नेकपा (एमाले)को विजय यात्राले शतकसंख्या काट्यो पहिलो चरणमा बहुमत स्थानीय तहमा जित्ने सम्भावना

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले)ले अहिलेसम्म ३३ नगरपालिका र ७२ गाउँपालिका गरी १०५ स्थानीय तहमा विजय हासिल गरेको छ । घोषित मत परिणामअनुसार निर्वाचन भएका ३४ जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा विजय हासिल गर्नुका साथै एमालेले विगतको विजयलाई निरन्तरता दिंदै अग्रता कायम गरेको छ ।

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा पनि नेपाली काँग्रेसका उम्मेदवारसँग एमालेले मतान्तर कम गर्दै अगाडि बढिरहेको छ ।  

नवयुग

ठेगाना