सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्य प्रति एमालेको आपती


नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दोस्रो चरणको स्थानीय तह निर्वाचनलगायतका विषयमा गम्भीर छलफल भयो । 

बैठकले २०७४ असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने कुरामा जोड दि“दै निर्वाचनको तयारी र प्रचार–प्रसारका काममा अझै एकताबद्ध रुपमा अघि बढ्न पार्टीको सिंगो पंक्तिलाई निर्देशन गरेको छ । 

बैठकले संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताको बीचमा स्थापित गर्दै जनताका प्रतिनिधिहरुमार्फत् मुलुकको आर्थिक समृद्धिको यात्रालाई नेतृत्व गर्न र जनताको मताधिकारको सम्मान गर्नका लागि निर्वाचन नै निर्विकल्प माध्यम भएको कुरामा जोड दि“दै असार १४ गतेको स्थानीय तहको निर्वाचनमा भाग लिन र नेपालको राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ । 

राष्ट्रिय जनता पार्टीले केही समयदेखि उठाउ“दै आएका केही मागहरुप्रति हाम्रो पार्टी सकारात्मक रहेको छ । विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरुको उपचारको व्यवस्था गर्नेलगायतका मागहरुलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नहरुलाई उन्मुक्ति नदिन हामी ध्यानाकर्षण गर्दछौं । साथै, कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड संजाय नहोस् भन्ने कुरामा पनि हाम्रो पार्टी सचेत छ । र, यसक्रममा आवश्यक छानविन गरी निर्दोष व्यक्तिहरुमाथि लगाइएका मुद्दाहरु फिर्ता गरी निर्वाचनको वातावरण बनाउन बैठकले सरकारको ध्यानाकर्षण गरेको छ । 
बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिलकुल अलग विषय भएकाले राष्ट्रिय हितविरुद्धको, राजनीतिक धु्रवीकरणलाई बढावा दिने, राजनीतिक र संवैधानिक स्थायित्व माथि गम्भीर प्रश्न उठ्ने गरी व्यवस्थापिका संसदमा प्रस्तावित संविधान संशोधनप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको कुरा पुनः दोहो¥याउन चाहन्छौं । उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष माग गर्दछौं । 

बैठकले सबै राजनीतिक दलहरुस“ग संवाद गरी परिस्थिति सहज बनाउ“दै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट बिचलित हु“दै सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्यहरु सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिने र आफ्नो सर्वसत्तावादी सत्तालाई लम्ब्याइरहने सरकारको नेतृत्वबाट आएका सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । यसले सरकारको नेतृत्वको नियतमाथि समेत गम्भीर ढंगले प्रश्न उठेको छ । हाम्रो पार्टी निर्वाचनका विरुद्ध सरकारका तर्फबाट हुने षड्यन्त्रप्रति सजग रह“दै त्यसको प्रतिवाद गर्न आमजनसमुदायमा अपिल गर्दछ । साथै, तोकिएको मितिमा प्रदेश नं. १, २ ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ । 

स्थायी कमिटीको अर्को बैठक भोलि असार १ गते बिहान ८ः०० बजे पार्टी अध्यक्षको निवास बालकोट भक्तपुरमा बस्नेछ । 
 

नवयुग

ठेगाना