नेकपा (एमाले) स्थायी समितिको बैठक भोलि फागुन ३ गते बस्दै


नेकपा (एमाले) स्थायी समितिको बैठक भोलि फागुन ३ गते मंगलवार पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवास बालकोटमा दिनको १ बजे बस्दैछ । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा र आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुन लागेको पार्टी पोलिट्ब्युरो बैठकको पूर्व तयारीका लागि बैठक बस्न लागिएको पार्टीै केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

अध्यक्ष निवास बालकोटमा हुने बैठकको समाचार संकलन तथा  सम्प्रेषणका लागि अनुरोध गरिन्छ ।

मिती : २०७३ फाल्गुन ३ गते मंगलबार 
समय : दिनको १ बजे 
स्थान : पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवास बालकोट

नवयुग

ठेगाना