शेरचनको निधनप्रति अध्यक्षको शोक वक्तव्य

काठमाडौँ, ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको शोक वक्तव्य -

३ भदौ २०७८ 

शोक वक्तव्य

प्रतिष्ठित सञ्चार उद्यमी एवं संविधानसभाका सदस्य महेन्द्र शेरचनको असामयिक निधन भएको सुनेर दुःखी भएको छु । 

राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा, खासगरी बे्राडसिट दैनिकको व्यवसायिक प्रकाशनमा महत्वपूर्ण योगदान गर्दै आउनुभएको थियो । पछिल्लो समय सञ्चार उद्यमीहरुको संगठन मिडिया एलाइन्स र नेपाल सरकारद्वारा गठित विज्ञापन बोर्डको नेतृत्व तहमा रहेर उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको थियो । 

कोभिड–१९ को महामारीमा जीवन गुमाउनुहुने उहाँ हाम्रो पार्टीका सदस्य हुनुहुन्थ्यो । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

 
केपी शर्मा ओली
अध्यक्ष

नवयुग

ठेगाना