यही सङ्घर्षको एकस्तरको सफलताको रूपमा र माक्र्सवादी–लेनिनवादी राजनीति र सङ्गठनात्मक सिद्धान्तको आधारमा यो एकता गरिएको हो । यसले देशको वर्गसङ्घर्ष र आमूल परिवर्तनको प्रक्रियालाई गुणात्मक रूपमा नै माथि उठाउनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

कम्युनिस्ट आन्दोलन विभाजित हुनुपछि पनि त्यस्तै खालका गलत विचार र प्रवृत्तिहरूले काम गरेका थिए र त्यसबाट जनता र राष्ट्रले अत्यन्त गम्भीर क्षति उठाउनुप¥यो । तर, कम्युनिस्टहरूबीच एकता कायम गर्दै निर्माण भएको संयुक्त वाममोर्चाले देशको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउन निर्णायक भूमिका खेल्यो । त्यसले नै पार्टी एकताका निम्ति वातावरणसमेत तयार पा¥यो र कतिपयलाई बाध्यसमेत बनाएको छ । यसरी कम्युनिस्टहरूबीचको एकता र पार्टी एकीकरण हुनुले मुलुकको भाग्य र भविष्यको फैसला हुनेछ भन्ने कुरा प्रष्ट भएको छ ।

अहिले पनि देशको प्रजातान्त्रिक आन्दोलनको मुख्य शत्रु बदलिएको, ऐन र शक्तिले पनि दरबारको नेतृत्वमा सङ्गठित भएको, प्रतिगामी, पुनरुत्थानवादी निरङ्कुश शक्ति प्रजातन्त्रमाथि खतरा रहेको छ । त्यसकारण वास्तविक प्रजातान्त्रिक शक्तिलाई वाम एकताको आवश्यकता अहिले पनि उत्तिकै ज्वलन्त रहेको छ । तर, कम्युनिस्टहरूको पहलकदमी र नेतृत्वबिना प्रजातन्त्रको लडाईंमा अन्तिम विजय प्राप्त हुनै सक्दैन । प्रजातन्त्रको आन्दोलनलाई नेतृत्व प्रदान गर्ने यो ऐतिहासिक भूमिका पूरा गर्नका निम्ति एकीकृत पार्टी आफ्ना क्रान्तिकारी नीति र कार्यशैलीमा दृढतापूर्वक अगाडि बढ्नेछ । आफ्नो मुलुकको वास्तविकताको आधारमा माक्र्सवाद–लेनिनवादलाई रचनात्मक ढङ्गले प्रयोग गर्दै आफ्नो क्रान्तिका नीति तथा सिद्धान्तहरू स्वतन्त्रतापूर्वक निर्माण गर्नेछ ।

कम्युनिस्ट समूहहरूको बीचमा संयुक्त वाममोर्चाको निर्माण एउटा नौलो र रचनात्मक प्रयोग थियो । आज त्यसले प्रजातान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा समेत ऐतिहासिक महत्वको भूमिका निर्वाह गरेको छ । यो एकीकृत पार्टीको निर्माणपछि पनि हामी वाममोर्चालाई दृढतापूर्वक कायम राख्नेछौं र हाल बाहिर रहेकाहरूलाई समेत मोर्चामा सामेल भएर एकताबद्ध ढङ्गले अघि बढ्न आह्वान गर्दछौं ।

