पार्टी केन्द्रीय कार्यालयका सहकर्मी कमरेड रोशनकुमार बस्नेतप्रती भवपूर्ण श्रद्धाञ्जलि

नेकपा (एमाले) केन्द्रीय कार्यालयका इमान्दार र कर्तव्यनिष्ठ सहकर्मी तथा पार्टी सदस्य कमरेड रोशनकुमार बस्नेतको सडक दुर्घटनामा दुःखद् निधन भएकोमा पार्टी स्तब्ध भएको छ । २०७४ माघ ४ गते साँझ ८ः५० बजे तीनकुने–सूर्यबिनायक सडक खण्डको सिर्जनानगरमा मोटरसाइकल दुर्घटनामा परी उहाँको दुःखद् अवसान भएको थियो । 

२०६७ चैतदेखि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत उहाँ अत्यन्तै भरोसायोग्य सहकर्मी हुनुहुन्थ्यो । यस दुःखद् क्षणमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । 

नवयुग

ठेगाना