सत्ताधारी पार्टीहरुबाट भएका हिंसा तथा बुथ कब्जाका गतिविधिहरुप्रति एमालेको आपती (प्रेस वक्तव्य सहित)

स्थानीय तहको आज सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई नेकपा (एमाले) का तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेख लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा सत्ताधारी पार्टीहरुबाट भएका हिंसा तथा बुथ कब्जाका गतिविधिहरुप्रति नेकपा ९एमाले० अत्यन्त गम्भीर भएको छ । निर्वाचन आयोग, गृह प्रशासन तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायहरुसँग पटक–पटक आग्रह गर्दा पनि दोलखा लगायत जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा भयरहित ढङ्गले मतदान गर्न पाउने नागरिकको मौलिक अधिकारको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै हिंसा र बुथ कब्जाका घटनाप्रति भत्र्सना गर्दछौं ।

निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिता विपरित भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गर्दछौं । जबर्जस्ती र बुथ कब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउँछ भन्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं । नेकपा (एमाले) लोकतन्त्र र संविधानलाई कमजोर बनाउने कुनै पनि गलत प्रयत्नका विरुद्धमा दृढताकासाथ उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।
 

नवयुग

ठेगाना