वर्तमान पार्टी एकीकरणले इतिहासको प्रतिष्ठा र अहिलेको सर्वोत्तम श्रमजीवी सर्वहारावादी कार्यशैलीलाई एकजुट गरेको छ । यस एकीकृत शक्तिले आगामी संसदीय निर्वाचन, मुलुकको क्रमिक प्रजातान्त्रीकरण र आमूल परिवर्तनको वर्ग सङ्घर्षमा निर्णायक पहलकदमी र नेतृत्व प्रदान गर्नेछ । यस्तो स्थितिमा हामी सम्पूर्ण इमानदार कम्युनिस्टहरूलाई अब अलगअलग समूहमा नअल्मलिएर एउटै एकीकृत पार्टीमा एकताबद्ध भएर क्रान्तिमा महान योगदान गर्न आह्वान गर्दछौं । जनता र राष्ट्रको भाग्य र भविष्यलाई उज्यालो पार्ने ऐतिहासिक दायित्व कम्युनिस्टहरूको काधमा आएको छ । यस अभिभारालाई एकीकृत, सुसङ्गठित, अनुशासनबद्ध, क्रान्तिकारी पार्टीले पूरा गर्न सक्नेछ ।

अध्यक्ष                     महासचिव

मनमोहन अधिकारी    मदन भण्डारी

 

केन्द्रीय सङ्गठन समिति

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी र लेनिनवादी)

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादीको केन्द्रीय सङ्गठन समितिको पहिलो पे्रस वक्तव्य, पुस २०४७

 


माक्सवादी माले एकता - एमाले एउटा प्रमुख शक्ति

 

२०४७ मङ्सिर १६, १७ र १८ गते पोखरामा राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनले नेकपा (माले)सग पार्टी एकताका लागि त्यस बेलासम्म भएका प्रयासहरुको उल्लेख गर्नुका साथै पार्टी–एकता गर्नुपर्ने तत्कालीन आवश्यकतालाई सार्वजनिक रुपमा प्रस्तुत गरेको थियो । यस सम्मेलनमा भारतीय कम्युनिस्ट पार्टी ((माक्र्सवादी) का महासचिव क. हरिकृष्ण सिंह सुरजित अतिथिको रुपमा आउनुभएको थियो । हामीहरुलाई त्यसबेला लागेको थियो– हाम्रो पार्टीले इतिहासको एउटा सानै भए तापनि जिम्मेदारीलाई पूरा गरेको छ । यसभन्दा धेरै ठूलो जिम्मेदारी पूरा गर्न अझी बाकी छ । अहिले नेपालमा आएको बहुदलीय प्रजातन्त्रले जनतालाई वाक स्वतन्त्रता र सङ्गठनको स्वतन्त्रता प्रदान गर्दछ । यसद्वारा जनतालाई काम र मामको ग्यारेन्टी दिन सम्भव हुन्छ । देशलाई विकास र समृद्धितिर बढाउन र समाजलाई प्रजातान्त्रिक संस्कारले सुसज्जित बनाउन सम्भव हुन्छ । यसको लागि हामी कम्युनिस्टहरु फुटेर हैन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो । यसलाई व्इवहारमा परिणत गर्न हामीहरु पार्टी एकताको दिशामा क्रियाशील थियौं । वाममोर्चाको अध्यक्ष पदमा रहदा पनि सबै वाम घटकहरुलाई समान अवसर दिएर एकताबद्ध रुपमा मोर्चालाई दीर्घकालसम्म कायम राख्ने प्रयास व्यक्तिगत रुपमा पनि मैले गरेको थिए । हाम्रो यस राष्ट्रिय सम्मेलनपछि आमसभाको आयोजना गरिएको थियो । यस आमसभामा तत्कालीन नेकपा (माले) का महासचिव मदन भण्डारी पनि एक प्रमुख वक्ता हुनुहुन्थ्यो । उहासगै पार्टीका जिम्मेवार सदस्यहरुको त्यहा उपस्थिति थियो । यसै आमसभामा उहाले पनि पार्टी एकताको लागि नेकपा (माले) पनि तयार रहेको उद्घोष गर्नुभएको थियो । यो हाम्रो लागि खुशीको कुरा थियो ।

