नेकपा एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशनकाे लाेगाे सार्वजनिक

काठमाडौँ, २६ कार्तिक । पार्टी महासचिव ईश्वर पाेखरेलले पत्रकारहरूमाझ लाेगाे २०७८ कात्तिक २६ गते एक समाराेहबीच सार्वजनिक गर्नुभयो । उक्त अवसरमा स्थायी कमिटीका सदस्य तथा मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले मूल नारासहितकाे जिंगल बजाएर सार्वजनिक गर्नुभयाे।  

कार्यक्रममा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी सदस्यहरूले महाधिवेशन सहयाेगवापतकाे न्यूनतम एकसय रूपियाँ जम्मा गर्न बारकाेडकाे प्रबन्ध गरिएकाे र माेवाइल बैकिङबाट साेझै खातामा रकम पठाउनसमेत  सकिने जानकारी गराउनु भयाे।

उक्त अवसरमा पार्टी सचिव तथा महाधिवेशन  प्रचार उपसमितिका संयाेजक याेगेश भट्टराईले दशाैं राष्ट्रिय महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न व्यवस्थित प्रचार याेजना तय गरिएको जानकारी गराउनु भयाे। उहाँले भित्तेलेखन र पोष्टरिङजस्ता पुराना तरिका छाडेर डिजिटल प्रचारमा जाेड दिइने पनि उल्लेख्य गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव ईश्वर पाेखरेलले नेकपा एमालेले दशाैं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गरी  अझ व्यवस्थित र सुदृढ हुने स्पष्ट गर्नुभयो । उहाँले दस बुँदे सहमति कार्यान्वयन भइसकेकाे र पार्टी विभाजनका प्रवृत्तिहरूलाई असफल पारिने स्पष्ट पार्नुभयाे।

नवयुग

ठेगाना