एमालेका उम्मेदवारलाई विजयी गराउन सबै शक्तिलाई निर्वाचनको तयारीमा लागाउन जनसंगठनलाई पार्टीको निर्देशन

नेकपा (एमाले) मोर्चा संगठनको बैठक पार्टी सचिव तथा मोर्चा प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकमा यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीका बारेमा छलफल गरी विभिन्न निर्णय गरेको छ । 

बैठकले पार्टीका सबै जनसंगठनहरुले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आआफ्नो संगठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गते भित्रमा सुझाव तथा अवधारणाहरु पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । 

आउने स्थानीय निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई विजयी बनाउन सबै जनसंगठनको शक्तिलाई निर्वाचनको तयारी र प्रचार-प्रसारको कामका परिचालन गर्न बैठकले सबै जनसंगठनलाई निर्देशन गर्नुका साथै यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्म सम्बन्धित पार्टी कमिटीस“ग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । 

बैठकले यही वैशाख २० गतेसम्ममा सबै जनसंगठनहरुले निर्वाचनसम्बन्धी अपिल लगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउ“मा पु¥याइसक्ने निर्णय ग¥यो । 

नवयुग

ठेगाना