प्रम देउवालाई जिम्मेवार बन्नआग्रह सहित सरकारको फितलो सुरक्षाप्रबन्धलाई सुदृढ गर्न आग्रह

हिजो २०७४ मंसिर १५ गते इलामको प्रतिनिधिसभा–१ मानिर्वाचनप्रचारमा रहिरहेकै अवस्थामा त्यस क्षेत्रकाउम्मेदवार समेत रहनु भएकाहाम्रो पार्टीका वरिष्ठ नेताएवम् पूर्व प्रधानमन्त्रीकमरेड झलनाथखनाललाई लक्षित गरी वमप्रहार गरिएको छ । सूर्याेदयनगरपालिका–३, तीन खुट्टेमाउहाँमाथिगरिएको सांघातिक हमलाप्रयासप्रतिहामी खेद व्यक्तगर्दछौं ।

हाम्रो पार्टीबाट पटक–पटक शीर्ष नेतातथाउम्मेदवार लक्षित घटनामा गंभिर हुन र यथोचित्त सुरक्षाको प्रत्याभूतिको लागि सरकारको ध्यानकर्षण गरिएकै हो । तर सरकार र गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाली रहेका स्वयम् प्रधानमन्त्रीको असंवेदनशीलताबाट हाम्रो पार्टी विश्मित छ । यसबाट, नेपालको संविधानको अधिनमा रहि संचालित कम्युनिष्ट पार्टी र सिंगो जीवनलोकतन्त्र र मानवअधिकारका लागिविताएका नेताको नेतृत्वमाबन्ने संभावित सरकार भन्दा ‘राणशासन राम्रो’ जस्ता गैर जिम्मेवार अभिव्यक्तिदिँदै हिडेका प्रधानमन्त्री र सरकारको विपक्षीउम्मेदवार तथाआफ्नै दलभित्रका फरक धारका नेतामाथिजारि हमलाको श्रृंखलाप्रतिकतै संलग्नता त छैन भन्ने प्रश्न खडा भएको छ । 

उदयपुरको घटनामा गिरफ्तार आरोपीले ‘सरकारको निर्देशनमा आक्रमण गरेको’ भन्ने सञ्चार माध्यममाआएको भनाईले हाम्रो आशंकालाई अझ बल पु¥याएको छ । श्रृंखलाबद्ध यस्ता घटना, सरकारको उदाशिनता र प्रेसर कुकर बम सहित समातिएकाभारतीयनागरिक बीचकुनै सम्बन्ध छ वा छैन स्पष्ट पार्न समेत हाम्रो पार्टी सम्बन्धितनिकाय सँग मागगर्दछ ।

नेकपा (एमाले) प्रम देउवालाई जिम्मेवार बन्नआग्रह सहित सरकारको फितलो सुरक्षाप्रबन्धलाई सुदृढ गर्न फेरी जोडदार मागगर्दछ । असक्षमप्रमको रुपमा पटक पटक डामिनु भएकाप्रम देउवालाई आफ्नो सक्षमता प्रमाणित गर्न चुनौति समेत दिन चाहन्छ । हाम्रावरिष्ठ नेताएवम् सम्पूर्ण उम्मेदवार लक्षित आक्रमणको घोर निन्दागर्दै सुरक्षाप्रत्याभूतिको मागगर्दछ । 

नवयुग

ठेगाना