स्थानीय तह निर्वाचनमा प्रदेश नं. २ अन्र्तगत नेकपा (एमाले)का उम्मेदवारहरु


स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी २०७४ साल असोज २ गते प्रदेश नं. २ मा तेस्रो चरणमा निर्वाचन हुन गइरहेको सबैलाई विदितै छ । प्रदेश नं. २ का ८ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका र १२७१ वडामा जनप्रतिनिधि छान्नका लागि यो निर्वाचन हुन गइरहेको छ । प्रदेश नं. २ को निर्वाचन सबैका लागि चासो र प्रतीक्षाको विषय बनेको छ । हाम्रो पार्टी नेकपा  (एमाले) प्रदेश नं. २ को निर्वाचनमा उत्साहका साथ मतदान गरी आफ्नो घर आँगनका जनप्रतिनिधिहरुको छनोट गर्न सम्पूर्ण मतदाताहरुमा हार्दिक आह्वान गर्दछ । 
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा चुनिएका जनप्रतिनिधिहरुमध्ये नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य चिन्हबाट ४५ प्रतिशतभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएर नेकपा (एमाले) देशकै पहिलो पार्टी बनेको छ । यसैगरी दुवै चरणको निर्वाचनमा लोकप्रिय मतको आधारमा समेत हाम्रो पार्टीले उल्लेख्य सफलता हासिल गरेको छ । स्थानीय तहमा प्राप्त सिट संख्या र लोकप्रिय मतको आधारमा नेकपा (एमाले) नेपालको राष्ट्रिय राजनीतिमा नेतृत्वदायी र सबभन्दा शक्तिशाली पार्टीका रुपमा स्थापित भएको छ । आजको चुनौतिपूर्ण र घेराबन्दीको अवस्थामा सबैखाले बाधा, व्यवधान, अवरोध र नेकपा (एमाले)विरुद्ध गरिएका सबैखाले गठबन्धनका प्रतिकूलताहरुको सामना गर्दै हाम्रो पार्टीलाई मुलुकको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्न भूमिका खेल्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हामी हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं । साथै, असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनबाट समेत पार्टीले प्राप्त गरेको यो स्थान कायम राख्न साथ र सहयोग रहने विश्वाससमेत व्यक्त गर्दछौं । हामी घोषणा गर्दछौं– प्रदेश नं. २ मा समेत नेकपा 
(एमाले)ले प्रथम स्थान सुरक्षित गर्छ । र, प्रदेश नं. २ का आम मतदाताहरुलाई नेकपा (एमाले)को पक्षमा मतदान गरी मुलुकको राष्ट्रियता एकता, सामाजिक सद्भाव, स्थिर र बलियो लोकतान्त्रिक अभ्यास र समृद्धिको बाटोमा अघि बढ्न ठोस योगदान गर्नसमेत हामी हार्दिक आह्वान गर्दछौं ।
निर्वाचनको प्रचार–प्रसार तीब्र बनिरहेको पछिल्लो अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनतालाई आतंकित गर्ने, मत प्रभावित गर्ने उद्देश्यले राज्यसत्ताको दुरुपयोग गर्ने रवैया बढ्दै गएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी साधन स्रोतको दुरुपयोग र निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने काममा स्वयम् सरकारका मन्त्रीहरु, सत्ताधारी गठबन्धनका नेताहरु सामेल भइरहेका समाचारहरु एकपछि अर्को आइरहेका छन् । हाम्रो पार्टी प्रदेश नं. २ मा शान्तिपूर्ण र भयरहित ढंगले मतदाताहरुले मदतान गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ । 
लोकतन्त्रमा सबै राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो विचार र आस्थाको आधारमा चुनावी अभियान सञ्चालन गर्न पाउनु अत्यन्तै न्यूनतम कुरा हो । पछिल्ला दिनहरुमा प्रदेश नं. २ का विभिन्न जिल्लामा नेकपा (एमाले)का कार्यक्रमहरु बिथोल्न खोज्ने, उम्मेदवारहरुलाई मतदाताबीच पुग्न अवरोध सिर्जना गर्ने, एमालेविरुद्ध कुप्रचार गर्नेजस्ता निन्दनीय क्रियाकलापहरु बढ्दै गएका छन् । नेकपा (एमाले) तराई÷मधेसका जनताकै काखमा जन्मिएको, उनीहरुकै माया–ममता र सहयोगमा हुर्किदै यहाँसम्म आइपुगेको पार्टी हो । इतिहासका प्रत्येक अप्ठ्यारा कालखण्डमा तराई÷मधेसका जनतासँग नेकपा (एमाले)ले प्रगाढ सम्बन्ध स्थापित गर्दै आएको छ । तराई÷मधेसमा सामन्ती व्यवस्था, जातीय विभेद र लैंगिक विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै सामाजिक न्याय र समानता स्थापित गर्न अनवरत रुपमा जनताको अगुवाई गर्दै आएको पार्टी नेकपा (एमाले) हो । यसक्रममा आम जनसमुदायबाट अपार समर्थनसमेत प्राप्त गर्दै आएको पार्टी नेकपा (एमाले) हो । अहिले पनि हाम्रो पार्टीका विरुद्ध फैलाइएका सबैखाले भ्रम तथा षड्यन्त्रहरुलाई चिर्दै नेकपा (एमाले)लाई लोकप्रिय पार्टीका रुपमा स्थापित गर्न तराई÷मधेसका जनताहरु उत्साहका साथ हाम्रो पार्टीको चुनावी प्रचार अभियानमा जुटिरहेका छन् । पार्टीलाई अझै एकताबद्ध र सुदृढ गर्दै हाम्रो विरुद्धका सबै षड्यन्त्रहरुलाई परास्त गर्न र तराई÷ मधेसमा साँचो लोकतन्त्र स्थापित गर्ने महाअभियानमा जुट्न हामी पार्टीका सबै नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई हार्दिक आह्वान गर्दछौं । प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि शान्ति सुरक्षाको पूर्णतया ग्यारेन्टी गर्न र आम मतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण सिर्जना गर्न हाम्रो पार्टी नेपाल सरकार, सम्बद्ध सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण गर्दछ ।
प्रदेश नं. २ का १ सय ३६ वटै तहका लागि हाम्रो पार्टीका तर्फबाट पार्टी सदस्यहरुको भावना, जनताको चाहना र पार्टी कमिटीहरुको सिफारिसका आधारमा उम्मेदवारहरु चयन गरिएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध, लामो राजनीतिक जीवन भएका, सामाजिक र नैतिक रुपले राम्रो प्रतिष्ठा भएका, जनतासँग घनिष्ठ सम्बन्ध स्थापित गर्नसक्ने र जनचाहनाअनुरुप स्थानीय तहमा नेतृत्व गर्नसक्ने योग्य तथा सक्षम व्यक्तिहरुलाई प्राथमिकताका साथ हाम्रो पार्टीले उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । यसरी तय गरिएका गाउँ तथा नगरका प्रमुख र उपप्रमुख÷अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको सूची यसैसाथ संलग्न छ । हाम्रो पार्टीका उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन पार्टीका तर्फबाट हामी सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान र अपिल गर्दछौं । 
प्रदेश नं. २ को निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ । सही र तथ्यपरक समाचार सम्प्रेषण गर्दै यहाँहरुले आफ्नो ऐतिहासिक दायित्वलाई पूरा गर्नुहुनेछ भन्ने हाम्रो पार्टीको विश्वास रहिआएको छ । 
 
