detail-img

कपिलबस्तुमा एमालेप्रति जनलहर

बाणगंगाको उप मेयरमा रीता थारूको उम्मेदवारी किन ?
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पूर्ण महिलाहरूको प्रतिनिधित्व गर्दै रीता थारू चुनावी मैदानमा उत्रिनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगाको उपमेयरको उम्मेदवार बन्नुभएकी थारू आफ्नो उम्मेदवारी समृद्ध नगर सुखी नगरवासी बनाउने प्रतिवद्धताका साथ भएको बताउनुभयो ।
वि.स. २०४१ सालमा बाणगंगा वडा नं. २ पिपरामा जन्मिनुभएकी थारू सामान्य परिवारकी हुनुहुन्छ । थारू २०५२ सालदेखि नै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुमा संगठित भई राजनीतिमा होमिनुभएको हो । हाल बाणगंगा नगरपालिका वडा नं. ६ मनोहरापुर बसोवास गर्दै आउनुभएकी थारूले करिव १४ बर्ष सामाजिक क्षेत्रमा काम गर्नुभयो । विभिन्न सामाजिक संघ संस्था, सामुदायिक वन, महिला सहकारीमा आवद्ध भई महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा विपन्न परिवारको सामाजिक तथा आर्थिक समृद्धिका लागि अहम भूमिका निर्वाह गर्नु भएको छ ।
वि.स. २०६३ सालमा पार्टी सदस्यता लिनुभएकी थारू १० बर्ष पार्टीको जिल्ला कमिटी सदस्य भई जिम्मेवारी सम्हाल्नुभएकी थारू २०७४ सालको संसदीय चुनावमा समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ।
बाणगंगाको उप मेयरमा उम्मेदवारी किन भन्ने प्रश्नमा थारूले महिला, बालवालिका, ज्येष्ठ नागरिक, विपन्नको जीवनस्तर उकास्न तथा वालवालिको पोषण सुनिश्चित एवम् ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता वृद्धिका लागि उपमेयरमा उम्मेदवार रहेको बताउनुभयो ।
विपन्न महिलाहरूका लागि प्रसूति सेवामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगरमै स्तरीय बर्थिङ सेन्टर सञ्चालन गर्ने, उच्च शिक्षाको प्राविधिक विद्यालय तथा छात्रवृत्ति प्रदान गर्ने, विभिन्न सचेतनामूलक तालिम तथा चेतनामूलक कार्यक्रम मार्फत सचेत गराई महिलाहरूको क्षमता विकास गराउनमा आफ्नो भूमिका रहने बताउनुभयो ।
थारूले मजदुरहरूको हक अधिकार अनुसारको पारिश्रमिक सुनिश्चित गर्ने, एक घर एक धारा खानेपानीको व्यबस्था गर्ने, बाटाघाटा स्तरउन्नति तथा कालोपत्रे गर्ने, ढल निकास, नहर सिंचाईको व्यबस्था तथा रोजगारको अवसर सिर्जना गरी महिलालाई विशेष अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै अपाङ्गता भएका व्यक्ति, दलित महिला, गर्भवती महिला, अशक्त, जनजाती, थारू समुदाय सम्पूर्णलाई समावेश गर्दै लक्षित वर्गका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी राजापानीमा नगरस्तरीय थारु संग्रहालय निर्माण गर्ने बताउँदै मौसमी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो । विपद् व्यबस्थापनमा ध्यान दिने, शवदह स्थल निर्माणका लागि पहल गर्नुका साथै राजापानी, मधुवनधाम, कपिलधाम लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भलवाडलाई औद्योगिक ग्रामको रूपमा
विकास गरिनेछ : अर्याल

