प्रदेश नं. २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ताहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न निर्देशन

नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकमा प्रदेश नं. २ का ८ वटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामहरुको रिपोर्ट प्रस्तुत भयो । प्रदेश नं. २ मा खट्नुभएका पार्टीका केन्द्रीय पदाधिकारीहरुको रिपोर्ट अनुसार उक्त प्रदेशमा नेकपा (एमाले)का पक्षमा परिस्थिति सकारात्मक बन्दै गएको, पार्टीपंक्ति उत्साहजनक ढंगले परिचालित भएको, नेकपा (एमाले)मा प्रवेशको माहोल सिर्जना भएको, भेला, बैठक, छलफल, अन्तक्र्रियालगायतका गतिविधिहरु तीब्र ढंगले अगाडि बढिरहेको, नेकपा (एमाले)को विजयका निम्ति पार्टीपंक्ति एकताबद्ध भएर संकल्प गरिरहेको अवस्था रहेको छ । 

पछिल्लो परिस्थितिमा आइरहेको सकारात्मक अवस्थाले प्रदेश नं. २ मा नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुने कुरामा पार्टीले विश्वास लिएको छ । बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधिहरु, मोर्चा संगठनका नेताहरुलगायतलाई प्रदेश नं. २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ । प्रदेश नं. २ का सबै पार्टी कमिटी, जनसंगठन र पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ । 

नवयुग

ठेगाना