संयुक्त वाम मोर्चा र नेपालका कम्युनिष्ट पार्टीहरु

२०४५ सालदेखि कम्युनिस्ट आन्दोलन भित्रको वैचारिक संघर्ष, संगठन सम्बन्धी दृष्टिकोण, वर्ग संघर्ष तथा प्रजातान्त्रिक आन्दोलनका निम्ति बाम एकता, संयुक्त मोर्चा र कार्यगत एकता तथा कम्युनिस्ट एकता र पार्टी एकीकरणको प्रक्रिया सम्बन्धी विभिन्न विषयहरूमा वस्तुवादी ढंगले सोच्ने र यथार्थ एवं सही नीतिगत निष्कर्षमा पुग्ने प्रयास भए । जसको परिणामस्वरूप २०४६ सालमा पंचायत विरुद्धको संघर्षका लागि संयुक्त बाममोर्चा बन्यो । संयुक्त बाममोर्चामा नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (वर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूह संलग्न भए । त्यसले २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनमा अत्यन्त महŒवपूर्ण भूमिका खेल्न सक्यो । बाममोर्चाका माध्यमबाट कम्युनिस्ट पार्टीहरू बीच विकास भएको सौहार्दताले पार्टी एकताका निम्ति पनि वस्तुगत आधार तयार पार्ने काम ग¥यो । कम्युनिस्ट आन्दोलनभित्र कायम रहेको मतभेदका कारणले बाममोर्चा संचालनमा समस्या उत्पन्न भए पनि प्रमुख पार्टीहरूको सुझबुझपूर्ण प्रयासका कारणले त्यो जनआन्दोलनको पछिल्लो कालसम्म पनि कायम रह्यो । बाममोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र माक्र्सवादी पार्टी बीच २०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सम्पन्न भई नेकपा (एमाले) को गठन भयो ।

नेकपा (एमाले) को गठन पश्चात् नेकपा (अमात्य) समूह पार्टीमा एकीकृत भएको छ । त्यसै गरी नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (वर्मा) र नेपाल मजदुर किसान पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू पार्टीमा एकताबद्ध भई आजको नेकपा (एमाले) बनेको छ । अहिले नेकपा (एमाले) नेपालको प्रजातान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको मूलधार बन्न पुगेको छ ।

नवयुग

ठेगाना