वाममोर्चा निर्माणकालदेखि नै माले र माक्र्सवादीका बीचमा अलि बढ्ता निकटता कायम भएको थियो । माक्र्सवादीमा हिजोको इतिहास बोकेको नेताको पंक्ति र मालेमा सक्रिय युवाहरुको पंक्ति थियो । त्यसबेला भन्ने पनि गरिन्थ्यो– कमाण्डरहरु धेरै भएको पार्टी माक्र्सवादी पार्टी हो र सिपाहीहरु धेरै भएको पार्टी माले पार्टी हो । यी दुवैलाई जोड्यो भने एउटा राम्रो र ठूलो पार्टी बन्छ । अन्तरिम सरकारको बेलामा माले र माक्र्सवादी पार्टीबीच एकताका निम्ति धेरैपटक कुराकानीहरु भए । यसरी धेरै कुराहरु मिलेपछि दुईटा अलग भएर बस्नुभन्दा एउटै पार्टी बन्यो भने फाइदा छ । यी दुवै पार्टी मिले भने राष्ट्रिय अन्तर्राष्ट्रिय छवि बन्छ र शक्तिशाली पार्टी बन्छ भन्ने सबैलाई लाग्यो । तर कुरा मिलिरहेको थिएन । माले पक्षको ‘हामी क्रान्तिकारी हौं, हामी जतिको क्रान्तिकारी कोही छैन भन्ने सोंच थियो । यता ‘हिजोको अनुभव प्राप्त त हामी नै हौं, जोसमात्र भएर हुदैन होस पनि हुनुपर्छ’ भन्ने सोंच माक्र्सवादीको थियो । यी दुई बीचको घम्साघम्सी कुराकानीमा मिल्ने वातावरण पनि बन्दै गएको थियो । झन्डै ७÷८ महिना यसरी नै बित्यो । मालेको केन्द्रीय कमिटीको बैठक कार्तिकमा डल्लुमा भइरहेको थियो । त्यो बैठकमा मनमोहन दाई, भरतमोहन र म तीनजना गएका थियौं । कुराकानी भयो । एकीकृत भइसकेपछि पार्टीको नाम के राख्ने भन्ने सवाल उठ्यो । त्यो बैठकको कुराकानीमा पार्टीको नाम नेकपा (माले) राख्नुपर्नेलगायत धेरै कुराहरु भए । उनीहरुमा सुपेरियोरिटीको गन्ध आएपछि अब एकता हुन सक्दैन कि भन्ने कुरा मनमा लिंदै हामी उठ्यौं ।

राती मनमोहन दाईको फोन आयो । फेरि मनमोहन दाईसग कुरा भएछ । ‘फेरि बसेर कुराकानी गरौं भनेका छन् सहाना’ भन्नुभयो ।

