हामी ncp.org.np मा चाडै आउँदै छौ


अध्यक्ष ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन सम्वाद

आज पुस ६ गते (२१ डिसेम्बर २०१७) अपराह्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीबीच टेलिफोन सम्वाद भयो । महामहिम श्री नरेन्द्र मोदीजीले अध्यक्ष ओलीलाई टेलिफोन गर्दै नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।
निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई वधाइ तथा शुभकामना दिँदै महामहिम मोदीजीले यस
सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको बताउनु भयो ।

प्रत्युत्तरमा अध्यक्ष केपी शर्मा ओलीले प्राप्त बधाइ तथा शुभकामनाका लागि महामहिम नरेन्द्र मोदीजीलाई धन्यवाद ज्ञापन गर्नुभयो । अब आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताउँदै अध्यक्ष ओलीले यसका लागि छिमेकीहरुसग सुसम्बन्ध कायम गरिने बताउनु भयो । खास गरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउदै उहाँले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठन लगत्तै औपचारिक निमन्त्रणापत्र पत्र पठाइने बताउनुभयो । अध्यक्षओलीले गुजरात लगायत प्रान्तहरुमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि महामहिम श्री नरेन्द्र मोदीजीलाई वधाइ ज्ञापन गर्नुभयो ।

 

नवयुग

ठेगाना