आचारसंहिताको सीमाभित्र रही गर्नुहुन पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी आम मतदाता, समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई हार्दिक आह्वान

प्रेस नोट
 
प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा नेकपा (एमाले)को पक्षमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको तस्विरसहित विभिन्न पत्रपत्रिकामा प्रचार सामग्री प्रकाशित गर्नुहुने हाम्रा शुभचिन्तक तथा शुभेच्छुकहरूप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ । 
मंसिर २१ गते हुने निर्वाचनमा हाम्रो पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न यहा“को सहयोग र सद्भाव निरन्तर रहिनैरहनेछ । हाम्रो पार्टीले निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको छ । आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ । तसर्थ, स्वतःस्फूर्त रुपमा चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्विरसहितको कुनै पनि प्रचार कार्य सम्पादन गर्दा आचारसंहिताको सीमाभित्र रही गर्नुहुन पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी आम मतदाता, समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछ । 

 
विष्णु रिमाल
प्रवक्ता 
केन्द्रीय निर्वाचन परिचालन कमिटी

नवयुग

ठेगाना