केन्द्रीय कमिटीकाे बैठकमा दस्तावेजहरू प्रस्तुत, छलफल जारी 

काठमाडौँ, ८ असोज: प्रथम विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूमा छलफल र निर्णय गर्न नेकपा एमाले केन्द्रीय कमिटीकाे बैठक शुरू भएको छ। च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह १२ बजे शुरू भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा बसेकाे थियाे।

बैठकमा अध्यक्षका तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीले  राजनीतिक प्रतिवेदनका विषयमा, महासचिव ईश्ववर पाेखरेलले  संगठनात्मक र संगठन विभाग प्रमुख विष्णुप्रसाद पाैडेलले  विधान संशाेधन  प्रस्ताव गरी तीन वटा दस्तावेजका मुख्य जाेड र स्थायी कमिटीको बैठकमा भएको छलफलमा प्राप्त सुझावहरू  प्रस्तुत गर्नुभएको थियाे। तीनवटै प्रतिवेदनमा समूह छलफल गर्न सात प्रदेश, जनसंगठन र विभागका गरी विभिन्न समुहहरू छुट्टयाइएको छ र भाेलि ती समुहमा छलफल गरी निष्कर्ष बैठकमा प्रस्तुत गरिनेछ। बैठकमा उपमहासचिव पाैडेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूकाे बारेमा पार्टी विधानअनुसार बाधा अड्काउ प्रस्ताव प्रस्तुत गर्नुभयाे र बैठकले सर्वसम्मतिले पारित गरेकाे छ।

बैठकलाई सम्बाेधन गर्दै पार्टी अध्यक्ष ओलीले एक सातापछि भिन्न  अनुुभवका साथ आगामी २०७८ असाेज १५ देखि १७ गतेसम्म पार्टीको प्रथम विधान अधिवेशन भव्य रूपमा आायाेजना हुने र त्यहाँ प्रस्तुत गरिने दस्तावेजमा छिटाे टुंगाेमा पुप्न जरूरी रहेकाे आवश्यकता ओैल्याउनुभयाे। उहाँले मंसिर दाेस्राे साता पार्टीको दशाैं राष्ट्रिय महाधिवेशन गर्नैपर्ने आवश्यकता रहेकाे उल्लेख गर्नुभयाे। 

बैठकमा उपाध्यक्ष भीम रावल, सदस्यहरू भानुभक्त जाेशी, सुरेन्द्र मानन्धर र झपट रावल लगायतले १० बुँदे सुझाव कार्यान्वयन नभएको भन्दै अन्याैल हटाउनुपर्ने धारणा राख्नुभएको थियाे।

नवयुग

ठेगाना