स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवार चयन

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष निवास भक्तपुर बालकोटमा आज बस्यो । बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनिया“ कम्युनिस्ट पार्टी तथा चिनिया“ सरकारका प्रतिनिधिहरूस“गको भेटघाटका क्रममा भएका विषयवस्तुहरूको बारेमा बैठकलाई जानकारी गराउनुभयो ।

त्यसक्रममा अध्यक्ष कमरेडले लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनिया“ सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोंच रहेको कुरा अध्यक्षलाई जानकारी गराउनुभएको थियो । त्यसैगरी नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष कमरेडले चिनिया“ प्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुभयो । 

बैठकले स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा निम्न जिल्लाहरूमा निम्नअनुसार जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गरेको छ ः 

रामेछापः प्रमुख पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवा ः प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी, मकवानपुर ः प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भक्तपुर ः प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कु“वर, डोल्पा ः प्रमुख शेरबहादुर बुढा, सल्यान ः उपप्रमुख कुलबहादुर गिरी, कालिकोट ः प्रमुख पे्रमबहादुर शाही, उपप्रमुख सरिता आचार्य, जाजरकोट ः प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही, हुम्ला ः उपप्रमुख खगेन्द्र कार्की, सुर्खेत ः प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल, मुगु ः प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल, खोटाङ ः प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलाम ः प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, बझाङ ः प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी, काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वस“ग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षस“ग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । कतिपय जिल्लाहरूमा विभिन्न पार्टीस“ग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वस“ग राय परामर्श गरी पार्टी केन्द्रस“ग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्नेछन् ।

थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक भोलि साउन १६ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

नवयुग

ठेगाना