राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निजी निवास, बालकोटमा माघ ८ गतेबाट सुरु भएको नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठक आज  सम्पन्न भयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ–
प्रदेश नं १– 
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४– 
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
राष्टिय सभा निर्वाचनमा उत्साहका साथ सहभागी भई वाम गठबन्धनका उमेदवारहरुलाई जिताउन केन्द्रित हुने निर्णय गर्दै बैठक समापन भएको छ । 
 
 

नवयुग

ठेगाना