योगेश भट्टराई 
प्रमुख
१. महोत्तरी
-बर्दिवास नगरपालिका
प्रमुख –  सुरेशबहादुर राउत, उपप्रमुख – कमला वाइवा तामाङ
-भंगाहा नगरपालिका
प्रमुख – अरुणकुमार सिंह, उपप्रमुख – अनिता यादव
-लोहारपट्टी नगरपालिका
प्रमुख – बदरुल हक कवारी, उपप्रमुख –  शोभा झा
-मटिहानी नगरपालिका
प्रमुख –  मुजिम राइन, उपप्रमुख – गुलावदेवी मण्डल
-जलेश्वर नगरपालिका
प्रमुख –  माधव मण्डल, उपप्रमुख –  रागिनी चौधरी
-गौशाला नगरपालिका
प्रमुख –  पदमप्रसाद उपाध्याय, उपप्रमुख – शान्तिदेवी सिंह दनुवार
-रामगोपालपुर नगरपालिका
प्रमुख –  रामदुलार साह, उपप्रमुख –  रञ्जु पटेल
-औरही नगरपालिका
प्रमुख –  मोहन महतो, उपप्रमुख – सुमित्रादेवी यादव
-बलवा नगरपालिका
प्रमुख –  मन्सुर कवारी, उपप्रमुख – लालोदेवी मण्डल
-मण्डासिसवा कटैवा नगरपालिका
प्रमुख –  राजकिशोर साह, उपप्रमुख –  चन्दुदेवी मण्डल
-पिपरा गाउँपालिका
अध्यक्ष –  विक्रम चौधरी, उपाध्यक्ष –  रेखादेवी साह
-महोत्तरी गाउँपालिका
अध्यक्ष –  जितेन्द्र पासवान, उपाध्यक्ष –  गोलसन खातुन
-सोनमा गाउँपालिका
अध्यक्ष –  रामदुलार यादव, उपाध्यक्ष –  राजादेवी साह
-सम्सी गाउँपालिका
अध्यक्ष – मिनाक्षीकुमारी साह, उपाध्यक्ष – शेष इद्रिस
-एकडारा गाउँपालिका
अध्यक्ष –  इलियास अन्सारी, उपाध्यक्ष –  ममतादेवी मण्डल

