detail-img

समृद्ध इस्माका एजेण्डा बोकेर जनताको घरघरमा हिरा एसी


हिरा एसी
अध्यक्ष उम्मेदवार, इस्मा गाउँपालिका
निर्वाचन नजिक आएको छ । दलहरू मतदाताको घरघरमा पुगेका छन् । चुनावी अभियान फेरिएका छन् । ठूला सभाभन्दा घरदैलोलाई सवैले प्राथमिकता दिएका छन् ।
पहिलेपहिले प्रतिपक्षलाई गाली गरेरै चुनावी सभा सकिन्थे । उत्तेजित भाषणले कैयांै पटक झडप पनि भएका विगत छन् । अहिले नागरिकले प्रतिपक्षको आलोचना मन पराउँदैनन् । बरु उमेदवारका योजना र दृष्टिकोण सुन्न चाहन्छन् ।
नेकपा एमालेको तर्फबाट यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिकाको उम्मेदवार हिरा एसीले मतदाताको घरघरमा समृद्ध इस्माको मार्गचित्र सुनाउँदै हिँडिरहनुभएको छ ।
इस्मामा नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७४ मा विजय हासिल गरेपश्चात महत्वपूर्ण र दूरगामी काम सम्पन्न भएका छन् । पहिलो कार्यकालमा भएका कामले नतिजामूलक परिणाम हासिल भएका छन् ।
पहिलो कार्यकालमा इस्माका मुख्य उपलब्धि
ड्ड गाउँपालिकामा आवश्यक कानून तथा पूर्वाधारको निर्माण गरी पालिका तथा वडामा प्रदान गरिने सेवालाई विस्तार तथा स्तरोन्नति गरी सहज, प्रभावकारी प्रविधिमैत्री बनाइएको छ ।
ड्ड यस अवधिमा इस्मा गाउँपालिकामा सडकको क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । तम्घास–सिमलटारी–प्यूठान सडकखण्ड अन्तर्गत पालिकाका पाँच वडालाई समेट्दै कालोपत्रे गरिएको छ । सडकहरूको स्तरोन्नति मार्फत् गाउँपालिकाका सबैजसो टोलमा नियमित यातायात सञ्चालन हुने अवस्था बनेको छ । छल्दिटारी–ठाड्ढुंगा–इस्मामैदान–अर्खाबाङ्ग–नेटा–कोटकोटेरी–हुलाके सडक कालोपत्रेको लागि बहुवर्षीय योजनामा समावेश भई निर्माण कार्यको लागि टेन्डर भइसकेको छ । उक्त सडकले गाउँपालिकाका पाँचवटा वडालाई प्रत्यक्ष फाइदा पुग्नुका साथै अति नै दुर्गम मानिने कोटकोटेरी, टिम्लेखर्क, खुँगजस्ता बस्तीलाई समेत लाभ दिनेछ । गाउँपालिकाभित्र पाँचवटा पक्की पुलहरू निर्माण भइसकेका, पाँचवटा निर्माणाधीन अवस्थामा रहेका छन् भने पाँचवटा निर्माणको लागि प्रक्रिया अगाडि बढेको छ । त्यसका आवश्यक स्थानमा झोलुंगे पुलहरू बनेका छन् । ऐतिहासिक इस्मा दरबारको पुनःनिर्माण भएको छ ।
ड्ड एकघर एक धारा कार्यक्रम मार्फत् गाउँपालिकाभित्रका अधिकांश घरधुरीमा खानेपानीको सुविधा पुगेको छ ।
ड्ड गाउँपालिकाभित्रका ५५० घरधुरीमा खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको छ । बिपन्न तथा विपद पीडित परिवारका लागि आवास निर्माण गरिएको छ । जीवराज आश्रित प्राविधिक शिक्षालय र हस्तिचौरमा कृषि शिक्षाको सुरुवात गरिएको छ ।
ड्ड यो कार्यकाल विश्वव्यापी महामारीको कुशल व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न पालिका सफल भएको छ । कोभिडका कारण समस्या भएका परिवारलाई राहत वितरण तथा रोग नियन्त्रण र उपचारका लागि महत्वपूर्ण पहल भएका छन् ।
ड्ड आयआर्जन वृद्धिका लागि उद्यमशीलता र स्वरोगारीलाई प्रोत्साहन गर्ने कार्य भएको छ । महिला सशक्तीकरण गर्दै सहकारीमार्फत बाख्रापालन र आम्दानी वृद्धिका लागि क्षमता विकास, उत्पादन वृद्धि र बजारीकरणमा सहयोग भएको छ । प्रधानमन्त्री तथा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गरी रोजगारी प्रदान गरिएको छ ।
