हामी ncp.org.np मा चाडै आउँदै छौ


माघी पर्वको शुभकामना

माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । माघ १ गते मनाइने माघी पर्व थारु समूदायमात्र नभई आम नेपालीको विशेष पर्व हो । माघे संक्रान्ति पर्वको रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेका छन् । तर खासगरी थारु समुदायले माघीको रुपमा यसलाई साताव्यापी चाडको रुपमा मनाउने गरेका छन् ।

माघीलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन् । माघी कै दिनदेखि थारुले नयाँ कामको थालनी गर्ने गरेका छन् । 

नेपाल १२५ जाति र १२३ भाषाभाषी भएको देश हो । यस देशमा बसोबास गर्ने हरेक जातिको आ–आफ्नै साँस्कृतिक मूल्य मान्यताहरु छन् । एक जातिको संस्कृतिलाई अर्को जातिले सम्मान गर्ने हाम्रो परम्परा नै हो । हाम्रो यस प्रकारको जातीय सद्भावलाई खलबल्याउन विगतमा केही प्रयास नभएका होइनन् तर नेपालीहरुले यस्ता तŒवहरुलाई परास्त गरेर आफ्नो मौलिकतालाई कायम राख्न सफल भए ।

सरकारले माघी पर्वलाई राष्ट्रिय मान्यता प्रदान गरिसकेको परिप्रेक्ष्यमा आगामी दिनमा अपनŒवबोध हुनेगरी भाषा, संस्कृतिको रक्षा र प्रबद्र्धनमा काम गर्ने विश्वास दिलाउँदै पुनः माघी पर्वको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।


 

नवयुग

ठेगाना