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका नगरप्रमुखका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगाको भलवाडमा थालनी गरिएको औद्योगिक क्षेत्रलाई नमूना ग्रामको रुपमा विकास गर्ने बताउनु भएको छ ।
अर्यालले बाणगंगा नगरको वडा नं. ९ भलवाडका बस्तीहरूको घरदैलो अभियानका क्रममा स्थानीयबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । अर्यालले भलवाडका कुनै पनि सडक कालोपत्रे नभएको अवस्थामा अहिले मुख्य सडक कालोपत्रे भईसकेको र अब सहायक सडकहरू पनि कालोपत्रे गर्ने बताउनुभयो ।
उहाँले कपिलधामको ब्यवस्थित विकास गर्दै वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
उहाँले हिउँदे सिंचाई प्रणाली स्थापना गरी तरकारी फलफूल र तेलहन पकेट क्षेत्र बनाउँदै बजारीकरणमा सघाइने, एक घर एक धारा मिलाउन थप आयोजनाहरू सञ्चालन गर्ने, जमिनमुनिको पानी (ग्राउण्ड वाटर) संरक्षणका लागि विशेष कार्यक्रम लागु गर्ने, नदी खोला, घोला, र राजकुलोका कारण हुने कटान रोक्ने प्रभावकारी विधि अपनाउने जस्ता प्रतिवद्धता समेत व्यक्त गर्र्नुभएको छ ।
मतदाता भेटघाटका क्रममा नगरप्रमुखका उम्मेदवार अर्यालले नगरभित्रका सामुदायिक वनलाई नगरले दिने सुविधा र उनीहरूले स्थानीय विकासको लागि गर्ने योगदानको लेखाजोखा गर्न एक विज्ञ कार्यदल गठन गर्ने, पुरातात्विक सम्पदाको जिओग्राफिक सर्वे र उत्खनन्को ब्यबस्था मिलाउने, खेल मैदानहरूलाई स्तरउन्नति गर्दै नगरलाई खेलकुद हवका रूपमा विकास गर्ने, नगरभित्र समग्र खेलकुद विकासका लागि नीति बनाई खेलकुद विकास समिति गठन गर्ने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने आश्वासन दिनुभयो ।
त्यस्तै उपप्रमुखकी प्रत्यासी रीता थारूले भलवाड पर्यटकीय सम्पदाको हिसावले निकै धनी रहेको चर्चा गर्दै स्थानीय सम्पदालाई आयआर्जनसँग जोडेर कार्य सम्पादन गर्ने बताउनु भयो ।
घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा नगरपालिका वडा नं. ९ का अध्यक्षका प्रत्यासी कमल पौडेलले भलवाडमा प्राविधिक शिक्षा आवश्यक रहेको चर्चा गर्दै आफुले त्यसका लागि आवश्यक प्रयत्न गर्ने बताउनुभयो ।
सयांैको संख्यामा घरदैलो अभियानमा नेता, कार्यकर्ता र जनताको सहभागिताले गाउँहरू निर्वाचनमय भएका छन् । जनतामा उत्साह छाएको छ ।
यस्तै विभिन्न वडाको घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य बिमला घिमिरे, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बलराम अधिकारी, निर्वाचन परिचालन कमिटी बाणगंगाका संयोजक बिश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे, बाणगंगा नगर ईन्चार्ज शंकर पाण्डे, नगर कमिटिका कार्यवाहक अध्यक्ष मुक्तबहादुर कार्की, उप सचिव चेतनारायण भण्डारीको उपस्थिति रहेको थियो ।
यस्तै बाणगंगाका सम्पूर्ण वडाहरूले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । मतदाताहरूका जिज्ञासा मेटाउँदै सूर्य चिन्हमा मतदान गर्न उम्मेदवारहरूले आग्रह गरेका छन् ।
शिवराज नगरलाई समृद्ध बनाउन मेरो उम्मेदवारी ः पोख्रेल
शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार महादेव पोख्रेलले नगरपालिकालाई समृद्ध नगर बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।
उहाँले नगर समृद्ध बनाउने आफ्ना योजना प्रस्तुत गर्नु भएको छ । सफल व्यवसायीको परिचय बनाउनु भएका पोख्रेल पछिल्लो समय सामाजिक र राजनीतिक कार्यमा सक्रिय हुनहुन्छ ।
उहाँले २०७४ मा एमाले उम्मेदवारहरू निर्वाचित भएपछि ९० प्रतिशत चुनावी प्रतिबद्धता पूरा गरेको वताउनुभयो । साथै बाँकी अधुरा कार्य पनि आफूसहितको नेतृत्वले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिवराजको प्रशासनिक भवन निर्माण कार्य रोक्नमा अवरोध भएकाले अधुरो रहेको भन्दै सुकुम्बासीको ब्यवस्थापनमा एमाले सरकारले भूमिका निर्वाह गरेको बताउनु भयो ।
उहाँ नगर विकास र परिवर्तनका लागि एकदर्जन भन्दा बढी प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिनु भएको छ । पोख्रेलले नगर विकास र परिवर्तनका लागि नगरवासीका आधारभूत आवश्यकता परिपूर्ति गर्दै शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन , पूर्वाधार विकास, यातायात, स्वरोजगार, सञ्चार, नगरवासीका अन्य अधिकारसहितका योजना अघि सार्नु भएको छ । दुई वर्षसम्म भयावह स्थितिमा रहेको कोरोेना कालमा शिवराजका जनप्रतिनिधि सहितको टोली घर घरमा पुगेर सेवा प्रदान गरेको पोख्रेले स्मरण गर्नुभयो ।
शिवराजमा शिक्षा र स्वास्थ्य सेवामा परिवर्तन आएको छ । स्वास्थ्यतर्फ ५० सैयाको अस्पताको टेन्डर प्रक्रिया अगाडि बढिरहेकाछ छ । भौतिक विकास, रिफ्रेश सेन्टर निर्माण, विद्यालयका भौतिक अवस्थामा सुधार, पर्यटन, कृषि, सुकुम्बासीको अवस्थामा सुधार गरिएको वताउँदै पोख्रेलले विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका काम र मेरा प्रतिबद्धतालाई हेरेर मतदाताले मतदात गर्ने छन् भन्नेमा म ढुक्क छु भन्नुभयो ।