इस्मा बदल्ने एसीका समृद्धिको मार्गचित्र
ड्ड शिक्षा
ड्ड दिगो विकासको मेरुदण्ड शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिई आवश्यक सुधार गरिनेछ । सबै बालबालिकालाई शिक्षाको अवसरको सुनिश्चित गर्दै बीचैमा विद्यालय छोड्ने दर शून्य पार्नका लागि पहल गरिनेछ । सन्तानको शिक्षाको लागि हुने बसाइसराइलाई रोक्ने गरी शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी अभियान सञ्चालन गरिनेछ । उच्च शिक्षा तथा प्राविधिक शिक्षामा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
ड्ड जीवराज आश्रित बहुप्राविधिक शिक्षालयको थप व्यवस्थापन गरिनेछ । हिमालय मावि हस्तिचौरमा कृषि विषयको पठनपाठनलाई स्तरीय बनाउँदै लगिनेछ ।
ड्ड सबै विद्यालयहरूमा सिकाइ संस्कृतिको विकास गर्ने, शिक्षक क्षमता अभिवृद्धि गर्ने, क्षमतावान् शिक्षक भित्र्याउने तथा गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिइनेछ । स्वयंसेवी शिक्षक परिचालन, पठनपाठन सुधार, स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक बेरोजगारलाई परिचालन र साझेदार संस्थाहरूसित सहकार्य गरी शैक्षिक गुणस्तर वृद्धि र सिकाइ संस्कृतिको विकास गरिनेछ ।
ड्ड शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी सफा, राम्रो, आकर्षक भवन, फर्निचर, शौचालय, प्रयोगशाला, खेलमैदान, लाइब्रेरीको व्यवस्था गरिनेछ । विद्यालयको सौन्दर्यकरण गर्दै विद्यालयहरूमा खेल, नृत्य, संगीत, योगा आदि सञ्चालनका लागि घुम्ती शिक्षकको व्यवस्था गरिनेछ । सबै प्रकारका अतिरिक्त र रचनात्मक क्रियाकलाप संचालन प्रतिभा विकासको वातावरण निर्माण गरिनेछ ।
ड्ड विद्यार्थीहरूको स्वास्थ्य र पोषण सुधारका लागि नियमित स्वास्थ्य जाँच गरी बाल स्वास्थ्य कार्डको रेकर्ड राखिनेछ । कक्षा ५ बाट ८ सम्मका विद्यार्थीहरूका लागि विद्यालयमा पोषणको व्यवस्था गरी स्कूल खाजामा स्थानीय सुधार गरिनेछ ।
ड्ड बालबालिकामैत्री वातावरण निर्माण गरी रहरले विद्यालय जाने स्थिति सिर्जना गरिनेछ । विद्यालयमा यातायातका साधनको व्यवस्था गरिनेछ ।
ड्ड स्वास्थ्य
ड्ड दोहलीमा निर्माणाधीन १५ शैयाको अस्पताललाई समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । स्वास्थ्यमा उपलब्ध मध्यमस्तरको जनशक्तिको परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बिरामी, गर्भवती, सुत्केरी र दीर्घरोगीको लागि घरमै स्वास्थ्य सेवा पु¥याइनेछ । स्वास्थ्य बीमाको पहुँचलाई प्रत्येक नागरिकमा लगिनेछ । खानपान, पोषण, जीवनशैली सुधार र औषधि सेवन सम्बन्धी तालिम सञ्चालनका साथ प्रत्येक महिना नियमित घुम्ती स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
ड्ड हरेक वडामा द्रुत एम्बुलेन्स सेवा र प्रयोगशाला सेवासहित स्वास्थ्य संस्थाको सेवामा अभिवृद्धि गरिनेछ ।
ड्ड मातृशिशु सुरक्षाका लागि सुत्केरी पोषण कार्यक्रम, नियमित गर्भजाँच र जिरो होम डेलिभरी जनप्रतिनिधिको उपस्थितिमा उपहार कार्यक्रमलाई थप व्यबस्थापन गरिनेछ । स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य आमा समूहको परिचालन मार्फत् स्वास्थ्य शिक्षामा अभिवृद्धि गरी नागरीकको स्वास्थ्य र पोषणको अबस्था सुधारका लागि अभियान सञ्चालन गरिनेछ ।
