UML Today

Kushma holds interaction program, voice against caste discrimination and untouchability

Share

जेष्ठ २१ कुश्मा, पर्वत । १९औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा मुक्ति समाज नेपाल, कुश्मा नगर कमिटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले जातीय समानता, सामाजिक न्याय र समावेशी समाज निर्माणका विषयमा केन्द्रित रही बहस चलाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुक्ति समाज नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य क. मनोहर बिश्वकर्मा पौडेलको उपस्थिति रहेको थियो। उनले जातीय भेदभाव उन्मूलनका लागि समाजमा अझै ठूलो जनचेतना फैलाउनु पर्ने र संगठनले जनस्तरमा अभियान सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्यसै अवसरमा हालै सम्पन्न मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित भएका क. मनोहर बि. पौडेल र केन्द्रीय सदस्यमा निर्वाचित क. जुनादेवी नेपालीलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष क. विमल लामिछाने, कुश्मा नगर कमिटी अध्यक्ष किशोर सापकोटा, विभिन्न कमिटीका पदाधिकारीहरू, पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले जातीय समानताका सवालमा समाजको सबै तह र तप्काबाट ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।