मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष बरिष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिने

प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था र अभिव्यक्ति स्वतन्त्रताका हिमायती जननेता मदन भण्डारीको सम्मानमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष बरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहनुभएको छनोट समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो । 

विगत पा“च दशकदेखि लेखन र सम्पादनमा संलग्न कमल कोइरालाले ‘दृष्टि’, ‘जनआस्था’, ‘रोडम्याप’लगायतका साप्ताहिक पत्रिकामा योगदान गर्नुका साथै विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा सक्रियतापूर्वक लेख्दै आउनुभएको छ ।

गत वर्ष यो पुरस्कार बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो । छिट्टै कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिनेछ । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि रु. ५० हजार छ । 

नवयुग

ठेगाना