cpnuml

आत्मनिर्भरताको लागि 5,000 वाई 5,000 राष्ट्रिय अभियान !

पाँच हजार दिने पाँच हजार कमरेडहरु

नेकपा (एमाले) ले स्रोत सङ्कलनलाई बाध्यकारी वा जबरजस्ती दुबै गरेन । पार्टीको विधानले तोकेको सदस्यता शुल्क, पार्टी सदस्यको तोकिएको लेवीका अतिरिक्त अहिलेसम्म लाभको पदमा नियुक्ति हुँदाको समयको दायित्वको हिसाबले तोकिएको लेवी र सांसदहरुको लेवी बाहेक सबै आर्थिक सहयोग शुभेच्छुकहरुको स्वेच्छामा निर्भर छ।

राज्य सञ्‍चालनमा पार्टीको भूमिका बढेसंगै एकातिर कामको दायरा बढेको छ भने अर्कातिर नेता, कार्यकर्ता र मतदाताहरुको अपेक्षा पहिलेभन्दा भिन्न ढङ्गले बढेको छ । पार्टीको आम्दानी सीमित छ तर नियमित खर्चका दायराहरु निरन्तर विस्तार भइरहेका छन् ।

सरकारमा रहँदा वा नरहँदा पार्टीको हैसियत सत्ताधारी दलको तहमा उठेपछि स्वभाविक रुपमा पार्टी सदस्य भन्दा भिन्न अपेक्षा र आकाँक्षा भएका नयाँ ‘दाताहरु’ पनि पार्टीको सम्पर्कमा आउँछन् । तर पार्टीलाई सदस्य–आधारित बनाइरहन सकिएन र दाताहरुको प्रभाव बढ्न थाल्यो भने त्यसको प्रभाव अनपेक्षित रुपमा पार्टीको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रममाथि पनि पर्ने खतरा बढ्न सक्छ ।

त्यसैले पार्टीमाथि सदस्यहरुको स्वामित्व स्रोत सङ्कलनका हिसाबले पनि निरन्तरता दिन केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागले नयाँ अभियान सुरु गरेको छ । अभियानको नाम पाँच हजार दिने पाँच हजार सदस्य (5,000 वाई 5,000 क्याम्पेन) अभियान दिइएको छ । यस अभियानमा संलग्न हुन चाहनेहरुको पार्टीमा प्रयेक महिना रु. ५ हजार योगदान रहनेछ । र, यो यस केन्द्रीय कमिटी सिङ्गो अवधि (करिब ५ बर्ष) सम्म रहने छ । यो अभियान रकम सङ्कलन मात्र नभई पार्टीलाई सदस्य–आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणको पनि योगदान भएकोले ‘हरेक महिना पाँच हजार– पाँच बर्षसम्म’को नीति लिइएको हो ।

अभियानमा कसरी संलग्न हुने ?

यस अभियानमा इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरुले अनलाइन मार्फत भुक्तानी गर्नुहुनेछ । यो काम झण्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनुहरुले सिधै आफ्नो मोवाइलबाट भुक्तानी गर्नसक्नु हुनेछ । यसका लागि पार्टीको वेबसाइट वा एमाले एप – CPN (UML) एपमा QR Code उपलब्ध छ ।

 

अनलाइन रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश तपाईंको मोवाइलमा आउने छ । यसपछि तपाईं यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ ।

मोबाइल बैङ्किङ नहुनेहरुले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नु हुनेछ । यद्यपि पार्टी पारदर्शिताको लागि सबैलाई अनलाइन भुक्तानीमा जान जोड दिन्छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साईट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ।

QR कोड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।