नेकपा (एमाले) प्रदेश नं.३ प्रदेश संगठन कमिटीको पहिलो बैठको प्रेस विज्ञप्ति

२०७३/०६/११


प्रेस  विज्ञप्ति

नेकपा (एमाले) प्रदेश नं.३, प्रदेश संगठन कमिटीको पहिलो बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासल ललितपुरमा हिजो असोज १० गते केन्द्रीय उपाध्यक्ष एवं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता गर्दै संयोजकले कमिटीका सम्पूर्ण सदस्यहरूलाई जिम्मेवारीको सपथ दिलाउनुभएको थियो । त्यसपछि पार्टी केन्द्रीय कमिटीको चालू सातौं बैठकले पारित गरेको आन्तरिक जीवनलाई एकताबद्ध बनाउने १० बुँदे संकल्प प्रस्तावप्रति बैठकले प्रतिबद्धता जनाएको थियो । बैठकमा तीनजना पूर्व अञ्चल इञ्चार्जहरू अरूण नेपाल, केदार न्यौपाने र सानु श्रेष्ठले तत्कालीन अञ्चलका खातापाता हस्तान्तरण गर्नुभएको थियो । बैठकले २०७३ सालका लागि प्रदेशको अर्धवार्षिक कार्ययोजना पारित गर्नुका साथै ५ जनाको सचिवालय बनाउने निर्णय गरेको छ । सचिवालयमा संयोजक अष्टलक्ष्मी शाक्य, सहसंयोजक काशीनाथ अधिकारी, पूर्व अञ्चल इन्चार्जहरू केदार न्यौपाने, अरूण नेपाल र सानु श्रेष्ठ रहनुभएको छ । बैठकले केदार न्यौपानेद्वारा प्रस्तुत समसामयिक विषयमा १३ बुँदे प्रस्ताव पारित गरेको छ । 
बैठकको प्रारम्भमा उद्घाटन समारोह गरिएको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । अध्यक्षको उद्घाटन मन्तव्यपश्चात बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समारोहलाई सम्बोधन गर्नुभएको थियो । पूर्व अञ्चल इन्चार्ज अरूण नेपालद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा सहसंयोजक काशीनाथ अधिकारीले स्वागत गर्नुभएको थियो भने पूर्व इन्चार्ज सानु श्रेष्ठले धन्यवाद दिनुभएको थियो । 
बैठकले पारित गरेका प्रस्तावहरू 
१.   अध्यक्ष कमरेड केपी शर्मा अ‍ोली नेतृत्वको अघिल्लो सरकारले मित्रराष्ट्र चीनस“ग गरेको पारवहनलगायत १० बुँदे ऐतिहासिक सम्झौतालाई वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले तदारुकताका साथ कार्यान्वयनको पहल नलिएर अघोषित निस्क्रिय बनाउने तथा मुलुकलाई पुनः भारतबेष्ठित विकल्पहीन मुलुकमा परिणत गर्ने षड्यन्त्रपूर्ण जुन गतिविधि गर्दैछ यो बैठक त्यसप्रति खेद व्यक्त गर्दछ । र, सम्झौता कार्यान्वयनप्रति तदारुकता देखाउन सरकारसँग जोडदार माग गर्दछ । 
२.    अघिल्लो सरकारले स्वाधीनता, राष्ट्रिय अखण्डता र समानताको आधारमा निर्माण गरेको सन्तुलित विदेश नीतिलाई उल्टाएर असन्तुलित बनाउने तथा सन्तुलित नीतिको कारण राष्ट्रलाई प्राप्त भएको अवसरलाई गुमाएर राष्ट्रलाई गम्भीर क्षति पु¥याउने वर्तमान पुष्पकमल दाहाल सरकारका अबाञ्छित क्रियाकलापप्रति यो बैठक जोडदार आपत्ति प्रकट गर्दै विदेश नीतिलाई सन्तुलित बनाउन जोडदार माग गर्दछ । 
३.   अघिल्लो सरकारले संविधान कार्यान्वयनको निम्ति बनाएको व्यवस्थित योजनालाई भताभुङ्ग बनाएर राजनीतिक अनिश्चय खडा गर्ने तथा संवैधानिक संकट सिर्जना गरेर लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने वर्तमान सरकारका गतिविधिहरू निन्दनीय छन् । यो बैठक यस्ता क्रियाकलापको निन्दा गर्दै समयमै निर्वाचन गराएर संविधान कार्यान्वयनको दिशामा अघि बढ्न सरकार समक्ष जोडदार माग गर्दछ । 
४.    संविधानलाई सर्वस्वीकार्य बनाउने नाममा पुष्पकमल दाहालको वर्तमान सरकार मुलुकको अखण्डतामा आ“च पुग्ने गरी साम्प्रदायिक सद्भावलाई भड्काउने गरी मुलुकको स्वाधीनतामै प्रश्न उठ्ने गरी तथा प्राप्त उपलब्धिलाई क्षतविक्षत बनाउने गरी संविधान संशोधनको षड्यन्त्रमा फ“सेको प्रतित हु“दैछ । संविधान असंशोधनीय दस्तावेज होइन भन्ने बहानामा मुलुकको बेथिती हुने गरी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई संशोधन गरेर प्रतिगामी बनाउने कुरा नेपाली जनतालाई स्वीकार्य छैन । यो बैठक यस्तो क्रियाकलापको जोडदार विरोध गर्दछ । 
