निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन आयोगलाई ध्यानाकर्षण

नेकपा (एमाले) स्थायी कमिटीको ७१औं बैठक कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकले देहायका निर्णयहरु गरेको छ :
 
१. नेपालको संविधानको धारा २२०(३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने ।
 
२. सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकोले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पुरा नहुने हो कि भन्ने आशंका पैदा भएको 
छ । बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्ष्ँेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । 

नवयुग

ठेगाना