ड्ड स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका वस्तीहरूमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिनेछ । टोलटोलमा प्राथमिक स्वास्थ्य उपचार सेवा विस्तार तथा महिला स्वास्थ्य स्वयं सेविका र विद्यालयका स्वास्थ्य शिक्षकलाई प्राथमिक उपचार तालिम र प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइनेछ ।
ड्ड उच्च रक्तचाप, मधुमेह र दमका दीर्घरोगीलाई निःशुल्क औषधिको व्यवस्था गरिनेछ । यस्ता रोगीहरूलाई वाफ लगाउन टाढा जान नपर्ने गरी निमुलाइजर सेवा प्रदान गर्न निमुलाइजर सेट उपलब्ध गराउने तथा हरेक स्वास्थ्य संस्थामा अक्सिजन सेवाको लागि अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइनेछ ।
आयआर्जन र रोजगारीको सिर्जना
ड्ड उद्योगधन्दाको विकास ः गाउँपालिकाभित्र फर्निचर, सेरामिक्स, इँटा, खाद्यवस्तुको प्रशोधन लगायतका उद्योगहरू स्थापना र विकासमा अनुदान र सहुलियत प्रदान गरी व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याइनेछ ।
ड्ड औद्योगिक ग्राम ः सिन्की, तितौरा, चाना, मह, आलु, घिउ, दाल, कोदो आदिको उत्पादन गर्न प्रोत्साहित गरी बजारको सुनिश्चितता गरिनेछ ।
ड्ड बुल्ममा शेरामिक्स ग्रामको स्थापना ः वडा नं. ६ को बुल्ममा सेरामिक्स ग्रामको स्थापना गरी गाउँपालिकाको पहिचानको रुपमा विकास गरिनेछ । समूह वा व्यक्तिगत रुपमा उत्पादित वस्तुहरूको खरिद गरी एउटै ब्राण्डबाट विक्रि गर्नका लागि अलग्गै संरचनाको निर्माण गरिनेछ ।
ड्ड निर्माणकर्मी सेवाको प्रारम्भ ः विकास आयोजनाहरूलाई श्रममूलक बनाउने र निर्माणकर्मी सेवाको सुरुवात गरिनेछ । त्यस्ता निर्माणकर्मीहरूलाई दुर्घटना बिमा, सेफ्टी हेल्मेट, ज्याकेट, टर्चलाइट, छाता, क्युआर कोडसहितको परिचय पत्र र अन्य कर्मचारीले पाएसरह मासिक विदाको व्यवस्था गरिनेछ ।
ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रम, लेन्थ वर्कर परिचालन लगायतबाट रोजगारी सिर्जना गरिनेछ । पालिकामा आवश्यक पर्ने जनशक्ति पालिकाभित्रबाट नै परिपूर्ति गर्न विषेश व्यवस्था मिलाइनेछ ।
ड्ड कृषि र पशुपालनको लागि जनशक्ति अनुदान ः कृषिमा प्रदान गरिंदै आएको अनुदान कार्यक्रमलाई औचित्य हेरी निरन्तरता दिइनेछ । व्यावसायिक रुपमा सञ्चालन भएका ठूला कृषि तथा पशु फर्महरूलाई अनुदानको रुपमा जनशक्ति दिने व्यवस्था गर्ने र सोको लागि कृषिकर्मी सेवाको प्रारम्भ गरिनेछ ।
ड्ड युवा उद्यमको विकासका लागि सहुलियत कर्जाको व्यबस्था गरिनेछ । कृषि तथा पशु उपजको उत्पादकत्व बृद्धि र बजारीकरणको व्यबस्था गरिनेछ ।
उत्पादन र बजारीकरणः
ड्ड पालिकाभित्र दूध, मासु, अण्डा, खाद्यान्न, फलफूल, नगदेबालीको उत्पादन वृद्धि गर्न प्रभावकारी कार्यक्रमहरू सञ्चालनमा ल्याइ उक्त उत्पादित वस्तुहरूको संकलन, प्रशोधन र बजारीकरणको लागि समूह, संस्था, सहकारीहरूको परिचालन गरिनेछ । जंगली जनावरबाट कृषि र पशुवस्तुमा क्षति भएमा क्षतिपूर्तिको व्यवस्था गर्न पशुवस्तु र कृषिमा निशुल्क विमा गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड हस्तकलाका सामग्रीहरूको विक्री प्रबन्ध ः डोको, डालो, नाम्लो, ठेकी, मदानी, नेती, जुवा, हलो, दाम्लो, नाम्लो आदिको संकलन र विक्री केन्द्रको सञ्चालनमा ल्याइनेछ ।
