संक्षिप्त परिचय

कम्युनिस्ट आन्दोलनको आरम्भ

संसारभरिका मजदुरहरू एक होऊ भन्ने उद्घोषका साथ शुरू भएको कम्युनिस्ट आन्दोलन अहिले विश्वका अधिकांश देशहरूमा विभिन्न प्रकारका प्रयोगको माध्यमबाट अघि बढिरहेको छ । कार्ल माक्र्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिग का माध्यमबाट संगठित रूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महŒवपूर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारको विभिन्न प्रकारले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो । भन्ने मान्यता राख्ने वैज्ञानिक समाजवाद र साम्यवादका प्रणेता कार्ल माक्र्सले आºना घनिस्ट मित्र एंगेल्सको सहयोगमा कम्युनिस्ट आन्दोलनमा दार्शनिक र सैद्धान्तिक आधार तयार गर्ने काम गर्नु भएको हो ।

आºना घनिस्ट मित्र एंगेल्सको सहयोगमा कार्ल माक्र्सले अनेकौं महŒवपूर्ण सिद्धान्तहरू प्रतिपादन गर्नुभयो । १८४७ मा जारी गरिएको कम्युनिस्ट घोषणा–पत्र विश्व कम्युनिस्ट आन्दोलनको सर्वाधिक महŒवपूर्ण राजनैतिक दस्तावेज हो । विश्व इतिहासको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी व्याख्या र अतिरिक्त मूल्यको सिद्धान्त जस्ता उहाका कृतिहरू आज पनि अत्यन्त महŒवपूर्ण विचार तथा सिद्धान्त मानिन्छन् ।

कम्युनिस्ट आन्दोलनको पहिलो प्रयोग पेरिस कम्युन हो, जुन छोटो समयमा नै गुम्न पुग्यो । माक्र्सवादी सिद्धान्तका आधारमा सम्पन्न पहिलो सफल क्रान्ति १९१७ को महान् अक्टोबर क्रान्ति नै हो । अक्टोबर क्रान्तिको अगुवाइ गर्ने रुसी कम्युनिस्ट पार्टीका नेता लेनिनले रुसी परिस्थिति अनुरूप माक्र्सवादको सृजनात्मक प्रयोग र विकास गर्नु भयो । उहाले साम्राज्यवाद पूजीवादको सर्वोच्च अवस्था हो भन्ने नया निष्कर्षका आधारमा साम्राज्यवादी युगमा पूजीवादी अर्थतन्त्र र राजनीतिमा अन्तरनिहित पक्षहरूको व्याख्या र विश्लेषण गर्ने काम गर्नु भयो । रणनीति, कार्यनीति र संगठनात्मक सिद्धान्त जस्ता कम्युनिस्ट आन्दोलनमा अत्यन्त महŒवपूर्ण मानिने विषयहरूका बारेमा पनि उहाले सुस्पष्ट दृष्टिकोण र धारणा अघि सार्नुभयो ।

नेकपाको स्थापना

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । नेकपाका संस्थापक नेता क. पुष्पलाल हुनुहुन्छ र अन्य संस्थापकहरूमा नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ हुनुहन्छ । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो । यसै पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको विकास भयो । पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद भन्ने उद्घोषका साथ नेकपाले जहानिया राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष ग¥यो ।

नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी गरियो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन ग¥यो ।

पहिलो घोषणा–पत्रमा भनिएको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतंक र भूmठो प्रचारले पनि विचलित पार्न सक्ने छैन । नेकपाद्वारा ऐतिहासिक घोषणा–पत्र जारी भएको एक वर्ष बित्दा नबित्दै नेपालमा ठूलो राजनीतिक उथल–पुथल देखा प¥यो र २००७ साल फाल्गुण ७ गते जहानिया राणा शासनको अन्त्य भयो ।

तर पनि नेकपाको ऐतिहासिक उद्घोष पूर्ण भएको छैन र अहिले पनि त्यो अत्यन्त जीवन्त र सामयिक छ । विभिन्न नाममा कम्युनिस्ट आन्दोलनभित्र देखा परेको अवसरवादले नेकपालाई उपरोक्त मान्यता अनुरूप अघि बढ्नमा व्यवधान खडा गरे पनि अन्ततोगत्वा अवसरवाद पराजित नै भएको छ र कम्युनिस्ट आन्दोलन अविराम रूपमा उक्त घोषणा अनुरूप अघि बढिरहेको छ ।

» प्रथम सम्मेलन   |   » कम्युनिस्ट घोषणापत्रको प्रथम नेपाली अनुवादबारे   |   » नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा

नवयुग

ठेगाना