नेकपा (एमाले) स्थायी समिति बैठक सम्पन्न, बैठकले यस प्रकार निर्णयहरु गरेको छ

प्रेस विज्ञप्ति

नेकपा (एमाले) स्थायी समितिको ५३औं बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निवास बालकोटमा सम्पन्न भएको छ । बैठकले यस प्रकार निर्णयहरु गरेको छः 

१.    बैठकले २०७४ मंसिर अघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । त्यसका लािग आवश्यक कानुनी        र राजनीतिक वातावरण मिलाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ । 
२.    बैठकले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ । उक्त                 कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ । अभियान सफल पार्न बैठकले पार्टीका कार्यकर्ता, मातहत        कमिटी, जनसंगठनहरु र आम समुदायलाई हार्दिक अपिल गरेको छ । 

३.   फागुन १४ गते क्याम्पसहरुमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध          पु¥याउन भएका तालाबन्दीहरुप्रति बैठकको गम्भीर ध्यान गएको छ । मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रस्वरुप यस्ता         क्रियाकलापहरु भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत           ध्यानाकर्षण गराएको छ । 

४.    बैठकले पोलिटब्युरो बैठकका एजेन्डाहरु तय गरेको छ ।
         जसमा १. अध्यक्षको प्रतिवेदन,
       २. समसामयिक राजनीतिक परिस्थिति,
    ३. मेची–           महाकाली अभियान
     ४. विविध छन् । 
    पोलिटब्युरोको बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 
 
योगेश भट्टराई 
प्रमुख 

नवयुग

ठेगाना