दोस्रो चरणको निर्वाचनका लागि पार्टीले तीनवटै प्रदेशका ३३४ वटै तहमा उम्मेदवारी दर्ता (नामावली सहित)

आगामी असार १४ गतेका लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज हाम्रो पार्टीले तीनवटै प्रदेशका ३३४ वटै तहमा उम्मेदवारी दर्ता गरेको छ । स्थानीय कमिटीहरुको सिफारिश, प्रदेश कमिटीको निर्णय र महानगर तथा उपमहानगरपालिकाका हकमा स्थायी समितिको निर्णयका आधारमा आज स्थानीय कमिटीहरुका तर्फबाट उम्मेदवारहरुले उत्साहपूर्वक उम्मेदवारी दर्ता गर्नुभएको छ । नारा, जुलुश, सांस्कृतिक झाँकी, ब्यानरसहित सबै निर्वाचन केन्द्रहरुमा उम्मेदवारी दर्ता भएको छ । 

आज मनोनयन–पत्र दर्ता गर्ने क्रममा विभिन्न ठाउँमा हाम्रो पार्टीका शान्तिपूर्ण जुलुशमाथि आक्रमण गर्ने घृणित कार्य भएको छ । यसक्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिका–६ मा मनोनयनपत्र दर्ता गर्न गइरहेका हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि नेपाली कांग्रेसका तर्फबाट आक्रमण गरी ५५ वर्षीय हंस राउतको हत्या गरिएको छ । हाम्रो पार्टी सत्ता–संरक्षित उक्त गुण्डागर्दीको घोर भत्सर्ना गर्दै अपराधीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गर्दछ । 

निर्वाचनलाई हिंसात्मक बनाउने कुत्सित उद्देश्यका साथ अघिल्लो चरणको निर्वाचनमा जस्तै सत्तापक्षबाट भएका ज्यादतीमाथि निगरानी गर्न हाम्रो पार्टी सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छ । साथै, अघिल्लो चरणको निर्वाचनमा सत्तापक्षबाट ज्यादती तथा धाँधली भएको स्वीकार गरी सार्वभौम संसद्बाट छानबिन गर्नका लागि संसदीय समिति समेत बनेको अवस्थामा त्यस्तै प्रकारका हर्कतहरु नदोहो¥याउन हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।

हाम्रो पार्टीका तर्फबाट दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुहुने कमरेडहरुको नामावली तल उल्लेख छ ।

   

योगेश भट्टराई 
प्रमुख
केन्द्रीय प्रचार विभाग
 

नवयुग

ठेगाना