मधेश प्रदेश सम्पर्क कमिटीको विस्तारित भेला सम्पन्न

काठमाडौं । नेकपा (एमाले) को चालू दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत मधेश प्रदेश सम्पर्क कमिटीको अभिमुखीकरण तथा विस्तारित भेला शनिबार (२०७९ फागुन २० गते) काठमाडौंमा सम्पन्न भएको छ ।

 

मधेश प्रदेशका आठ जिल्लाका सम्पर्क कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरूङले प्रशिक्षण दिनुभएको थियो । 
उपमहासचिव गुरूङले नेकपा (एमाले) देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी भएकाले यो पार्टी र यसका नेताकार्यकर्ता सधै जनतासँग जोडिएर जनताका समस्या समाधानमा क्रियाशील रहने वताउनुभयो । 
मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष मोहम्मद जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा सम्पर्क कमिटीका इन्चार्ज लालबाबु पण्डित, केन्द्रीय सदस्य ममता गिरी, कल्पना थापा, नरेन्द्र श्रेष्ठ, इन्द्र भण्डारी लगायत नेताहरूले मिसन ग्रासरुट, यसको उद्देश्य लगायत विषयमा बोल्नुभएको थियो । प्रशिक्षणका क्रममा नेताहरूले मधेशका आम जनतामा नेकपा (एमाले) को नीति, विचार, गन्तव्यबारे प्रस्ट पारी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न एमालेमा गोलबन्द गर्ने काममा लाग्नुपर्ने वताउनुभएको थियो ।