detail-img

हेटौडाको विकासमा गति बढाउन एमालेको नेतृत्व आवश्यक

अनन्त पौडेल
नगर प्रमुख उम्मेदवार, हेटौडा उपमहानगरपालिका, मकवानपुर


मकवानपुरको ठूलो राजनीतिक शक्तिका रुपमा रहेको नेकपा एमालेबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेलको हुनुहुन्छ । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र वौद्धिक नेताका रुपमा चिनिनुहुन्छ । जिल्लाकै ठूलो शक्तिका रुपमा रहेको एमालेकै कारण पनि आफ्नो पल्लाभारि हुने उहाँको भनाई छ । चुनावी प्रचारमा व्यस्त रहँदा उहाँलाई साथ दिने सबै नेता र कार्यकर्ताले उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित भएको दाबी गर्न थालेका छन् । उहाँसंगै उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले पनि यो उपमहानगरपालिकामा एमालेको जित प्राय निश्चित भैसकेको बताउनुहुन्छ । एकसाता अघि नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सहित जिल्लाका अधिकांश नेता एमालेमा प्रवेश गरेको कारण पनि हेटौडामा उपमहानगपालिकामा एमालेलाई जित्न त्यति गाह्रो देखिँदैन ।
हेटौँडाको मेयरमा आफ्नो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, सामाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासका निम्ति भएको पौडेलको भनाई छ । उहाँ भन्नुहन्छ–मेरो राजनीतिनै यहाँको जनतालाई काफी छ । वडावासीले आयोजना गर्ने हरेक कार्यक्रमा म पुगेको हुन्छु । कसैलाई कुनैपनि समस्या भए तत्काल समाधान गरिदिन्छु । त्यसैले पनि म र मेरो पार्टी नेकपा एमालेको अवस्था उपमहानगर क्षेत्रमा उत्कृष्ट छ । बिसं २०४९ सालदेखि नेकपा एमालेले हेटौंडामा विजय हासिल गर्दै आएको बताउँदै उहाँले अघिल्ला समयमा हात हालिएका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको मेयरका उम्मेदवार पौडेल बताउनुहुन्छ ।
हेटौंडा विकासको रफ्तार बढाउन एमाले नेतृत्व आवश्यक भएको उहाँका भनाई छ । उहाँले एमालेलाई नेतृत्वबाट हटाइएपछि ठप्प भएको विकासमा गतिदिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
विगतमा एमालेले गरेको विकासमा ईंट्टा थप्ने योजना बोकेर स्थानीयस्तरमा एमाले समस्या बुझ्न र समाधानका लागि सल्लाह लिन टोलटोल आएको उहाँको भनाई छ । एमालेले जिताएर पठाएका व्यक्ति हाल एमालेकै विपक्ष रहेको अवस्थाको प्रसंगमा उहाँले प्रश्न गर्नुभयोे–जसको नुन खायो, उसैको विरुद्ध लाग्ने, सा“घुरा मन भएकाहरूले फराकिलो हेटौंडाको विकास कसरी गर्छन् ?
‘घरदैलोको क्रममा जहा“जहा“ पुग्दा पनि हामीले धेरै माया पाएका छौं, हामी चुनाबी दौडमा मात्र घरदैलोमा हैन, सधैं तपाईंहरूका साथ हुनेछौं,’ उहाँले सभाहरुमा भन्नुभएको छ–जनताको आ“गन र चुलोस“ग जोडिएका योजना बोकेर आएका छांै । कार्यक्रममा एमाले सरकारले हेटौंडालाई प्रदेशको राजधानी बनाएको उहाँले बताउनुभयो । शहरीया गरिबीको तथ्यांक संकलन गरेर उनीहरुको जीवनस्तर उकास्ने योजना रहेको तथा वडाका अधुरा विकास पूरा गर्न एमाले सरकारले पहिलो प्राथमिकता दिने उहाँको कथन छ ।
चार दशकभन्दा बढी कम्युनिष्ट राजनीतिमा सक्रिय रहनुभएका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाउनुभएका उहाँले २०७९ सम्म आइपुग्दा थुप्रै चुनौती सामना गर्नुभएको छ । विद्यार्थी आन्दोलनको क्रममा पटकपटक गिरफ्तार हुनुभएका उहाँले कष्टपूर्ण जेलजीवनसमेत भोग्नुभएको छ ।
