जयसिंहले ज्यान गुमाएकाे बारे सरकारी प्रतिवेदन अस्पष्ट - एमाले

काठमाडौँ, १७ भदौ । नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा तुइन चुडाइएर ज्यान गुमाका नेपाली युवा जयसिह धामीबारेकाे छानविन प्रतिवेदन अस्पष्ट रहेकाे धारणा सार्वजनिक गरेकाे छ। पार्टीले उक्त  घटनाकाे वास्तविकता सार्वजनिक गर्न माग गरेकाे छ। 

प्रवक्ता प्रदीप ज्ञवालीले जारी गर्नुभएको वक्तव्यमा देषीमाथि अविलम्ब कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन जाेड दिइएको छ।

उक्त वक्तव्यमा भनिएकाे छ-

'गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ । यस विषयमा छानबीन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयाशमा लागेको देखिएको छ । 

आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का पैदा भएको छ । नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा 

(एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कार्बाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।'

नवयुग

ठेगाना