UML Today

कास्की जिल्ला अधिवेशन सम्पन्न

Share

मिति २०८१ माघ २५ गते नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालको जिल्ला कमिटि कास्किको पोखरामा सम्पन्न तेश्रो जिल्ला सम्मेलनले उमनाथ अधिकारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि सर्बसहमत नेतृत्व चयन गरेको छ। पोखरामा सम्पन्न उक्त सम्मेलनले अध्यक्षमा क.उमनाथ अधिकारी, उपाध्यक्ष क.नमराज अधिकारी, महिला उपाध्यक्ष क. बन्दना गुरुङ्ग, सचिव क. मन बहादुर पुन, उप सचिव (खाली) क. कोषाध्यक्ष क. रुषा तिवारी, सदस्यहरुमा क. कबिता आचार्य, क. कन्या गुरुङ्ग, क. शक्ति प्रसाद लामिछाने, क. रामचन्द्र बि.क, क.सम्राट गुरुङ्ग, क.शमशुल लफा भाट  र क.सुमन कुमारी थारु गरी सम्मेलनले १३ सदस्य नयाँ कार्यसमिति निर्वाचन गरेको छ। उक्त सम्मेलनमा राष्ट्रिय अपाङ्गता संगठन नेपाल केन्द्रीय कमिटिका उपाध्यक्ष लोचना अधिकारी, केन्द्रीय सचिव एव गण्डकि प्रदेशका सचिव शिशिर खनाल लगायतको सहभागितामा सम्पन्न भएको थियो।