२. सर्लाही
-मंलगवा नगरपालिका
प्रमुख –  देवेन्द्र राय यादव, उपप्रमुख –  कसिरा खातुन
-इश्वरपुर नगरपालिका
प्रमुख –  मनोज देवकोटा, उपप्रमुख –  एकावती चौधरी
-लालबन्दी नगरपालिका
प्रमुख –  मानबहादुर खडका, उपप्रमुख –  शान्ति लामा
-हरिपुर नगरपालिका
प्रमुख –  जमरुद्दीन मन्सुर, उपप्रमुख –  रेणुका काफ्ले
-बरहथवा नगरपालिका
प्रमुख –  कल्पना कटुवाल, उपप्रमुख –  विष्णुकान्त महतो
-हरिऔन नगरपालिका
प्रमुख –  गणेश प्रसाई, उपप्रमुख –  रेणुका पौडेल
-वागमती नगरपालिका
प्रमुख –  विष्णु पुलामी, उपप्रमुख –  विभा नेपाल
-कविलासी नगरपालिका
प्रमुख –  फगुनी मण्डल, उपप्रमुख –  गीतादेवी साह
-हरिपुर्वा नगरपालिका
प्रमुख –  जयप्रकाश यादव, उपप्रमुख –  वन्दना साह
-बलरा नगरपालिका
प्रमुख –  उमेश सिंह, उपप्रमुख –  सुनितादेवी सहनी
-बसबरिया गाउँपालिका
अध्यक्ष –  रुदल सहनी,
-विष्णु गाउँपालिका
अध्यक्ष –  मुनिल हजारी,
-कौडेना गाउँपालिका
अध्यक्ष –  लालबाबु साह सोनार,
-चक्रघट्टा गाउँपालिका
अध्यक्ष –  उपेन्द्र यादव, उपाध्यक्ष –  धनवतीदेवी पासवान
-चन्द्रनगर गाउँपालिका
अध्यक्ष  – लछेन्दर बिन मुखिया,

(ब्रम्हपुरी, पर्सा, गोडैता, रामनगर र धकोल गाउँपालिकाको निर्णय गर्न बाँकी ।)