ड्ड सांस्कृति तथा पुरातात्विक संग्रहालयः स्थानीय पहिचान बोकेका धार्मिक, पुरातात्विक एवं ऐतिहासिक वस्तुहरू र डोको, डालो, ठेकी, ढिकी, जाँतो, कोल, हलो, जुवा लगायतका वस्तुहरू, विभिन्न मठमन्दिर, कोत, दरबार, लगायतका महत्वपूर्ण र आकर्षक वस्तु तथा स्थानका फोटाहरू सहितको संग्रहालय स्थापना गरिनेछ ।
ड्ड छल्दी किनारको जग्गाको उपयोग र विकास ः छल्दी किनारमा रहेको बगर संरक्षणको लागि तटबन्ध गर्ने र उक्त नदी उकास जग्गामा फलफूलको बगैचा, उद्यान, पार्क, खेल मैदान, पिकनिक स्थान बनाई जमीनको उपयोग गर्न गुरुयोजना निर्माण गरिनेछ ।
ड्ड उत्पादनमा आधारित अनुदानको निरन्तरता, जग्गा लिजमा लिई उद्यम गर्नेको भाडा तिर्ने र उद्यम व्यवसायको लागि लिने ऋणको व्याज मिनाह गर्ने र स्थानीय उत्पादनको ढुवानीमा अनुदानको व्यवस्था मिलाइनेछ । ।
ड्ड प्राकृतिक स्रोतको नक्सांकन ः पालिकाभित्र रहेका प्राकृतिक स्रोतहरू ढुंगा, गिटी, बालुवा, खानेपानी, रातोमाटो, जंगल आदिको नक्सांकन गरी उद्योगधन्दाहरूको विकास गरिनेछ ।
ड्ड मेला, महोत्सवको आयोजना गर्ने ः पालिकाभित्र नियमित रुपमा इस्मा महोत्सव, व्यापारिक महोत्सव, सांस्कृतिक महोत्सव आदि आयोजना गरिने छ । जसबाट स्थानीय कला, संस्कृति, नृत्य, सोरठी, भैलो, सराँय आदिको उजागर गर्न, प्रचारप्रसार र मनोरञ्जनको व्यवस्था मिलाइनेछ ।
ड्ड शहरी युवाहरूलाई लक्षित गरी देश बुझ्न गाउँ जाउँ अभियान सञ्चालन गरिनेछ । होम स्टे, होटल, रेष्टुरेन्ट स्थापनामा प्रोत्साहन गरिनेछ । कार्पेन्टर, शैलुन, व्युटिपार्लर, दूध डेरी, मासु पसल, उत्पादित वस्तुको प्रशोधन र बजारीकरण जस्ता उद्यमशिलतालाई प्रोत्साहन गरिनेछ ।
ड्ड गार्डेन, पार्क तथा उद्यान ः प्रत्येक वडामा खानेपानी, शौचालय, बच्चाबच्चीहरू खेल्ने रमाउने स्थान, फूलबारी, खाजानास्ता खाने वा आफै खाना पकाउने व्यवस्था भएको सफा पार्क र पिकनिक स्पट स्थापना गर्ने गरिनेछ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरूको संरक्षण, विकास, जीर्णोद्धार, प्रचारप्रसार गरिनेछ ।
कृषि र पशुपालन
ड्ड कृषिकर्मी सेवाको प्रारम्भ, स्थानीय उत्पादनको प्रवद्र्धन, स्थानीय रुपमा उत्पादित वस्तुहरूको बजारीकरणको जिम्मा स्थानीय तह, सहकारी तथा संघसंस्थामार्फत गर्ने व्यवस्था मिलाइनेछ । गाउँपालिकालाई अण्डा, दुध, मासुमा आत्मनिर्भर बनाउने गरी काम गरिनेछ । स्थानीय उत्पादनको उपभोग गर्नेहरूलाई प्रोत्साहन प्रदान गर्ने र अन्तरपालिका सुन्तला, कफी, कोदो, दूध, अण्डा, मासु, खुदो, गुँड आदि उत्पादन आदानप्रदानको वातावरण सिर्जना गरिनेछ ।
ड्ड इस्मा गाउँपालिकामा लगानी भित्र्याउने वातावरण निर्माण गरी वस्तु तथा सेवा उत्पादनका उद्योग व्यवसायलाई प्रोत्साहन गरिनेछ ।
ड्ड पालिकाभित्रको रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने तथा यस्तो नियुक्तिमा निष्पक्षता र क्षमतावान्लाई अवसर प्रदान गरिनेछ ।
