छैटौं राष्ट्रिय महाधिवेशन

नेकपा (एमाले) को आयोजनामा नेकपाको छैटौं राष्ट्रिय महाधिवेशन २०५४ माघ १२–१८, मा नेपालगञ्जमा सम्पन्न भयो । महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान माथिको संशोधन प्रस्ताव, जनताको बहुदलीय जनवादको कार्यनीति तथा जाति, भाषा, धर्म र संस्कृति सम्बन्धी नीति आधिकारिक दस्तावेजका रूपमा छलफलमा लगिएका थिए । राजनीतिक प्रतिवेदन र कार्यनीति सम्बन्धमा फरक मतको दस्तावेज पनि छलफलमा लगिएको थियो । महाधिवेशनले विगत पाच वर्षको सिंहावलोकन सहितको राजनीतिक प्रतिवेदन पारित गरी त्यसका आधारमा पार्टीको विधान, संगठनात्मक प्रस्ताव र कार्यनीतिलाई पुनव्र्यवस्थित गर्नुका साथै अन्य कतिपय विषयहरूमा नीतिगत स्पष्टता हासिल गर्ने अपेक्षा गरिएको थियो ।

विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं भन्ने उद्घोषका साथ नेपालगञ्जमा आयोजना भएको महाधिवेशनमा देश तथा विदेशका बरिष्ठ नेताहरू तथा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । संगठित पार्टी सदस्यहरू मध्येबाट १८० बराबर एक जनाका दरले महाधिवेशनमा करिब ९०० प्रतिनिधिहरू सहभागी भएका थिए ।

महाधिवेशनले क. मनमोहन अधिकारी अध्यक्ष र क. माधव नेपाल महासचिव रहनु भएको केन्द्रीय कामिटी निर्वाचित ग¥यो। यद्यपि पार्टी भित्रका विवादहरु भने पूर्णतः अन्त्य भएनन्। फलतः २०५४ फागुन २१ गते पार्टी विभाजन भयो। झण्डै चार वर्षको तीव्र विवाद पछि २०५८ फागुन ४ गते पार्टीमा पुनः एकता कायम भयो।

 

नवयुग

ठेगाना