हामी ncp.org.np मा चाडै आउँदै छौ


समाचार

राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निजी निवास, बालकोटमा माघ ८ गतेबाट सुरु भएको नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठक आज  सम्पन्न भयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ– प्रदेश नं १–  १. नैनकला ओझा (महिला), मोरङ २. खेम नेपाली ( दलित), मोरङ…

राष्ट्रियसभा निर्वाचनमा ५,६ र ७ नम्बर प्रदेशहरुबाट निम्न उम्मेदवार उठाउने निर्णय

नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहााको निजी निवास, बालकोटमा सम्पन्न भएको छ । १. बैठकमा अध्यक्ष ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभयो । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन…

पार्टी केन्द्रीय कार्यालयका सहकर्मी कमरेड रोशनकुमार बस्नेतप्रती भवपूर्ण श्रद्धाञ्जलि

नेकपा (एमाले) केन्द्रीय कार्यालयका इमान्दार र कर्तव्यनिष्ठ सहकर्मी तथा पार्टी सदस्य कमरेड रोशनकुमार बस्नेतको सडक दुर्घटनामा दुःखद् निधन भएकोमा पार्टी स्तब्ध भएको छ । २०७४ माघ ४ गते साँझ ८ः५० बजे तीनकुने–सूर्यबिनायक सडक खण्डको सिर्जनानगरमा मोटरसाइकल दुर्घटनामा परी उहाँको दुःखद् अवसान भएको थियो ।  २०६७ चैतदेखि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत…

माघी पर्वको शुभकामना

माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । माघ १ गते मनाइने माघी पर्व थारु समूदायमात्र नभई आम नेपालीको विशेष पर्व हो । माघे संक्रान्ति पर्वको रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेका छन् । तर…

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय

नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४९ औं बैठक आज महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि देहायअनुसार तय गरेको छ ः (क) मापदण्ड  १. संविधानको धारा ८७ बमोजिमको योग्यता…

अस्थायी केन्द्र तोक्ने काम नगरी प्रदेश प्रमुखहरु मात्रै नियुक्त गर्ने र प्रदेशसभा सदस्यहरुको शपथ काठमाडौंमा गराउने सरकारको तयारीप्रति पार्टीको गंभीर ध्यानाकर्षण

नेकपा (एमाले) स्थायी कमिटीको ९४ औं बैठक आज पुस २४ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निजी निवास, बालकोटमा बस्यो । बैठकले देहायका प्रस्तावहरु पारित गरेको छ ः  १. प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको एक महिनाभन्दा बढी र सम्पूर्ण मतगणना सकिएको तीन हप्ताभन्दा बढी समय बितिसक्दा पनि प्रतिनिधिसभाको समानुपातिक…