पाँचौं राष्ट्रिय महाधिवेशन र जनताको बहुदलीय जनवाद

नेकपा (एमाले) को आयोजनामा नेकपाको पाचौं महाधिवेशन २०४९ साल माघ १४–२० मा काठमाडौंमा खुला रूपमा सम्पन्न भयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चातको खुला परिवेश र माले–माक्र्सवादी एकता पश्चात्को तदर्थपूर्ण स्थितिलाई अन्त्य गरी पार्टीलाई नया गति र सोचका साथ अघि बढाउने कुराको आवश्यकता महसुस भइरहेको वेला आयोजित पाचौं राष्ट्रिय महाधिवेशनको राष्ट्रिय राजनीतिमा अत्यन्त ठूलो महŒव रहेको थियो । पाचौं महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम पारित ग¥यो । अधिवेशनमा कार्यनीति, संगठनात्मक प्रस्ताव, विधान, कृषि क्रान्तिको कार्यक्रम, विश्व कम्युनिस्ट आन्दोलन र जाति, भाषा सम्बन्धी नीति जस्ता दस्तावेजहरू पारित गरिए । यो महाधिवेशनले क. मनमोहन अधिकारीलाई अध्यक्ष र क. मदन भण्डारीलाई महासचिव चयन ग¥यो।

जनस्तरमै खुला बहस र छलफल संचालन गरी सम्पन्न पाचौं महाधिवेशन नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमै अभूतपूर्व रह्यो । महाधिवेशनले नेपाली क्रान्तिका लागि नया दिशाबोध गर्ने काम समेत ग¥यो । पाचौं महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको मार्गदर्शनमा अघि बढ्ने क्रममा आज नेकपा (एमाले) मुलुककै सर्वाधिक लोकप्रिय र जनआधारित पार्टी बन्न पुगेको छ । नेकपा (एमाले) ले वर्तमानमा हासिल गरेको सफलताको श्रेय पाचौं राष्ट्रिय महाधिवेशनलाई नै छ । पाचौं राष्ट्रिय महाधिवेशनको प्रभाव छैटौं महाधिवेशनसम्मका लागि मात्र होइन सुदूर भविष्यसम्म रहने निश्चित छ ।

» राजनीतिक प्रतिवेदन

जनताको बहुदलीय जनवाद

जनताको बहुदलीय जनवाद जननेता क. मदन भण्डारीले प्रतिपादन गर्नु भएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । पाचौं राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा नेकपा (एमाले) सर्वाधिक जनआधारित र लोकप्रिय पार्टी बन्न पुगेको छ । जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सृजनात्मक प्रयोग गरौं भन्ने उद्घोषका साथ सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवादको कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा पार्टीले दुई पटक केन्द्रीय सरकार संचालन गर्ने अनुभव हासिल गरेको छ । स्थानीय निकायमा पार्टी अहिले मुख्य संचालक बन्न सफल भएको छ । प्रतिनिधि सभामा पार्टी सबैभन्दा ठूलो दल र प्रमुख पार्टीका रूपमा कार्यरत छ । यस बीचमा पाचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको व्यवहारिक परीक्षण भएको छ । अहिले जनताको बहुदलीय जनवादको कार्यक्रम आºनो विशिष्टता र मौलिकताका कारण जनता माझ र पार्टी पंक्तिमा अत्यन्त लोकप्रिय बन्न पुगेको छ । राष्ट्रिय राजनीतिमा पार्टीले प्राप्त गरेका महŒवपूर्ण सफलता र उपलब्धिहरूले यसको समय सापेक्षता र औचित्यतालाई पुष्टि गरेको छ । जनताको बहुदलीय जनवाद अहिले नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित हुनुका साथै यो नेपाली विशिष्टतामा आधारित र आºनै विशेषता भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार बन्न पुगेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले) २१ औं शताब्दिलाई नेपाली जनताको मुक्ति र समृद्धिको शताब्दिका रूपमा अघि बढाउन सफल हुने कुराको अपेक्षा गरिएको छ ।


 

नवयुग

ठेगाना