५.    अध्यक्ष कमरेड केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्न ०७२÷०७३ को बजेट संविधानलाई कार्यान्वयन गर्न, राष्ट्रको पुनःनिर्माण गर्न, समृद्ध नेपालको निर्माण गर्न, स्वाधीनताको रक्षा गर्ने तथा समाजवादका आधारहरू निर्माण गर्ने कार्यभार बोकेको ऐतिहासिक बजेट हो । वर्तमान सरकार यो बजेटको कार्यान्वयनमा इमान्दार नभएको संकेतहरू देखापर्न थालेका छन् । बजेट कार्यान्वयनको ग्यारेन्टी गर्न कुनै योजना, उत्साह र सोंच नदेखिनु यसको लक्षण हो । यो बैठक अघिल्लो सरकारले प्रस्तुत गरेको ऐतिहासिक बजेटलाई कार्यान्वयनको ग्यारेन्टी गर्न जोडदार माग गर्दछ । 
६.    जघन्य अपराधमा सामेल भएका व्यक्तिहरूलाई समेत राजनीतिक आन्दोलनमा सहभागिताको नाममा माफी दिने षड्यन्त्र वर्तमान सरकारबाट भइरहेको बुझिन्छ । यसो गरेर अधिकारको उल्लंघन गर्ने, पीडकहरूलाई संरक्षण गरेर पीडितहरूको घाउमा नुनचुक लगाउने तथा दण्डहीनतालाई मलजल गरेर हुर्काउ“दै मुलुकमा अराजकता निम्त्याउने काम नगर्न यो बैठक सरकारलाई जोडदार अपिल गर्दछ तथा यस्तो कामको निन्दा तथा विरोध गर्दछ । 
७.   पार्टी केन्द्रीय कमिटीको चालू सातौं बैठकले महत्वपूर्ण राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने १० बुँदे संकल्प प्रस्ताव निर्देशनको रुपमा पारित गरेको छ । प्रदेश कमिटीको यो बैठक सातौं बैठकका मान्यताहरूलाई खासगरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने ध्येयले पारित गरिएको १० बुँदे संकल्प प्रस्तावलाई इमान्दारितापूर्वक जस्ताको तस्तै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । 
८.  सस्तो लोकप्रियता आर्जन गर्नको लागि भूकम्पपीडित जनताको पक्षमा फोस्रा भाषण गर्ने तर व्यवहारमा सिन्कोसम्म नभाँच्ने वर्तमान सरकारको रवैया अत्यन्त खेदजनक छ । यो बैठक भूकम्पपीडित जनताको लागि तुरुन्तै सुरक्षित आवास तथा जीवन निर्वाहको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ । 
९.    यो बैठक नेपाललाई कुनै एकदेशस“ग मात्र परनिर्भरु रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले तत्कालीन केपी अ‍ोली सरकारले जनवादी गणतन्त्र चीनस“ग गरेको पारवहन सम्झौताको एक अङ्गको रुपमा रहेको तथा देशकै महत्वपूर्ण उत्तरी व्यापारीक नाका काठमाडौं रसुवागढी केरुङ सडक तथा बाढीपहिरोद्वारा ध्वस्त भएको अरनिको राजमार्गको पुनःनिर्माण तत्काल अगाडि बढाउन र तातोपानी नाका खुलाउन यो बैठक सरकारस“ग जोडदार माग गर्दछ । 
१०.   नेपाल सरकारले प्राथमिकता प्राप्त परियोजना घोषणा गरेर पनि अघि नबढिरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाक यथाशीघ्र अघि बढाउन बैठक जोडदार माग गर्दछ । 
११.   भर्खरै भएको प्र.म पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा आएको राष्ट्रहित विपरीतको २५ बुँदे संयुक्त वक्तव्यको बैठक निन्दा र भत्र्सना गर्दछ । 
१२.   काभ्रेपलान्चोक जिल्लामा अन्तरजातीय विवाह गरेको अपराधमा भएको अजित मिजार हत्याकाण्डको बैठक घोर निन्दा गर्दछ र हत्यारालाई कडा कारवाहीको माग गर्दछ । 
१३।    धन्यवाद तथा शुभकामना प्रस्ताव 
(क)    प्रदेश संगठन कमिटीको प्रथम बैठकलाई उद्घाटन गर्न आउनुभएका श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओली त्यसैगरी बरिष्ठ नेता झलनाथ खनाल, समादरणीय नेता माधवकुमार नेपाल, सचिव योगेश भट्टराई, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष डा। पुष्प क“डेल, केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, निर्वाचन आयोग सचिव माधव पौडेल, तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यलगायत आमन्त्रित कमरेडहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 
(ख)    प्रदेश संगठन कमिटीको प्रथम बैठकलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि हल उपलब्ध गराइदिने तुल्सीलाल स्मृति प्रतिष्ठान र चिया खाजा लगायत अन्य व्यवस्थापनमा आत्मीय सहयोग गर्ने ललितपुर जिल्लाका स्थानीय कमरेडहरु तथा सहयोगी सांसदहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
(ग)    नजिक आइरहेका बडादशैं तथा दीपावली, नेपाल सम्वत्, छठ, इद, उधौली उभौली, ल्होसार लगायतका नेपालीहरूका महान् चाड र पर्वहरूका उपलक्ष्यमा सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनसमुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
अष्टलक्ष्मी शाक्य
संयोजक
 

नवयुग

ठेगाना