केन्द्रीय कमिटीमा ४४ सदस्य मनोनयन र शपथ

काठमाडौँ । नेकपा (एमाले) विधानको व्यवस्थाअनुरुप दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको कुल संख्याको १० प्रतिशत सदस्य मनोनयन गरिएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष कमरेड केपी ओलीले गर्नुभएको प्रस्तावमा सामान्य छलफल गरी पारित गरिएको थियोे ।
खुल्लातर्फका २० जना मनोनीय हुनेहरुमा दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, डा. सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धब रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, डा. प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी
 र लालबाबु पण्डित हुनुहुन्छ भने एकता र एकीकरणको प्रक्रियाअन्तर्वत मनोनीय हुनेहरुमा चुडादेवसिंह लामा, विषयमलाल अधिकारी दनुवार, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुलाल, सहदेव बोगटी, वालकृष्ण काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा हुनुहुन्छ । त्यसैगरी, कूल मनोनीतको एक तिहाई महिलातर्फबाट इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका तामाङ, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मञ्जुदेवी गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना बराइली, सविता यादव र तारादेवी गुरुङ मनोनीत हुनुभएको छ ।
मनोनीत केन्द्रीय कमिटी सदस्य कमरेडहरुलाई अध्यक्ष केपी शर्मा ओलीले मंसिर २९ गते तुल्सीलाल स्मृति भवन, च्यासलमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको छ ।

 

नवयुग

ठेगाना