प्रधानमन्त्रीकाे हत्या गर्ने धम्कीको निन्दा, फाैजदारी कसुरमा कारबाहीको माग

काटमाडौँ, २९ जेठ: नेकपा एमालेले वागमती प्रदेशसभामा हिजाे नेपाली काँग्रेसका सदस्य नराेद्दम वैद्यले बाेलेकाे आपत्तिजनक अभिव्यक्तिप्रति गंभीर ध्यानाकर्षण भएकाे  जनाएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले शनिवार वक्तव्य जारी गर्दै निज वैद्यमाथि फाैजदारी कसुरमा कारबाही चलाउन माग गर्नुभएको छ:
वक्तव्यमा भनिएकाे छ- "बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।"

नवयुग

ठेगाना