UML Today

Bhedetar work shop

Share

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले कोशी प्रदेशको नाम्जे होमस्टे भेडेटार, धनकुटामा महासंघको बार्षिक कार्ययोजना बनाउनको लागि एक कार्यशाला गोष्टी आयोजना गरिएको छ । महासंघको १७ जना केन्द्रीय पदाधिकारीहरु, महासंघको सातै वटा प्रदेश कमिटीका अध्यक्ष/सचिवहरु, सातै वटा प्रदेशमा पार्टी संगठनले तोकेका आदिवासि जनजाति फाँट हेर्ने ईन्चार्जहरु र जातीय घटक संगठनका अध्यक्ष/सचिवहरु र कोशी प्रदेश अन्तरगतका १४ वटा जिल्लाका अध्यक्ष/सचिवहरुकोलाई सहभागी गराई महासंघले उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो । 

कार्यक्रममा पार्टी उप-महासचिव क. पृथ्वी सुब्बा गुरुङ, पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख क. भानुभक्त ढकाल, पार्टी स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार बिभाग प्रमुख क. राजेन्द्र गौतम, पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सरकारको मुख्य मन्त्री मा. हिक्मत कार्की, पार्टी केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी अध्यक्ष क. तुलसी न्यौपाने लगायतका नेताहरुको सहभागीता रहेको थियो । 

कार्याशाला गोष्ठीले महासंघले एक बर्षभरीमा गर्ने कामको बार्षिक कार्ययोजनाको तर्जुमा गरेकोछ । सो कार्ययोजनालाई महासंघको केन्द्रीय कमिटी बैठकबाट पारित गरि लागु गरिनेछ । गोष्ठिले तर्जुमा गरेको कार्ययोजनामा आगामी एक बर्ष भित्र लोकतान्त्रिक आदिवासी जनजाति महासंघको २ (दुई) लाख सदस्यता बिस्तार गर्ने, महासंघले ५० (पचास) हजार जना आदिवासी जनजाति युवा स्वयंशेवक बनाएर परिचालन गर्ने, महासंघलाई बार्षिक २५(पच्चिस) हजार नगद आर्थिक सहयोग गर्ने करिव १०० जना आदिवासी जनजाति ब्यावसायीहरुको क्लव बनाउने लगायतका योजनाहरु समावेस गरिएकाछन । 

दुई दिन आयोजना गरिएको सो कार्याशाला गोष्ठीको ब्यवस्थापन महासंघको कोशी प्रदेश कमिटीले आयोजना गरेको थियो । सहभागीहरुलाई दुई दिनको खाने बस्ने ब्यवस्थापन होमस्टेमा राखेर गरिएको थियो ।