३. सप्तरी
-सप्तकोशी नगरपालिका
प्रमुख –  उत्तमकुमार गौतम, उपप्रमुख –  आशा चौधरी
-कञ्चनरुप नगरपालिका
प्रमुख –  बसन्त मिश्र, उपप्रमुख –  आस्रादेवी चौधरी
-बोदेवसाइन नगरपालिका
प्रमुख –  कमाल मोहमद, उपप्रमुख –  तारादेवी झा
-हनुमाननगर कंकालनी नगरपालिका
प्रमुख –  सोभितलाल यादव, उपप्रमुख –  अरुणा पैकरा
-राजविराज नगरपालिका
प्रमुख –  सुखराम यादव, उपप्रमुख –  ममता चौधरी
-शम्भुनाथ नगरपालिका
प्रमुख –  जितेन्द्रप्रसाद गुप्ता, उपप्रमुख –  शोभाकुमारी चौधरी
-डाक्नेश्वरी नगरपालिका
प्रमुख –  रामलखन मुखिया, उपप्रमुख –  मिन्टु चौधरी
-खडक नगरपालिका
प्रमुख –  सत्रुघनप्रसाद साह, उपप्रमुख –  राधा पासवान
-सुरुङ्गा नगरपालिका
प्रमुख –  रामनारायण चौधरी, उपप्रमुख –  सविता साह
-तिरहुत गाउँपालिका
अध्यक्ष –  गफुर मियाँ, उपाध्यक्ष –  अम्बिकाकुमारी यादव
-महादेवा गाउँपालिका
अध्यक्ष –  राजाराम यादव, उपाध्यक्ष –  हिरादेवी शर्मा
-रुपनी गाउँपालिका
अध्यक्ष –  ……….., उपाध्यक्ष –  सञ्जुकुमारी चौधरी
-विष्णुपुर गाउँपालिका
अध्यक्ष –  अशोककुमार यादव, उपाध्यक्ष –  सोनितादेवी राम
-तिलाठी कोइलाडी गाउँपालिका
अध्यक्ष –  जागेश्वर झा, उपाध्यक्ष –  रञ्जुदेवी मण्डल
-छिन्नमस्ता गाउँपालिका
अध्यक्ष –  जयप्रकाश ठाकुर, उपाध्यक्ष –  अञ्जुदेवी यादव
-बेल्ही चपेना गाउँपालिका
अध्यक्ष –  ओमप्रकाश मण्डल, उपाध्यक्ष –  आशादेवी यादव
-अग्निसाइर कृष्णासवरण गाउँपालिका
अध्यक्ष –  बद्रीनारायण चौधरी, उपाध्यक्ष –  सैलेन्द्रीदेवी लेखी
-बलान त्रिहुल गाउँपालिका
अध्यक्ष –  अशोककुमार यादव, उपाध्यक्षः …

४. पर्सा
-बीरगन्ज महानगरपालिका
प्रमुख –  बसरुद्दीन अन्सारी, उपप्रमुख – सोफिया आचार्य
-पोखरिया नगरपालिका
प्रमुख –  बृजेश चौहान, उपप्रमुख –  मीना देवी
-बहुदरामाई नगरपालिका
प्रमुख –  प्रमोदप्रसाद कुशवाहा, उपप्रमुख – …
-पर्सागढी नगरपालिका
प्रमुख –  …, उपप्रमुख – …
-ठोरी गाउँपालिका
अध्यक्ष –  लालबहादुर श्रेष्ठ, उपाध्यक्ष –  गोकुलकुमारी रेग्मी
-जिराभवानी गाउँपालिका
अध्यक्ष –  रामप्रित महतो थारु, उपाध्यक्ष –  उषादेवी थरुनी
-धोबनी गाउँपालिका
अध्यक्ष –  इस्लाम मियाँ तेली, उपाध्यक्ष –  रामकलीदेवी कुर्मीन
-छिपहरमाइ गाउँपालिका
अध्यक्ष –  रन्जित गुप्ता, उपाध्यक्ष –  आशादेवी यादव
-जगरनाथपुर गाउँपालिका
अध्यक्ष –  वासुदेव राम, उपाध्यक्ष –  रवनी पाण्डे
-पटेर्बा सुगौली गाउँपालिका
अध्यक्ष –  हरिनारायण चौधरी, उपाध्यक्ष –  सञ्जु चौधरी
-सखुवा प्रसौनी गाउँपालिका
अध्यक्ष –  निरराज गिरी, उपाध्यक्ष –  केदारकुमारी विक
-पकाहा मैनपुर गाउँपालिका
अध्यक्ष –  मदन पासवान, उपाध्यक्ष –  प्रमिलादेवी दास
-कालिका गाउँपालिका
अध्यक्ष –  कृष्णमोहन तिवारी, उपाध्यक्ष –  ….
-बिन्दवासनी गाउँपालिका
अध्यक्ष –  गौरीशंकर साह, उपाध्यक्ष –  रेणु चौरसिया

