स्थानीय तह निर्वाचन २०७४

२०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण गरी पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ वटा नगरपालिका र ६ हजार ६ सय ८४ वटा गाउँपालिकामा निर्वाचन भएको थियो । “समृद्धि, समानता र सवल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार” भन्ने मूल नाराका साथ नेकपा (एमाले) स्थनीय तहको चुनावमा होमिएको थियो ।

२९४ पालिकामा मेयर / अध्यक्ष, ३३१ पालिकामा उपमेयर / उपाध्यक्ष, २,५६० वडा अध्यक्ष र १०,९१२ जना वडा सदस्यहरू निर्वाचित भएर पहिलो शक्तिका रूपमा नेकपा (एमाले) उपस्थित भयो । नेपाली कांग्रेस जम्मा २६६ पालिकामा मेयर / अध्यक्ष, २२३ पालिकामा उपमेयर / उपाध्यक्ष, २,२८६ वडा अध्यक्ष र ८,६७९ जना वडा सदस्यहरू निर्वाचित गरेर दोस्रो दल बनेको थियो भने नेकपा (माओवादी केन्द्र)ले १०६ पालिकामा मेयर / अध्यक्ष, १११ पालिकामा उपप्रमुख / उपमेयर, १,१०२ वडा अध्यक्ष र ४,१२३ जना वडा सदस्यहरू जितेको थियो । यस निर्वाचनमा भाग लिएकामध्ये १८ वटा दलले केही न केही सिट जितेका थिए ।

दलहरू, निर्वाचन परिणाम र तुुलना

क्र.स. पार्टीको नाम मेयर/अध्यक्ष उपमेयर/उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्य
नेकपा (एमाले) २९४ ३३१ २५६० १०९१२
नेपाली कांग्रेस २६६ २२३ २२८६ ८६७९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १०६ १११ ११०२ ४१२३
संघीय समाजवादी फोरम, नेपाल ३४ ३२ २६२ ११११
राष्ट्रिय जनता पार्टी नेपाल २५ ३० १९५ ८६२
नेपाल लोकतान्त्रिक फोरम ८८ ३५६
स्वतन्त्र ९१ १३१
राष्ट्रिय प्रजातन्त्र पार्टी ५९ २१४
राष्ट्रिय जनमोर्चा ३३ १४६
१० नयाँ शक्ति पार्टी नेपाल २२ ९१
११ नेपाली जनता दल ३०
१२ नेपाल मजदुर किसान पार्टी २२ ७५
१३ बहुजन शक्ति पार्टी ३४
१४ राष्ट्रिय जनमुक्ति पार्टी १७
१५ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
१६ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७ नेपाल कम्युनिष्ट पार्टी (माले)
१८ नेपाल परिवार दल
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।