मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुने

२५ फागुन २०७३

प्रेस विज्ञप्ति 

नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले निम्नानुसार निर्णय गरेको छः
 
१.     सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको हाम्रो पार्टीद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुनेछ । यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बा“की सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिइएको छ । 

२.     राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको आततायी हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि फागुन २६ गते २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिएको छ । उक्त भेलामा अनिवार्य सहभागी हुन काठमाडौ“ उपत्यकास्थित पार्टी सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यहरुलाई निर्देशन दिइएको छ । 

३.     राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय गरिएको छ । आमसभाको मिति तय गरी कार्यक्रम गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ । 

४.     प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ । साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिनेछन् । ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वस“ग परामर्श गरी तय गरिनेछ । 

५.     मधेसका विभिन्न जिल्लामा नेकपा (एमाले) का पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको छ, नेकपा  (एमाले) का नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरु भएका छन् । हाम्रो पार्टी त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन चाहन्छ । साथै, हाम्रा नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारस“ग माग गर्दछ । 
 योगेश भट्टराई 
प्रमुख

नवयुग

ठेगाना