समाचार

नेकपा (एमाले) को विधान - प्रथम विधान महाधिवेशन, २०७८ को संशोधन सहित

<< डाउनलोड >>

नेकपा एमालेकाे दशाै राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयाेग

काठमाडौँ, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्यतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सुझावसहित पारित गरेको छ ।   पार्टी अध्यक्ष कमरेड केपी शर्मा…

दस्तावेजहरूमाथि बाँकी पाँचवटा समूह नेताहरूकाे सुझाव

काठमाडौँ, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशनको तेस्रो दिन आज पाँच वटा समूहमा भएको छलफलबाट निकालिएका निष्कर्ष समूहका नेताहरुबाट सुझावका रुपमा प्रस्तुत गरिएको छ ।  महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रस्ताव र संगठन…

दाेस्राे दिन तीन केन्द्रीय निकाय र पाँच समूहका प्रतिवेदन र सुझाव प्रस्तुत

काठमाडौँ, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको ऐतिहासिक प्रथम विधान महाधिवेशनको दोस्रो दिन आज तीन वटा केन्द्रीय निकायका प्रतिवेदनहरु प्रस्तुत गरिएको छ ।  आज बन्दसत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय…

विधान महाधिवेशन: अध्यक्षद्वारा समुद्घाटन, तीनवटै दस्तावेज प्रस्तुत, प्रतिनिधिहरूका १० वटा समूह

काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशन आज २०७८ साल असोज १५ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भव्य समारोहबीच शुभारम्भ भएको छ । महाधिवेशनको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । साथै, प्रसिद्ध कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पनि गाइएको थियो । उक्त अवसरमा ज्ञात–अज्ञात अमर शहीदहरुप्रति…

विधान महाधिवेशनकाे सम्पूर्ण तयारी पूरा : संयाेजक रामबहादुर थापा बादल

काठमाडौँ, १४ असोज । नेकपा एमालेकाे प्रथम विधान महाधिवेशनकाे तयारी पूरा भएकाे छ। आज राजधानीमा आयाेजित पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयाेजक कमरेड रामबहादुर थापा बादलले महाधिवेशनकाे भाेलि १२:१५ बजे गाेदावरीस्थित सनराइज सभा केन्द्रमा  पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले गर्नुहुने जानकारी गराउनुभयाे। उक्त अवसरमा वितरित संयाेजक…