उतिबेलाको सत्ताले आफ्नोविरुद्ध भएकाहरुलाई झुटा मुद्धा लगाउँथ्यो । पञ्चायती व्यवस्थामा तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थिए । कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनले २०३७ सालताका तत्कालीन निरंकुश शासन व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको थियो । सोही आन्दोलनका क्रममा अनन्तलाई गिरफ्तार गरियो । र, उहाँ करिब डेढ वर्ष कष्टपूर्ण जेलजीवन बिताउन बाध्य हुनुभएको थियो ।
२०६२÷०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अनन्त २०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो । २०७० मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट विजयी हुनुभएका उहाँले संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
२०१९ सालमा मकवानपुरको भीमफेदी गाउँपालिकामा डिल्लीनाथ पौडेल र आमा हरिप्रिया (देवी) पौडेलको कान्छा सन्तानका रुपमा जन्मिनुभएका अनन्तको बाल्यकाल सामान्य रह्यो । उहाँ २०३५ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध हुनुभएको थियो । २०३६ को विद्यार्थी आन्दोलनमा उहाँले देखाएको सक्रियताकै कारण २०३८ मा पार्टीले उहाँलाई अखिलको जिल्ला कोषाध्यक्षको जिम्मेवारी दियो । २०३९ मा अखिल सचिव हुँदै २०४० मा उहाँले जिल्ला अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।
२०४१ मा विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण जेलजीवन बिताउनुभएका उहाँ २०४३ मा मालेको तत्कालीन हेटौंडा नगर कमिटी सचिव हुनुभयो । २०४४ मा जिल्ला कमिटीमा रहेर काम गर्नुभएका उहाँले २०४७ मा नेकपा एमालेको जिल्ला कमिटीमा रहेर कार्यकुशलता प्रदर्शन गर्नुभयो । २०४७ देखि २०५१ सम्म एमालेको जिल्ला संयोजक भई काम गर्नुभएका उहाँले २०५१ मा सुकुम्बासी आयोग मकवानपुरको अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।
२०५० सालमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाएकै कारण उहाँले मकवानपुरमा लोकप्रियता बटुल्दै जानुभयो । दामन, पालुङ, आमभञ्ज्याङ, फापरबारी, राईगाउँलगायत क्षेत्रहरुमा बाढीका कारण धेरै घरबारविहीन भएका थिए । उहाँकै पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराई हेटौंडा–१३, पदमपोखरीमा ४०० परिवारलाई उनीहरुकै नाममा लालपुर्जा बनाई जग्गा वितरण गरिएको थियो ।
२०५४ सालबाट नेकपा एमालेका तत्कालीन नारायणी अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हाल्नुभएका उहाँले २०६९ सम्म दुईपटक अञ्चल कमिटी सचिवका रुपमा काम गर्नुभयो । उहाँ जिल्ला विकास समितिको सदस्यसमेत हुनुभएको थियो ।
अनन्त हाल नेकपा एमालेको केन्द्रीय निर्वाचन विभागका सदस्य हुनुहुन्छ । उहाँ शहीद स्मारक विकास समिति सदस्य, मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष, भुटनदेवी माध्यमिक विद्यालय र प्रगति माध्यमिक विद्यालयका सल्लाहकार, मध्यनेपाल पर्यटन विकास समिति संयोजकलगायत दर्जनौं संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँ वाणिज्य संकायमा स्नातक हुनुहुन्छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर÷उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य सात वटामध्ये पाँच वटामा कांग्रेस र दुई वटामा माओवादी केन्द्रले जितेका थिए । माओवादी केन्द्रले जितेका दुई वटा वडामध्ये एउटा वडाको वडाध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ भने एमालेका एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुनुभएको छ । २०७० को स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । उक्त निर्वाचनमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनाबी तालमेल गरेका थिए । निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जित्नुभएको थियो ।