‘आज नै कुराकानी सकेर उठेको होइन ?’ मैले भनें ।

‘फेरि एकपटक बसौं । भोलि तीन बजे बस्ने सल्लाह भएको छ ।’ मनमोहन दाईले भन्नुभयो ।

‘त्यसो भए भोलि सिद्धिलालजीकोमा ३ बजे बसौं न त’ मैले भनें ।

मालेको पूरै केन्द्रीय कमिटीका सदस्यहरु र हाम्रा पनि पूरै केन्द्रीय कमिटीका सदस्य भएर सिद्धिलालजीकोमा बैठक बस्यो । त्यहा पनि नाम माले राख्नुपर्ने र संख्यामा मालेको बढी हुनुपर्ने र यी दुईवटा कुरामा बढी विवाद भयो । खास कुराकानीमा मालेका तर्फबाट मदन भण्डारी र माधव नेपाल, हाम्रो तर्फबाट मनमोहन अधिकारी र म हुन्थ्यौं । पहिला आफ्नो समूहमा कुरा ग¥यो अनि दुई समूह बस्यो । हाम्रो पार्टीबाट कुराकानी गर्दा मालेले जे प्रस्ताव राखे पनि मनमोहनजी ‘हुन्छ, हुन्छ’ भन्नुहुन्थ्यो । म भने ‘कसरी हुन्छ, के कारणले यस्तो हुनुपर्ने, दलबल धेरै छ भनेर ? त्यो हुदैन, बराबरीको आधारमा हुनुपर्छ । काम गर्नेहरु गर्छन् नगर्नेहरु स्वतः हटिहाल्छन् नि’ भन्थें । उतापट्टि मदन पनि त्यति नकसिने, ‘हुन्छ त’ भन्नुहुन्थ्यो तर माधव कसिनुहुन्थ्यो । फेरि आफ्नो समूहमा आएर बस्यो । यसरी हानाथाप गर्दागर्दा १४÷१४ गरेर २८ जनाको केन्द्रीय कमिटी बनाउने कुरा भयो । त्यसमा पनि कमिटीभित्र जोर संख्या कहिल्यै हुदैन भन्ने कुरा आयो । कमसेकम एकजना त हाम्रो बढी हुनुपर्छ भन्ने माले पक्ष, म हुदैन भनेर अडान लिएर बसें । स्थायी समितिमा ७÷७ जना गरेर १४ जनाको बनाउने सहमति भयो । अन्ततः संख्यामा पनि टुङ्गो लाग्यो । अब पार्टीको नाम नेकपा (माले) राख्ने कुरा आयो तर म मानिन । केही पनि पुच्छर नझुण्ड्याउ, नेपाल कम्युनिस्ट पार्टी मात्रै राखौं भन्ने मेरो प्रस्तावलाई माले पक्षले स्वीकार गरेन । आखिर अहिलेलाई पार्टीको नाम नेकपा (एकीकृत–माक्र्सवादी र लेनिनवादी) अर्थात नेकपा (एमाले) राखियो । चाडै त्यो झुण्डिएको पुच्छर हटाउने भन्ने धारणा पनि बनाइएको थियो । त्यो लिखतमा भएको समझदारी अझै पूरा भएको छैन, पुच्छर झुण्डिएको झुण्डिएकै छ । यसरी हाम्रा दुई पार्टीका बीच पुस २ गते २०४७ सालमा एकीकरण सम्पन्न भयो । एकीकृत कम्युनिस्ट पार्टी निर्माण भयो । इतिहासमा यो एउटा राम्रो काम भयो ।

त्यसबेलाको राजनीतिक रङ्गमञ्चमा यसले राम्रो सन्देश दियो । परेको बेलामा र राष्ट्रले चाहेको बेलामा कम्युनिस्टहरुको बीचमा एकता पनि हुनसक्छ भन्ने प्रमाण स्थापित भयो । दुईवटा भिन्न पार्टी एक ठाउमा आएका छन् । एकता भइसकेर पनि यो मेरो हिजोको, यो मेरो आजको, यो हाम्रो भन्ने खालका कुरा निमिट्यान्न भएका थिएन भित्रभित्रै रहेकै थियो । आ–आफ्ना पंक्तिका कार्यकर्ताहरुलाई आधिकारिक पंक्तिमा समेट्ने कसरत भयो । राष्ट्रिय परिषद् गठन भयो । राष्ट्रिय परिषद्को गठनमा आफ्ना मान्छेहरुलाई बढी राख्ने प्रयत्न गर्न नेताहरुमा हानथाप पनि चलेको कटु अनुभव छ ।

जे होस्, यी सबै कुरा एक ठाउमा भए पनि पार्टी नया ठाउमा उदायो । यसले ऊर्जा प्रदान ग¥यो र विशेष गरेर संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको नारालाई कार्यनीतिका रुपमा अङ्गीकार ग¥यो । यसले छिरलिएका वामपन्थीहरुलाई, राजनीतिक काम गरेका र नगरी बसेकाहरुलाई पनि आकर्षित ग¥यो र एकताको सूत्रमा बाध्ने काम ग¥यो । नेपाली काङ्गे्रससग टक्कर लिने खालको पार्टी निर्माण भयो । नेपाली काङ्गे्रसको सामन्तवादी तथा पुजीवादी चरित्रसग पौंठेजोरी खेल्ने पार्टीका रुपमा नेकपा (एमाले) बन्यो । नेकपा (एमाले) र नेपाली काङ्गे्रस हाराहारीको रुपमा राजनीतिक मैदानमा देखापरे ।

