प्रदेश नं २ को निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार तय

नेकपा (एमाले) स्थायी कमिटीको बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो । बैठकले २०७४ असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट निम्नानुसार उम्मेदवार तय गरेको छ :

विरगञ्ज महानगरपालिका 
प्रमुख – वसुरिद्धिन अन्सारी, 
उपप्रमुख – सोफिया आचार्य

कलैया उपमहानगरपालिका 
प्रमुख – विनोद साह, 
उपप्रमुख – प्रतिमा यादव

जितपुर सिमरा उपमहानगरपालिका 
प्रमुख – कृष्ण पौडेल, 
उपप्रमुख – सरस्वती चौधरी

पार्टी स्थायी समितिको बैठक भोलि भाद्र १८ गते अपरान्ह ४ बजे पार्टी अध्यक्षको निवास बालकोटमा बस्नेछ ।

 

योगेश भट्टराई
प्रमुख
प्रचार विभाग

नवयुग

ठेगाना