५. बारा
-कलैया उपहानगरपालिका
प्रमुख –  विनोद साह, उपप्रमुख –  प्रतिमा यादव
-जितपुर–सिमरा उपमहानगरपालिका
प्रमुख –  कृष्ण पौडेल, उपप्रमुख –  सरस्वती चौधरी
-सिम्रौनगढ नगरपालिका
प्रमुख –  गगनदेव कुशवाहा, उपप्रमुख –  राजकुमारी यादव
-कोल्हवी नगरपालिका
प्रमुख –  भरतबहादुर भण्डारी, उपप्रमुख –  सुनैना चौधरी
-निजगढ नगरपालिका
प्रमुख –  यमबहादुर खडका, उपप्रमुख –  लीला खनाल
-महागढीमाई नगरपालिका
प्रमुख –  महानन्द यादव, उपप्रमुख –  मिराकुमारी जैसवाल
-पचरौता नगरपालिका
प्रमुख –  लोकनाथ राय यादव, उपप्रमुख –  नजमा खातुन
-आदर्श कोटवा गाउँपालिका
अध्यक्ष –  लालबाबु यादव, उपाध्यक्ष –  उषादेवी कुशवाहा
-करैयामाई गाउँपालिका
अध्यक्ष –  मोतिलाल चौधरी, उपाध्यक्ष –  सूर्यवती राम
-देवताल गाउँपालिका
अध्यक्ष –  विजय पाण्डे, उपाध्यक्ष –  रिनाकुमारी राम
-परवानीपुर गाउँपालिका
अध्यक्ष –  रामक्षेत्री पटेल, उपाध्यक्ष –  सुगन्धीदेवी
-प्रसौनी गाउँपालिका
अध्यक्ष –  प्रमोद गुप्ता, उपाध्यक्ष –  सावित्री देवी
-फेटा गाउँपालिका
अध्यक्ष –  गुलाम अन्सारी, उपाध्यक्ष –  सावित्री गिरी
-वारागढी गाउँपालिका
अध्यक्ष –  सीताराम चौधरी, उपाध्यक्ष –  धनमाया चौधरी
-विश्रामपुर गाउँपालिका
अध्यक्ष –  धर्मदेव यादव, उपाध्यक्ष –  राजमती यादव
-सुवर्ण गाउँपालिका
अध्यक्ष –  सत्यपाल यादव, उपाध्यक्ष –  सयोदा खातुन

६. सिरहा
-लहान नगरपालिका
प्रमुख –  मुन्नी साह, उपप्रमुख – सरियार चौधरी
-गोलबजार नगरपालिका
प्रमुख –  श्याम श्रेष्ठ, उपप्रमुख –  …
-मिर्चैया नगरपालिका
प्रमुख –  प्रदीप महासेठ, उपप्रमुख –  शोभा साह
-सिरहा नगरपालिका
प्रमुख –  डा. नवीन यादव, उपप्रमुख –  डा नविता यादव
-कर्जन्हा नगरपालिका
प्रमुख –  रामदयाल महतो, उपप्रमुख –  अन्जु राय
-सुखीपुर नगरपालिका
प्रमुख –  रामअवतार यादव, उपप्रमुख –  रेणुदेवी साह
-कल्याणपुर नगरपालिका
प्रमुख –  रामपुकार साह, उपप्रमुख –  चन्द्रकलादेवी यादव
-धनगढी नगरपालिका
प्रमुख –  ….., उपप्रमुख – ….
-सखुवा नन्कारकट्टी गाउँपालिका
अध्यक्ष –  केदार यादव, उपाध्यक्ष –  अमला यादव
-वरियारपट्टी गाउँपालिका
अध्यक्ष –  राम स्वगारथ यादव, उपाध्यक्ष –  देवशरणदेवी यादव
-नवराजपुर गाउँपालिका
अध्यक्ष –  सुरेन्द्र यादव, उपाध्यक्ष –  संगीतादेवी यादव
-लक्ष्मीपुर पतारी गाउँपालिका
अध्यक्ष –  देवनारायण साह, उपाध्यक्ष –  गीता चौधरी
-अर्नमा गाउँपालिका
अध्यक्ष –  चन्देश्वर मण्डल, उपाध्यक्ष –  रामकुमारी महतो
-विष्णुपुर गाउँपालिका
अध्यक्ष – सत्यनारायण यादव, उपाध्यक्ष –  ममताकुमारी सिंह
-नरहा गाउँपालिका
अध्यक्ष –  रामशरण यादव, उपाध्यक्ष –  गुलावदेवी चौधरी
-औरही गाउँपालिका
अध्यक्ष –  सुवर्ण यादव, उपाध्यक्ष –  आशादेवी यादव
-भगवानपुर गाउँपालिका
अध्यक्ष –  उग्रनारायण यादव, उपाध्यक्ष –  विन्दादेवी यादव