एमालेको निर्माणले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो सन्देश थियो । हिजोसम्म नेपालमा भएका कुटनीतिज्ञहरुले वामपन्थीहरुलाई जुन दृष्टिले हेर्थे अब त्यसमा परिवर्तन आयो । उनीहरुले वामपन्थी शक्तिको उपस्थिति र वैधतालाई अस्वीकार गरिरहेको परिपे्रक्ष्यमा पार्टी एकीकरणपछि बनेको आधार, पहुच र पकडलाई काङ्गे्रसको हाराहारीमा राख्नुपर्ने बाध्यता सिर्जना भयो । सबै क्षेत्रमा एमाले पनि एउटा प्रमुख शक्ति हो भन्ने कुरा स्वीकार्न बाध्य बनायो ।

यसै सिलसिलामा सरकारले जिम्मा लिएका दुईवटा प्रमुख काममध्ये पहिलो महत्वपूर्ण काम संविधान निर्माण भइसकेको थियो, दोस्रो काम आम निर्वाचन गराउन बाकी थियो । त्इसको मिति तिथि पनि निर्धारित भइसकेको थियो । आम निर्वाचनका लागि उम्मेदवारी तय गर्ने सवालमा मालेबाट आएका साथीहरुको जनाधार बढी छ भन्ने नाममा उम्मेदवारी दिनमा पक्षपात भयो भनेर माक्र्सवादीबाट आएका साथीहरुको गुनासो रह्यो । एकीकरणमा बनेको समझदारी कार्यान्वयन नभएको, त्यो रुपमा व्यवहार नभएकोजस्ता पार्टीभित्र सुसुप्त रहेका गुनासाहरुले ठाउ पाउदै गए । पार्टीका महत्वपूर्ण निकायहरुमा जिम्मेवारी नदिनु, सबैलाई नसमेट्नु आदिलाई आरोपका रुपमा उठाएर हामीलाई अन्याय भयो, स्वाभिमान गुमाएर नबस्ने भनेर पार्टी छोडी ती साथीहरुले अर्को पार्टी नेकपा (माक्र्सवादी) पुनर्गठन गरे ।

पार्टीभित्रै बसेर लड्ने, आवाज उठाउने र अन्याय गर्न नदिने, कार्यकर्ताको भावनालाई समेटेर जाने भन्ने कुरा राख्यौं । तर दुवै पक्षबाट सुनुवाई भएन । ‘नेता कार्यकर्ता विस्तारै निस्क्रिय हुदैछन् । पार्टीबाट बाहिर जादैछन्, यसले पार्टीलाई कमजोर बनाउछ’ भन्दा पार्टीभित्र पटक्कै सुनुवाई भएन । झन् उल्टो ‘ठीकै छ, तिनीहरु बदमास थिए, औसरवादी थिए, तिनीहरुले पार्टी छोडेर केही नोक्सानी हुदैन, कुचोले बढार्नुपर्ने फोहर हावाले उडाएर लग्यो’ भन्ने कुरा नेतृत्वले ग¥यो । नेतृत्वले यसो भन्नु बेठीक हो भन्ने कुरा अहिले पनि मलाई लाग्छ । जति सक्दो आफ्नो पार्टी वरिपरि सबै खालका कार्यकर्ताहरुलाई समेटेर राख्नुपर्छ । त्यसले नै पार्टीलाई बलियो बनाउछ र राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा छवि उज्यालो बनाउछ । यसरी बनिसकेको पार्टी चोइटिएर बाहिर जादा मलाई साह्रै नमीठो लाग्यो । हामीले केही होइन भने तापनि राजनीतिक रङ्गमञ्चमा राम्रो सन्देश दिएन । यसरी बाहिरिएर गएपछि फेरि त्यसमध्ये केही साथीहरु फर्के र केही अझै पनि आएका छैनन् ।

