धनुषाको मुझेलियामा जीप दुर्घटनामा घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना , दिवंगत प्रति पार्टीको तर्फवाट हार्दिक श्रद्धाञ्जलि

हिजो २०७४ साल असार २९ गते धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते हुनुभएको र दुर्घटनामा परी सलहेश संग्रहालय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको दुःखद् निधन भएको खबरले पार्टी स्तब्ध भएको छ ।

दुर्घटनामा कमरेड रामरति रामका अतिरिक्त सलहेश संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष तथा प्रदेश नं. २ संगठन कमिटीका सदस्य मागेन कामत, सिरहा जिल्ला कमिटीका सचिवालय सदस्य सागर चौधरी, लहान नगर कमिटीका सदस्य लक्ष्मण यादव, पार्टी वडा कमिटी अध्यक्ष ललिता चौधरीसहित संघीय समाजवादी फोरमका रामपुकार यादव, नेपाली कांगे्रसका अरुणकुमार सिंह, हरेराम राम र चालक दीलिप चौधरीलगायत गम्भीर घाइते हुनुभएको छ ।

विराटनगर नोबेल अस्पताल र न्यूरो अस्पतालमा उपचाररत उहा“हरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत सरितादेवी चौधरीप्रति नेकपा (एमाले) हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । 

नवयुग

ठेगाना