सत्ताधारीदल र विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण

मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकि“दै जा“दा सत्ताधारी दलहरुबाट विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउ“दै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । 

यसैक्रममा हाम्रो पार्टी नेकपा (एमाले) र माओवादी–केन्द्रका तर्फबाट वामगठबन्धनका साझा उम्मेदवार रहनुभएका माओवादी–केन्द्रका नेता एवम् सरकारका मन्त्रीसमेत रहनुभएका हाम्रो गठबन्धनका रुकुममा प्रतिनिधिसभाका उम्मेदवार जर्नादन शर्मामाथि निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते बम प्रहार भएको र कात्तिक २५ गते प्रतिनिधिसभा रोल्पाका वामगठबन्धनका उम्मेदवार बर्षमान पुनमाथि रोल्पाको माडीगाउ“मा बम आक्रमण प्रयासको हामी निन्दा गर्दछौं ।
 
त्यसैगरी निर्वाचन नजिकि“दै जा“दा सत्तासंरक्षित गुण्डागर्दीको रुपमा सोलुखुम्बुमा हाम्रा उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र हाम्रा समर्थकहरुलाई धम्क्याउने, तर्साउने कार्यहरु भइरहेको प्रति पनि हामी खेद व्यक्त गर्दछौं । यस्ता कार्यहरुमा संलग्नहरुलाई तुरुन्त कारबाही गर्न सरकारसमक्ष जोडदार माग गर्दछौ । 

यी र यस्ता खालका क्रियाकलापहरुले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका उत्पन हुन थालेको र जनतामा डर, त्रास पैदा हुनथालेको छ । यो विषयमा सरकार र निर्वाचन आयोगको ध्यानआकृष्ट गराउन चाहन्छौं । 

नवयुग

ठेगाना