ड्ड समुदायमा आधारित कृषि ः एक वा दुई उत्पादन कर्ता र अरु धेरै उपभोक्ताहरूको लगानीमा कृषि वा पशुपालन फर्म खोल्न वातावरण निर्माण गरिनेछ ।
ड्ड संगठित व्यवसायमा सहयोग ः वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले गर्ने संगठित व्यवसायको विकास र विस्तारमा सहयोग गरिनेछ ।
सुशासन
ड्ड इस्मा भित्रका सेवाप्रदायक कार्यालयको सेवा सेवाग्राहीमैत्री, चुस्तदुरुस्त र प्रविधिमैत्री बनाइनेछ । सिफारिस लगायतका कागजातहरू मोबाइल एपमार्फत् घरघरमा उपलब्ध गराइनेछ । यसैमार्फत् सुझाव लिने र सेवा दिने व्यवस्था गरिनेछ । योजनाको छनौट, कार्यान्वयन, अनुगमन र फरफारकलगायतका विकास निर्माणका प्रक्रियामा नागरिकको सहभागिता अभिवृद्धि गरी भ्रष्टचार ढिलासुस्ती र अनियमिततालाई अन्त्य गरिनेछ । यसका लागि नियमित र प्रभावकारी गुनासो सुनुवाई, सुशासनका औजारहरूको प्रभावकारीलाई प्रयोगलाई अनिवार्य गरिनेछ ।
ड्ड हरेक टोलमा टोल विकास संस्था गठन गरी विकास निर्माण, समाज सुधार र नेतृत्व विकासका काम गरिनेछ । सामाजिक परिचालनमार्फत सामाजिक संघसंस्थाको प्रभावकारी परिचालन गरिनेछ ।
ड्ड जहाँ नागरिक, त्यही सेवाको कार्य प्रणाली सुरु गरी गाउँपालिका, वडा तथा स्वास्थ्य संस्थाहरूको घुम्ती प्रणालीमा टाढा रहेका बस्तीहरूमा प्रदान गरिनेछ ।
ड्ड विभिन्न कारणले वाहिर रहेका इस्मालीहरूलाई इस्माँग जोडने अभियान सञ्चालन गरिनेछ । बाहिर रहने इस्मालीहरूको सल्लाह सुझावमा इस्माको विकास गरिनेछ । इस्मामा लगानी भित्र्याउन, सामाजिक कार्य गर्न र मातृभूमिमा पुनआगमनका लागि प्रोत्साहन गरिनेछ ।
पूर्वाधार विकास
ड्ड अत्यावश्यक भएका ठाउँमा मात्र नयाँ सडकका ट्रयाक खोल्न र नयाँ भवन निर्माण गरिनेछ । सडक र भवनको खर्च कटौती गरी शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्ने गरिनेछ । आवश्यक स्थानमा खाली भएका घर तथा निजी भवनहरू निशुल्क वा भाडामा लिई सहकारी, पुस्तकालय, समूह भवन, संग्रहालय, कार्यालय आदि सञ्चालनमा ल्याइनेछ ।
ड्ड गाउँपालिकाभित्रका मुख्य सडकहरूको स्तरोन्नति गर्नुका साथै कच्ची सडकहरूको भल काट्ने, नाली बनाउने र नियमित यातायात चल्ने बनाइनेछ । आवश्यक स्थानमा पक्की पुल, झोलुङ्गे पुल निर्माण गरिनेछ ।
ड्ड चौतारी, पोखरी, पार्क, पिकनिक स्पट, खेलमैदान, प्रतीक्षालय आदि मर्मत तथा निर्माण गरिनेछ । छल्दी किनारको जग्गा संरक्षण गरी खेलमैदान, पार्क, फलफूल बगैँचा, पिकनिक स्पट लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ ।
ड्ड आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गरी सरसफाइको व्यवस्था गरिनेछ । ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापना र सञ्चालन गरिनेछ ।
ड्ड एकघर एक धाराको अभियानलाई पूरा गरिनेछ । सबैघरमा विद्युत खानेपानी सेवाको सुनिश्चितता गर्दै विपन्न समुदायका लागि न्युनतम आवश्यकता बराबरको शुल्क पालिकाबाट तिरिदिने व्यवस्था मिलाइनेछ ।
सामाजिक सुधारका अभियान
ड्ड घरेलु हिंसा, बाल विवाह, जातीय विभेद, पूर्ण सरसफाइ जस्ता सामाजिक सुधारका अभियान सञ्चालन गरिनेछ । साथै उत्पादन वृद्धि र आत्मनिर्भर इस्मा अभियान, सांस्कृतिक तथा वातावरण संरक्षण अभियान सचालन गरिनेछ ।