UML Today

मदन जयन्तीको अवसरमा महासंघद्वारा अनाथालयमा सहयोग

Share

जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसरमा नेपाल उधोग तथा व्यवसायी महासंघ केन्द्रिय कमिटिद्वारा आयोजित "खाद्यान्न,  लत्ताकपडा तथा फलफुल बितरण कार्यक्रम" महासंघका अध्यक्ष माननीय एल. पी साँवा. लिम्बुज्यूको नेतृत्वमा पदाधिकारी, सदस्य साथै बस्तुगत संघका अध्यक्षहरु लगायत ब्यबसायीहरुको उपस्थितिमा आज काठमाडौँको बुढानिलकण्ठ स्थित चंदेश्वारी मन्दिर नजिक रहेको पबित्र सेवा समाज अनाथ आश्रममा खाद्यान्न सहित लत्ताकपडा र फलफुल वितरण गरियो।  सो कार्यक्रममा अनाथ आश्रमका संचालक दीक्षा चापागाईले उपस्थित सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नु भयो भने सोहि कार्यक्रम लाइ महासंघका अध्यक्ष साँवाले सम्बोधन गरि मानवसेवामा २० औ बर्ष देखि अहोरात्र खटिने चापागाईं को समाजसेवा कार्यले निरन्तरता पाउन र महासंघले पनि यथासक्य सहयोग गर्ने बताउनु भयो। उक्त कार्यक्रम सम्पन्न गर्न महासंघ अन्तर्गतको बस्तुगत संगठनहरु प्रगतिशील बैदेशिक रोजगार ब्यबसायी मंच नेपाल, नेपाल राष्ट्रिय होटेल ब्यबसायी संघ र प्रगतिशील शैक्षिक परामर्श ब्यबसायी संघ को बिशेष सहयोग रहेको थियो।