म अहिले पनि त्यसबेलाको कुरा सम्झन्छु, त्यसबेला साच्चै आत्मसम्मान भएको मान्छेलाई चोट पर्ने खालको वातावरण थियो । पार्टीको तलदेखि माथिसम्म अन्य महत्वपूर्ण ठाएमा कसरी समायोजन गर्ने भन्ने सवाल प्रमुख थियो ।

एकतापछि जिम्मेवारीहरु बाडफाड भयो र मलाई महिला क्षेत्रमा जानुपर्छ भन्ने कुरा आयो । म महिला भएको कारण महिलाहरुको नेतृत्व गर्ने वा महिला सङ्गठनमा जानुपर्ने भन्ने कुरा त्यति साह्रो मनले खाएको थिएन । म वास्तवमा मित्रैबाट खुशी थिइन । पार्टीले दिएको जिम्मेवारी अनुशासन हो भन्ने कारणले स्वीकार्नुप¥यो ।

एउटा कटु अनुभव

एकीकरणको लगत्तै पछि २०४८ साल चैतमा राष्ट्रिय सभागृहमा अखिल नेपाल महिला सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन भयो र बन्दसत्र भूपू सैनिक हलमा आयोजित भएको थियो । भूपू सैनिक हलको भुइमा परालमाथि सतरन्जा बिछाइएको थियो । देशभरिका महिला प्रतिनिधि र पर्यवेक्षक पलेंटी मारेर बसेका थिए । त्यो जमघटमा म पुगें । त्इसभन्दा अगाडि मैले माले पक्षीय महिलाहरुसग ठोसै रुपमा कुराकानी गरेकी थिइन । पार्टीको निर्देशनअनुरुप अनेमसङ्घको अध्यक्षको उम्मेदवारको रुपमा मैले हलमा प्रवेश गरें । मैले अनेमसङ्घको राष्ट्रिय सम्मेलनको हलमा जुन वातावरण, वरताव, महिला नेतृत्वको सोंच देखें मलाई अनौठो किसिमको अनुभूति भयो । उमेरले सबै मेरा बहिनी वा छोरी सरहका थिए । जसरी चारकुने प्वालमा गोलाकार बस्तु फिट हुदैन त्यस्तै मलाई पनि कताकट फिट हुदिन कि भन्ने भान भयो । त्यो सम्मेलनको तीन दिनको वातावरण मलाई निकै अप्ठ्यारो लाग्यो । सुरुको दिनमै महिला नेतृहरुको जुन किसिमको व्यवहार देखें मलाई त्यो साह्रै सङ्कुचित जस्तो लाग्यो । रेशमको किरा आफ्नो ककुनभित्र मात्रै बसेकोले बाहिरी संसारको अनुभूति गर्न नपाएको हो कि जस्तो लाग्यो । भनौं क्रान्तिकारी भावनाले ओतप्रोत छ, देश र पार्टीको लागि जीवन समर्पित गर्ने विचार छ, यो सकारात्मक पक्ष थियो । यति हुदाहुदै पनि व्यापक दृष्टिकोण अपनाउने वा सबैलाई ग्राह्य हुने खालको सोंचको कमी र पचाउन नसकिने खालको व्यवहार थियो– मप्रति । महिला आन्दोलनमा अब ह्रास आउने भयो, हामीले यति दुःख गरेर सङ्गठन बनायौं, यो सहाना राजनीतिक रुपले पनि स्पष्ट नभएको मान्छेको हातमा नेतृत्व पुगेपछि हाम्रो मेहनत खतम हुन्छ’ भन्नेजस्ता धारणा रहेको बुझें । उनीहरुको यस्तो वरताव देखेपछि मैले त्यस सम्मेलनमा ‘अनिच्छत पाहुना’को रुपमा आफूलाई पाए । जे होस् मैले त्यही जानु थियो । त्यही जिम्मेवारी बहन गर्नु थियो, त्यसैले मैले ती व्यवहारहरु हेरेर बसेकी थिए ।