७. रौतहट
-गौर नगरपालिका
प्रमुख –  शम्भु साह, उपप्रमुख –  इन्दुकुमारी झा
-राजदेवी नगरपालिका
प्रमुख –  भिखारी यादव, उपप्रमुख –  रुबीकुमारी महतो
-माधवनारायण नगरपालिका
प्रमुख –  रामनरेश यादव, उपप्रमुख –  पुनम साह
-गढीमाई नगरपालिका
प्रमुख –  हरिनारायण यादव, उपप्रमुख –  गजला साहिन
-गरुडा नगरपालिका
प्रमुख –  मोहम्मद कलिम उल्लाह, उपप्रमुख –  पानपतिकुमारी सहनी
-बृन्दावन नगरपालिका
प्रमुख –  विनोदप्रसाद कुर्मी, उपप्रमुख –  पार्वतीदेवी सहनी
-चन्द्रपुर नगरपालिका
प्रमुख –  बाबुराम दाहाल, उपप्रमुख –  रामरति चौधरी
-गुजरा नगरपालिका
प्रमुख –  रामेश्वरीदेवी चौधरी, उपप्रमुख –  इन्द्रिस सिद्धिकी
-कटहरिया नगरपालिका
प्रमुख –  योगेन्द्र साह, उपप्रमुख –  सयलकुमारी देवी यादव
-देवाहीगोनाही नगरपालिका
प्रमुख –  धमेन्द्रप्रसाद पटेल, उपप्रमुख –  सिकिलिया देवी यादव
-फतुवा विजयपुर नगरपालिका
प्रमुख –  बुधाई खाँ पैठान, उपप्रमुख –  पवित्रा कार्की
-मौलापुर नगरपालिका
प्रमुख – गगनदेव साह, उपप्रमुख –  सुनितादेवी यादव
-बौधीमाई नगरपालिका
प्रमुख –  प्रदीप यादव, उपप्रमुख –  इन्दु मिश्र
-राजपुर नगरपालिका
प्रमुख –  साह मोहम्मद, उपप्रमुख –  लक्ष्मीदेवी साह
-इसनाथ नगरपालिका
प्रमुख –  सदरे आलम, उपप्रमुख –  प्रभावतीदेवी साह
-परोहा नगरपालिका
प्रमुख –  ताराचन्द्रप्रसाद सिन्हा, उपप्रमुख –  लुसरत जहाँ
-दुर्गाभगवती गाउँपालिका
अध्यक्ष –  वीरेन्द्र साह, उपाध्यक्ष –  प्रमिलादेवी यादव
-यमुनामाई गाउँपालिका
अध्यक्ष –  मक्सुद आलम, उपाध्यक्ष –  किरणदेवी साह

(धनुषा जिल्लाका १८ र अरु विभिन्न जिल्लाको बाँकी उम्मेदवारहरु क्रमशः सार्वजनिक गरिनेछ ।)

नवयुग

ठेगाना