हामी ncp.org.np मा चाडै आउँदै छौ


सङ्घीय समाजवादी फोरम केन्द्रीय सदस्य सहितका नेताहरू एमालेमा प्रवेश


विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा समाहित गर्नुहुने नेता कार्यकर्ताहरूलाई नेकपा ९एमाले०का महासचिव कमरेड ईश्वर पोखरेलले टीका र खादा लगाएर औपचारिक रूपमा पार्टी प्रवेश गराउनु भएको छ । 

विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनेहरुमा सङ्घीय समाजवादी फोरम केन्द्रीय सदस्य एवम मुस्लिम विभागका प्रमुख  गुलाम सरोवर शेख , सङ्घीय समाजवादी फोरमका पार्षद एवम सल्लाहाकार दिलीप कुमार शाहा , सङ्घीय समाजवादी फोरमका पार्षद एवम सल्लाहाकार जोगेन्द्र प्रसाद यादव , सङ्घीय समाजवादी फोरमकै केन्द्रीय पार्षद जीतेन्द्र तिवारी, स्तम्भ लेखक साहित्यकार शान्ति चौधरी लगायत रहनु भएको केन्द्रीय कार्यलयका सचिव कमरेड कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली , महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञावाली , केन्द्रीय कार्यलयका सचिव कमरेड कृष्णगोपाल श्रेष्ठ , पोलिटब्युरो सदस्य कमरेड वंशीधर मिश्र, केन्द्रीय सदस्यहरू रघुविर महासेठ, विजय गुरुङ, खगेन्द राई लगाएतका नेताहरू उपस्थित रहनु भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गनुहोस

नवयुग

ठेगाना