त्यस्तो व्यवहार र विचार राखेर हामी कसरी अगाडि बढ्न सक्छौं ? परालमाथि तन्ना ओछ्याएको चिसो भुईंमा उमेर अवस्थाको पनि ख्याल नगरी महिलाहरुको त्यो जमघटमा म बसें । मान्छेले ठूलो हुन खोज्नुभन्दा सानो भएर बस्नु नै राम्रो भन्ने लाग्यो । म हेपिएको होइन, बहिनीहरुले नबुझेर आफैंले आफैंलाई हेपेको हो भन्दै बसें । मलाई यी कुरा सहन गर्न गाह्रो त भयो तर मैले सहें । आज पनि म भन्छु त्यो जिम्मेवारी वहन गर्न म जानै नहुने थियो । अखिल नेपाल महिला सङ्घको नेतृत्व सम्हालेर मैले गलत गरें । आजसम्म पनि कटु व्यवहारका अनुभवहरु बिर्सनसकेकी छैन । मैले जे अनुभव गरें त्यो अनुभव त्यहा उपस्थित अरु महिलाहरुले पनि गरेको कुरा पछि थाहा पाए । जेहोस् मैले अध्यक्षको रुपमा पार्टीले दिएको जिम्मेवारी सम्हाले यही जिम्मा पूरा गर्ने सिलसिलामा घटेको एउटा दुःखद् घटना बिर्सनै नसकिने भएर बसेको छ मेरो स्मृतिमा ।

पञ्चायत रहदासम्म मदनजीसग चिनजान भएन । बहुदल आएपछि र खासगरी माले माक्र्सवादी एकता वार्ताका सिलसिलामा धेरैपटक कुराकानी भए । त्यसबेला एकताको लागि मदनजी लचिलो भएर आउनुभयो । जति पीडादायी भए पनि एकताका लागि सम्झौता आवश्यक हुन्छ भन्ने कुरा उहाले राम्ररी बुझ्नुभएको थियो र यसको दूरगामी असरलाई पनि देखेर नै यो काम गर्नुभएको थियो भन्ने मलाई लाग्दछ । भेटघाटमा कम बोल्ने तर सुझबुझका साथ बोल्ने गर्नुहुन्थ्यो । मदनजी भएकोले एकताका लागि अत्यन्त सहज वातावरण बन्यो ।

पछि प्रखरवक्ता र विचारकको रुपमा पनि उहाको परिचय स्थापित भयो । सर्वाधिक लोकप्रिय युवानेताको रुपमा प्रभाव र प्रतिष्ठा दुवै उठेको थियो । पाचौं महाधिवेशनपछि त्यसैको सन्देश लिएर हि८ेको बेला पोखराबाट चितवनमा अनेमसङ्घद्वारा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्न उहा आउदै हुनुहुन्थ्यो । भेला तीन दिन चल्ने योजना थियो र तेस्रो दिन मदनले सम्बोधन गर्ने कार्यक्रम थियो । भेलाको दोस्रो दिन हामी देवघाट भ्रमणमा गएर फर्कियौं । हामी गाडीबाट ओर्लंदा ओर्लदै कमरेड मदनको गाडी दुर्घटना भयो भनेर अपुष्ट समाचार साथीहरुले सुनाउनुभयो । यो सच्चै नै झट्का लाग्ने खबर थियो । हामी सबैजना अत्यन्तै चिन्तित भयौं । त्यसपछि त्यही गाडीमा अष्टलक्ष

नवयुग

ठेगाना